09/05/2023
के तिमीलाई हामी एक नभएको महशुस छ र मलाई जत्ती कै ?😔 मेरोgood night बिना तिम्रो परेली निदाउन खोज्दा मेरोgood morningबिना तिम्रो दिन उदाउन खोज्दा के सोच्छौ तिमी ?
मैले चुमेको निधार अरू कसैलाई छुन दिने कि नाइ?
मैले जितेको मन फेरि अरू कसैलाई हुन दिने कि नाइ?
तिमीलाई खाली लाग्दैन बिगतको बाटो आफु एक्लै हिँड्दा?
तिमीलाई भारी लाग्दैन अरू कसैको हात 🧑🤝🧑समाइ मलाई सम्झिदा?
मेरो त के छ र म मन्दिर 🏯⛩️पुगेपछि च्यातिएको फुल मलाई दुःख छैन चुडिनुको।
हरेक प्रहारबाट तिमीलाई यसरी जोगाए कि- बिर्सिसके दुखाइ मन कुरिनुको💔 अब जाने नै त हो जाँदाजाँदै कि सिकाउ तिमीलाई? नयाँ कोपिला लाग्न पनि पुरानो ओइल्याई झर्नु पर्छ।
आफ्नै ठाउँ बिरानो भए पछी बसाई सर्नु पर्छ। तिमीलाई राखेको थिए ओछ्याएर जे माथि त्यो रेशम झिक्न पनि मर्नुपर्छ , हो मैले प्रेमले बानेर दिएको साथको सिरानी🛌 अझै नरम छ नि! किन सराप्थ्यौ? किन सराप्थ्यौ म अस्ताएपछी तिम्रो जीवनमा बिहानी 🌄आउँछ भनेर!भनेकै थिए जब निदाउछु सदाको लागि तिम्रो आँखामा पनि पानी आउँछ भनेर 🥺; कहाँ अब मलाई फकाएर ल्याउने तिम्रो बसमै छैन म रिसाएकै हैन सकिएर सेलाएको मलाई फर्काएर ल्याउने तिम्रो बसमै छैन। यस्तै हो फुल्दा फुल्दै यो गुलाफको🌹जसरी सुबास सक्कियो, कुर्दाकुर्दै मनको त्यसरी आशा सक्कियो। तिमीलाई फेरि पाउन म कत्ती तड्पिनु पथ्र्यो होला ठिक्क भयो तिमी आउनु अघि नै मेरो सास सक्कियो।😔😔
दिपेश छेत्री