10/09/2026
हजारौँ तस्बिर भएको यो ग्यालरी खोतल्दा पनि हजुरसँगको एउटा तस्बिरसम्म नभेटिँनु यो जस्तो अरु दुःखको कुरा केही हुन सक्ला र? … 😭❣️
आज बाबाको मुख हेर्ने दिन।
अरूका छोरीहरूले आफ्ना बाबालाई सम्झिँदै, माया गर्दै, उहाँहरूको हात समाउँदै गरेको देख्दा मेरो मन पनि अनायासै आफ्नै बाबालाई खोज्न थाल्छ। तर मेरो भाग्यमा भने बाबाको साथ धेरै लामो समय लेखिएको रहेनछ। 🥺
सानैमा हजुर हामीलाई छोडेर जानुभयो। यति सानै कि आज पनि हजुरको अनुहारसमेत राम्रोसँग सम्झन सक्दिनँ।
कहिलेकाहीँ लाग्छ, हजुरसँग केही वर्ष मात्र होइन, केही पलहरू अझै धेरै बिताउन पाएको भए कति राम्रो हुन्थ्यो होला है… 😭
Daddy, हजुरको याद आज मात्रै आउँदैन।
अरू कसैले आफ्नो बाबासँग रमाएको देख्दा, बाबा–छोरीको माया देख्दा, जीवनका हरेक सुख-दुःखका मोडमा हजुरको याद आउँछ। मनले बारम्बार एउटै प्रश्न गर्छ,
“Daddy, हजुर किन यति छिट्टै हामीलाई एक्लो बनाएर जानुभयो?” 💔
हजुर नभएपछि जीवनले हामीलाई धेरै कुरा सिकायो।
हजुरको अभावमा ममीले भोग्नुपरेका दुःख, नजिकका आफन्त र समाजबाट पाएका अपमान र हेपाइका ती दिनहरू आज पनि मेरो मनमा ताजै छन्। हामी साना थियौँ, तर ममीले हामीलाई सम्हाल्दै आफूभित्रको पीडा लुकाएर कति रात बिताउनुभयो होला, त्यो सम्झिँदा आज पनि आँखा रसाउँछन्।
ममी राति झस्किँदै रुँदै बिउँझिनुभएको ती रातहरू… ती दृश्यहरू चाहेर पनि कहिल्यै बिर्सन सक्दिनँ। 😭
Daddy, हजुरले हामीलाई छोडेर गएको वर्षौँ भइसक्यो, तर हजुरको अभावले बनाएको खाली ठाउँ आजसम्म कसैले भर्न सकेको छैन।
कहिलेकाहीँ मन लाग्छ, एकपटक मात्र हजुरलाई भेट्न पाए, एकपटक मात्र “Daddy” भनेर बोलाउन पाए, अनि हजुरको काखमा टाउको राखेर मनभरि रुन पाए… सायद मनमा वर्षौँदेखि थुप्रिएको पीडा अलिकति भए पनि हलुका हुन्थ्यो होला। 😭❤️
एकदिन सबैले यो संसार छोडेर जानुपर्छ भन्ने थाहा छ।
तर बाबा, हजुर यति चाँडै जानुपर्ने थिएन नि…
हामीलाई अलिकति ठूलो भएको हेर्नुभएको भए, हाम्रो हात समाएर हिँड्नुभएको भए, हाम्रो सफलतामा मुस्कुराउनुभएको भए, हाम्रो दुःखमा काँध दिनुभएको भए… कति राम्रो हुन्थ्यो होला। 🥺
आज हजुरसँग को कुनै नयाँ तस्बिर छैन, कुनै नयाँ सम्झना थप्न सक्दिनँ।
तर मेरो हृदयमा हजुरको एउटा यस्तो तस्बिर छ, जुन समयले कहिल्यै मेट्न सक्दैन। ❤️
Daddy, धेरै सम्झिरहेको छु…
Miss you Daddy… ❤️😭
Happy Father’s Day, Daddy. 🕊️❤️