31/07/2020
एउटा पुरुषले नारीको मनका पीडा बुझ्न सक्छ तर गहीरीएर एक-एक क्षणमा घटेका घटनाहरु यसरी उतार्न बिरलै सक्छ , कलाकारको खूबी यसैले झल्काउछ ।
बिना कुनै गल्ती नारीले भोग्नु परेको हंसात्मक पीडा र त्यसबाट उत्पन्न अनगीन्ती आन्तरीक पीड़ादायक समस्याहरु जुन नीतान्त ब्यक्तीगत हुन्छन , ती सबै बिषयहरु एउटा कथामा उतारीएको छ । कसरी छाम्न सकेका होलान Prakash Saput ले नारीको मन भीत्रको मन , पिडा भीत्रका पीडा ? मानौं कुनै पिडीत महीलाले वास्तविकता सुनाईन होला वा उनले कुनै महीलाको सहयोग लीए होलान तर पनी भीडीयो हेर्दा लाग्छ यो Scripted हैन , Real Time को कुनै घटना हो जुन Live खीची रहीएको छ । हामी सत्य घटना आफ्नै आखाँले देखे पनी हुवहु सुनाउन सक्दैनौ , दृश्यमा परीणत गर्न सक्दैनौ तर यो भीडीयो हेर्दा लाग्छ यस्का शब्द लेखक र भीडीयोको बिषय बस्तु लेखक प्रकास सपुत नै पीडीमा परेका बियक्ती हुन , फरक यत्ती हो की उनी पुरुष हुन तर पनी कथा जसरी प्रस्तुत गरीएको छ यस्ले लाग्छ उनी यथार्थ मै पीडीत स्त्री हुन , लाग्छ उनले जे भोगे त्यो लेखे र महीलालाई अभीनयमा उतारे ।
मलाई यस्तो लाग्यो की प्रकाश सपुतले सुरुमा कुनै घटना देखे , त्यही घटनाले गरायो कथाको परीकल्पना , कथाले आफै जन्मायो शब्द , शब्दले जन्मायो परीबेशहरु , परीबेशले जन्मायो पात्र , पात्रले झल्कायो कुनै ब्यक्तीको चरीत्रता , चरीत्रता ठोक्कीयो ‘ उ ‘ संग .. त्यो ‘ उ ‘ संग जस्ले वास्तीक जीवनमा नारीलाई पीडा दएथ्यो , उनी जानेका छन पिडा दिने ‘ उ ‘ को हो भन्ने , त्यो ‘उ ‘ को हिंसाले छोयो उनको मन , छोएको मन ढुब्यो उसको पीडा-भीत्रको पीडा संग जस्ले बिना कुनै गल्ती खेपेको छ अनन्याय ।
सपुत पिडा सम्म पुगे तर यत्तीमै रोकीएन , पीडा भीत्र पीडा देखे , त्यो पीडाको पनी तालमा ढुवे , गहीराईमा पुदा देखे गुजुल्टीएको अवशेस , जेलीएको देखे हिसा र पीडाको लेउले , जब पन्छाए लेउ देखे एउटा डल्लो , डल्लो मा थीईन उनै पीडीत .. ढुबेका उनी अत्तासीए , आफुलाई दाँजे ती पीडीत संग , नीसास्सीए त्यो जालो भीत्रकी उनी देखेर , आफुलाई राखे उन्कै ठाउँमा ... न सास फेर्न सके न हात खुट्टा चलाउन , त्यो पिडा र हिंसाको तालको पानीमा .. उनी छन गहीराईमा , हिंसा र पीडाको तालमा , ताल भीत्रका उनको नाक-मुखभरी .. भरीयो हिंसाको तालको पानी , पानी भरीएको नाक-मुखले छेक्यो हावा सास फेर्न सकेनन् ..
गहीराईमा पुगेका उनले त्यो पिडामा आफुलाई राखेर हेर्दा..हातखुट्टा चलाउन नसक्ने , सास फेर्न नसक्ने अनुभव गरे , उनी यी सबै भोगाईहरु बोकेर त्यो तालको गहीराईबाट बाहीर आए , फेरी संझीए ताल भीत्रको अवशेसको डल्लो , यहाँ सम्म भोगेपछी उनले संझे यस्तै अन्य डल्लाहरु । संम्झीदैमा नै उनले बारम्बार पीडा आभास गरीरहे , संयमताले सीमा नाघ्यो , हेर्दा काल्पनीक हो जस्तो लाग्ने सत्य घटना बाहीर ल्याए । यो दृश्यमा पात्रको भुमीकामा कलाकारहरु छन तर कथाले पिडीत सत्य नै देखाउछ , होला देखाईएको क्षेत्र फरक तर त्यो पीडीत सत्य नै देखीन्छ , होलान शब्द भावुक बनाउने तर पीडीत सत्य नै देखीन्छ ।
पिडा खेपेका र खेप्दै गरेका त भैसकेका हिंसा थीए उनी बढे अझै अघी .. सम्भावित पीडीत र पिडकलाई रोक्न एउटा खबरदारीता दिए ‘ बदला ‘ । उनले संदेश दिए ‘ पीडा भोगेकालाई पीडा त छदैछ , भोग्नेलाई भन्दा देख्नेलाई धेरै पिडा हुँदो रहेछ ‘ । हिंसाको रोकथामका लागी कलाकारीताको योगदान अपरीहार्य छ , यो त केवल एउटा अमनवीय हिंसाको प्रतीनीधी घटना हो जुन महीला-पुरुष बिचको , यहाँ त यस्ता हिंसा यती धेरै छन जुन अदृश्य रुपमा मौलाई रहेका छन । आशा छ यस्ले लुकेका र लुकाईएका अन्य पिडाहरु बाहीर ल्याउन सहयोग गर्ने छ ।
कती मीठो स्वर , कती रीयालीस्टीक अभीनय र मन छुने शब्दहरु ।
( नोट : अवशेस , डल्ला जस्ता अन्य शब्दहरु प्रयोग गरेको छु , कोही कसै माथी लक्षीत गरेर अपमान गरेको होईन । लेख्दै र ब्यक्त गर्दै जाँदा ती शब्दहरु प्रयोगमा नल्याई नहुने भएकाले मात्र हो । हिंसा नगरौं , हिंसामा परेकालाई न्याय दिलाउन पहल गरौं )
Badala Barilai is a traditional melodious folk song based on folk tales. This video wishes to provide message against sexual assault. Prakash Saput Presents:...