Eps nepal

Eps nepal learn more korian language n solve the EPs topik exam

13/08/2026

E-7 भिसा मार्फत दक्ष कामदार मेनपावर कम्पनि बाटै कोरिया पठाउने कार्यबिधि कोरिया बाट पनि आधिकारिक रुपमा पारित भएको छ !!
👉️ हतार गरि कसैले पनि मेनपावर हरुलाई पैसा नबुजाउन समेत अनुरोध !!
👉️ नेपाली राजदूतावास, सिओलको सूचना
नेपाल सरकारको सिओलस्थित नेपाली राजदूतावासले **ई–७ (E-7) भिसा श्रेई–७ (E-7) भिसा श्रेणीका दक्ष (Skilled) कामदारका लागि डिमान्ड लेटर प्रमाणीकरण (Attestation) प्रक्रिया १२ अगस्ट २०२६ देखि सुरु गरेको जानकारी दिएको छ।

13/08/2026

दक्षिण कोरियामा विदेशी नागरिकको सङ्ख्यामा ९१ हजार ८९५ जना सहित नेपाल छैटौँ स्थानमा, पहिलो स्थानमा कुन देश? जानौं 😍🇰🇷

दक्षिण कोरियामा बसोबास गर्ने विदेशी नागरिकसम्बन्धी सन् २०२५ को अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक भएको छ। न्याय मन्त्रालय तथा कोरिया राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कअनुसार कोरियामा रहेका विदेशी नागरिकमध्ये नेपाली नागरिक ९१ हजार ८९५ जनासहित छैटौँ स्थानमा रहेका छन।

विदेशी नागरिकको सङ्ख्याका आधारमा चीन सबैभन्दा अगाडि रहेको छ। चीनका नागरिक कुल ९ लाख ८० हजार ६७० जना रहेका छन्, जुन कोरियामा रहेका कुल विदेशी बासिन्दाको ३५.२ प्रतिशत हो।

त्यसपछि भियतनामका ३ लाख ३७ हजार १८३, अमेरिकाका १ लाख ८० हजार २३०, थाइल्याण्डका १ लाख ६९ हजार ८४८ र उज्बेकिस्तानका १ लाख २ हजार ८०४ जना रहेका छन्।

विदेशी नागरिकको सङ्ख्याका आधारमा शीर्ष 9 देश:

१. चीन : ९,८०,६७०
२. भियतनाम : ३,३७,१८३
३. अमेरिका : १,८०,२३०
४. थाइल्याण्ड : १,६९,८४८
५. उज्बेकिस्तान : १,०२,८०४
६. नेपाल : ९१,८९५
७. इन्डोनेसिया : ७७,०१५
८. फिलिपिन्स : ७४,१२५
९. जापान : ७०,३७५

13/08/2026

🇰🇷 E-7-4(R) Visa सम्बन्धी महत्वपूर्ण जानकारी

अहिले Korea मा E-7-4 सम्बन्धी विभिन्न बाटो भएकाले धेरैलाई अझै पनि अन्योलमा हुनु हुन्छ र साथै “मेरो भिसा E-7 मात्र किन देखाउँछ?”, “2/3 वर्षमै E-7-4 बनाउन मिल्छ?” भन्ने अन्योल भएको देखिन्छ।

मुख्य कुरा बुझौँ👇

१. सामान्य E-7-4
Korea मा E-9/E-10/H-2 जस्ता योग्य status मा 4 वर्ष वा सोभन्दा बढी बसेका र अन्य आवश्यक शर्त पूरा गरेका व्यक्तिले E-7-4 मा परिवर्तन गर्न सक्छन्।

२. E-7-4R
인구감소지역 / 인구감소 관심지역 लगायत लागू हुने क्षेत्र तथा सम्बन्धित शर्त पूरा गर्ने व्यक्तिका लागि छुट्टै regional pathway हुन सक्छ। त्यसैले आफ्नो बसोबास र काम गर्ने क्षेत्र तथा हालको 체류자격/कोड अनिवार्य रूपमा जाँच गर्नुहोस्।

३. E-7-4 비수도권 특례
Korea आएको 3 वर्ष पूरा भएको, 수도권 (서울·인천·경기) बाहिर बसेर/काम गरिरहेको र आवश्यक 광역지자체 추천 प्राप्त गरेको अवस्थामा विशेष प्रावधानअन्तर्गत E-7-4 बनाउन मिल्छ।

धेरै आउने प्रश्नहरू:

Q1. 수도권 मा 2/3 वर्षमै E-7-4 बनाउन मिल्छ?

