Captured Moments Nepal

Captured Moments Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Captured Moments Nepal, Photographer, Delhi.

31/01/2026

भोट हाल्नु अघि पढौ।

ओलीले रटान मारिरहेकाछन् – “सिंहदरबार जलाउने आतङ्ककारी हुन् । बालेन त्यसका मतियार हुन् ।”
अघिल्लो दिन त्यतिका धेरै युवा सहिद भए । चुँ बोल्दैनन् । कसैले सोधे ठाडो जवाफ दिन्छन् – “मैले मारेको हुँ । पुलिसले मारेको हो । मैले किन जिम्मेवारी लिने ?”

ऊ देशको प्रधानमन्त्री थियो । अलिकति पनि जिम्मेवारी लिएन । अलिकति पनि शोक मानेन । अलिकति पनि सहानुभूति प्रकट गरेन । सहिद परिवारसँग माफी समेत मागेन । उसलाई किन भोट हाल्नुहुन्छ ?
अघिल्लो दिन मान्छे नमारेको भए भोलिपल्ट केही जल्दैन थियो । केही हुँदैन थियो । परिवर्तनको लागि आन्दोलन गर्नेलाई हाकाहाकी आतङ्ककारी भन्छ । उसलाई कसरी भोट हाल्नुहुन्छ ?

देशमा पालैपालो भ्रष्टाचार गर्ने ! पालैपालो एक–अर्कालाई बचाउने । “तँ पनि नबोल ! म पनि बोल्दिनँ । यदि बोलिस भने जानेको छु !” भन्ने ओली, देउवा र प्रचण्ड हुन् । यिनलाई फेरि किन भोट हाल्ने ? ललिता निवास किन टुङ्गो लागेन । गिरीबन्धु किन टुङ्गो लागेन । किन पोखरा विमानस्थलको आरोप टुङ्गो लागेन । यस्ता भ्रष्टाचारका सयौँ फाइल छन् । कर्मचारीतन्त्र भ्रष्ट छ । भन्सार, विमानस्थल सेटिङमा चल्छ । देशको गृहमन्त्री दैनिक यति मेरो भागमा पर्नुपर्छ भनेर कर्मचारीसँग घुसको भागी बस्छ । त्यो छानबिन हुँदैन । देशका जनतालाई शरणार्थी बनाएर विदेशमा बेच्न मन्त्री नै लागिपर्छ । अनि यिनीहरूलाई फेरि जिताउने ?

किन हाल्ने फेरि भोट ? किन जिताउने फेरि ?

एक रत्ति जिम्मेवारी नलिने मान्छेलाई झापा ५ का जनताले किन फेरि जिताउँछन् ! जनताले कसरी भोट हाल्छन् । हात काँप्दैन ।
जो सहिद भए तिनको अनुहार सम्झिनुस् । जो घाइते भए तिनको पीडा बुझ्नुहोस् । सहिदको अनुहारसँग आफ्ना छोराछोरी, आफन्त, प्रियजनको अनुहार राखेर हेर्नुहोस् । ओलीलाई भोट हाल्न मन लाग्छ ?
मन लाग्छ ?

हिजो ओली बोल्दै गरेको सुनेको थिएँ – “दमकमा टावर बनाएँ । सुरुङ मार्ग बनाएँ । पूर्व–पश्चिम बाटो ठूलो बनाएँ । हुलाकी मार्ग बनाएँ ।”
यो त उसले बनाउनै पर्छ । यो त उसको जिम्मेवारी हो । छोराछोरीलाई स्कुल पठाउनु बुबाआमाको जिम्मेवारी भएजस्तै ।
देशको प्रधानमन्त्री ऊ थियो । विकास चाहिँ अरुले गर्नुपर्ने हो र ! उहीसँग थियो देशको ढुकुटीको साँचो । अरू कसले बनाउनुपर्ने ? तपाईं–हामीले ?

यो युगमा आएर एउटा सुरुङ मार्ग बनाउँदा जनतालाई इमोशनल ब्ल्याकमेल गर्न मिल्छ देशको पूर्वप्रधानमन्त्रीले ? मिल्छ देशको नेताले ! मिल्छ देशको कथित “बा”ले ! इमोशनल ब्ल्याकमेल गर्न मिल्छ ?

न्युनतम विकाश भएको छ - त्यो विकास पनि दया गरेर गरिदिए जस्तो गर्न मिल्छ । “मलाइ के खाँचो ! मलाइ त सुतेरै खान पुगेकै थियो ! तिमारुकै लागि गरिदिएको हो ।” भन्ने भावको भाषा देशको पूर्व प्रधानमन्त्रीले बोल्न मिल्छ ।
बनाएको कुरा चाहिँ जिम्मा लिने अनि पुलिसले गोली हानेर मान्छे मारेको कुरा चाहिँ जिम्मा नलिने ?