~ सामान्य रूपमा मिल्दैन।
비수도권 3 वर्षको विशेष प्रावधानलाई 수도권 मा बसेर लागू गर्न मिल्दैन। सामान्य E-7-4 को 4 वर्षसम्बन्धी योग्यता र अन्य शर्त हेर्नुपर्छ।

Q2. मेरो E-7-4 / E-7-4R हो तर HiKorea मा E-7 मात्रै देखायो, किन?

~> E-7 मुख्य 체류자격 (category) हो। त्यसको भित्र विभिन्न sub-code हुन्छन्। त्यसैले कार्ड/सिस्टममा E-7 देखिएर मात्र आफ्नो वास्तविक code थाहा हुँदैन।

आफ्नो visa code जाँच गर्न HiKorea/सम्बन्धित 체류정보मा गएर 체류자격 변경 सम्बन्धी व्यक्तिगत जानकारी हेर्न सकिन्छ। अन्योल भए 1345 Immigration Contact Center बाट पनि आफ्नो 체류자격 पुष्टि गर्न सकिन्छ।वा SOCINET मा my page बाट personal information check गर्ने ठाँउबाट पनि हर्न मिल्छ।

Q3. 비수도권 मा स्थानीय सरकारको 추천서 बिना 3 वर्षमै E-7-4 बनाउन मिल्छ?

~> मिल्दैन, यो विशेष 3-वर्षको 비수도권 특례 प्रयोग गर्ने हो भने 추천 आवश्यक हुन्छ।
추천 नभएमा त्यस विशेष बाटो प्रयोग गर्न सकिँदैन; त्यस अवस्थामा सामान्य E-7-4 को 4 वर्षसम्बन्धी योग्यता तथा अन्य आवश्यक शर्त पूरा गर्नुपर्ने हुन्छ।

**तर पनि त्यसैले “कोरियामा 2/3/4 वर्ष भयो, अब E-7-4 पक्का” भन्ने होइन।
बसोबास क्षेत्र, कामको क्षेत्र, 추천서, आय, Korean language, workplace तथा अन्य scoring/eligibility सबै जाँच हुन्छ।**

31/07/2026

🇰🇷 E-7-4 भिसा परिवर्तन अझ सहज हुने

दक्षिण कोरिया सरकारले E-7-4 भिसा परिवर्तन प्रक्रियामा महत्वपूर्ण व्यवस्था लागू गरेको छ।

📌 मुख्य बुँदाहरू

✅ कम्पनीको कारणले (कम्पनी बन्द हुनु, तलब नपाउनु, अन्यायपूर्ण व्यवहार आदि) कम्पनी परिवर्तन गरेका विदेशी कामदारले पनि निश्चित सर्त पूरा गरेपछि E-7-4 भिसाका लागि आवेदन दिन सक्नेछन्।

✅ अघिल्लो कम्पनी र हालको कम्पनीमा गरेको कामको अवधि जोडेर १ वर्ष पुगेको भए आवेदनका लागि योग्य हुन सकिनेछ।

✅ हाल कार्यरत कम्पनीले सिफारिस (추천서) दिएमा E-7-4 भिसा परिवर्तनका लागि आवेदन दिन सकिनेछ।

✅ पहिले कम्पनी परिवर्तनपछि पुनः १ वर्ष काम गर्नुपर्ने बाध्यता धेरै अवस्थामा हटाइएको छ। कम्पनी परिवर्तनको कारण प्रमाणित गर्न आवश्यक कागजात भने अनिवार्य हुनेछ।

यो सुविधा कम्पनीको कारणले रोजगार परिवर्तन (정당한 사유) गरेका कामदारहरूका लागि लागू हुने व्यवस्था हो। सबै कम्पनी परिवर्तनमा स्वतः लागू हुँदैन।

📢 E-7-4 भिसा सम्बन्धी आधिकारिक अपडेट, EPS समाचार र कोरिया रोजगारीका ताजा जानकारीका लागि हाम्रो पेज Follow गर्नुहोस्। 🇳🇵🇰🇷

#नेपाली_कामदार

जाने होइन त कोरिया ।😁🤩🤩🤩आजै राम्रो कोरिएन प्रशिक्षक सङ  तयारी गरे अबस्य सकिन्छ
21/07/2026

जाने होइन त कोरिया ।😁🤩🤩🤩
आजै राम्रो कोरिएन प्रशिक्षक सङ तयारी गरे अबस्य सकिन्छ

Address

Gwangju
56453

Telephone

+821095628701

Website

Alerts

Be the first to know and let us send you an email when Eps nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share