“मेरो हातबाट मरेको होर ! म जिम्मा लऊँ !” भन्ने । त्यसो त धरहरा मज्दुरले बनाएको हो ! भन्नु –“मैले हैन ! मज्दुरले बनाएको हो ।” किन मैले बनाएको भनेको ?
किन ?
किन ?
ए जनता, किन भ्रममा बाँचेको ! आँखा खोल्ने बेला भएको छ । खोल्नुस् आखाँ ।

ए जनता, देशमा परिवर्तन चाहिएको छ । त्यो परिवर्तन तपाईं परिवर्तन भए मात्रै सम्भव छ । छोराछोरी त देश छाडेर टाढा–टाढा गइसके । तँपाई घरमा एक्लै हुनुहुन्छ । छोराछोरीलाइ रहर छ – देश राम्रो भएको हेर्ने । तिनको सपना छ – आफ्नै विकसित देशमा फर्केर आउने र आफ्नै बुबाआमासँग बस्ने ।
छाडिदिनुस् ओलीलाई ! यसपटक परिवर्तनको बाटो रोज्नुहोस् ।

03/09/2025

Facebook 𝐂𝐨𝐧𝐭𝐞𝐧𝐭 𝐌𝐨𝐧𝐞𝐭𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 भनेको के हो ?
----------------------------------
- Content Monetization फेसबुकमा आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी जस्ता Eligible Contents हरुलाई Monetize गरेर कमाउन सकिने System हो ।
- यसका लागी सर्जक Eligible Country मा हुन जरुरी छ, नेपाल अब Eligible Country भैसकेको छ ।

----------------------------------
फेसबुकमा 𝐌𝐨𝐧𝐞𝐭𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 सुरु गर्ने प्रक्रिया
----------------------------------
- यो प्रयोग गर्न सबै भन्दा पहिले तपाइँको प्रोफाईल वा पेज Professional Mode मा Convert हुन पर्यो,
Professional Mode चाहिँ आफ्नो प्रोफाईलको Setting मा गएर Turn On Professional Mode गर्नु पर्यो, तपाइँले आफु कस्तो खाले Creator हो, त्यहाँ सेट गर्नु पर्यो (जस्तो Singer, Actor, Digital Creator)

- त्यसपछी Professional Mode को Monetization Option मा जाने ।

- तपाइँले पहिलेनै यो प्राप्त गरिसक्नु भयो भने Your Tools मा यो देखिन्छ, Not Yet Eligible मा छ भने Content Monetization Click गरेर I am Intrested थिचेर, तपाइँ आफु कस्तो Creator हो, तपाइँलाई किन यो चाहियो भन्ने लेख्नुभएपनि हुन्छ वा खाली छोडदापनि हुन्छ, I am Intrested गर्नुस।

- Intrest Submit भएपछी त्यो Tool तपाइँको मा देखिन समय लाग्छ, Facebook ले तपाइँलाई Accept गर्नु पर्ने हुन्छ, यो तपाइँको Profile Activity लगायतका कुरा हेरेर Facebook ले Automatic दिने कुरा हो।
- जब तपाइँले यो Tool प्राप्त गर्नुहुन्छ, त्यसपछी तपाइँका Photo, Video, Story, Reels जस्ता Content ले Earning गर्न थाल्छन।

- यो Earning भएको Balance तपाइँको Bank Account मा आउन तपाइँले Payout Setup गर्नुपर्ने हुन्छ ।
- Payout Setup गर्न Profile Setting बाट Payments Section मा रहेको Payouts Option मा जानुहोला, यो Monetization कै option भित्र पनि भेट्नुहुनेछ।
-----------------------------------
Setting मा जानुस, पहिले Tax form भर्नुहोस ।

Tax Info Submit गर्ने तरिका:-
-----------------------------------
-Legal Name : (नागरिकताको नाम)
-Date of birth English9 (AD) मा
-Business Type :- Individual (Business भए Business), Next
-Primary Address:- Nagarpalika,Ward Number
-Country Region:- Ex. Bagmati
-Post code, Kathmandu मा भए "44600"
-email:-
-TIN:- PAN Number
-By ticking the box (I certify)
---------------------------------
-add tax info
-Continue
-continue
-----------------------------------
-Are you US Citizen:- No
-Are you acting as:- No
-Next
-Country of Citizenship:- Nepal
-Taxpayer identification Number I have Non -US TIN
-Next
-Add your mailing address:- Next
-Provide Additional detail:-
-0% of service will be physically..
-Next
-I certify that
-Signature (Type your Full Name)
-Date as it is
-Next
-Review
-Submit Form
-Done
Tax Approve हुन पर्छ।
--------------------------------
Payout option Setting Payout Method
Swift Code (आफ्नो Bank को Website मा हेर्नुहोला) हालेर आफ्नो Bank Account Number
---------------------------------
नेपालमा यो सुविधा खुले पनि केही चुनौतीहरू रहन्छन्।
- सबैले Eligible हुन सजिलो छैन।
- Competition बढ्नेछ।
- Fake Engagement (फर्जी Like, Comment, View) को समस्या आउन सक्छ।
- Tax प्रणाली अझै स्पष्ट हुनुपर्नेछ।

03/09/2025

“Mustang Nepal Travel Guide: Top Must-Visit Places, Attractions & Things to Do”

03/09/2025

🌄 Bandipur: A Must-Visit Himalayan Gem! 🏞️

Hashtags:

10/08/2020

Kattike Bhanjyang View Tower !!

Mention your friends with whom you would love to share.  😁😁😁
06/08/2020

Mention your friends with whom you would love to share. 😁😁😁

05/08/2020

Annapurna circuit.

14 days trek.

Video ©️ Outfitter Nepal, Travel agency.

In every walk in with nature one receives far more than he seeks.© Reena Pakhrin
29/06/2020

In every walk in with nature one receives far more than he seeks.
© Reena Pakhrin

19/06/2020
We should all be inspired by children: They don’t care about fear and mistakes !!© Sanziv TOO
28/05/2020

We should all be inspired by children: They don’t care about fear and mistakes !!
© Sanziv TOO

Wish is to stay always like this♥️Living quietly in the corner of   Credit: Reena Pakhrin
28/05/2020

Wish is to stay always like this♥️
Living quietly in the corner of
Credit: Reena Pakhrin

Mustang...         ©Stha Aruna
03/01/2020

Mustang... ©Stha Aruna

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Captured Moments Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category