Hamro online tv

Hamro online tv Interested- photography and videography

गोरखा जिल्लाको उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने धार्चे गाउँपालिका अन्तरगत वडा नं. ७ लापु भिरकुना गाउँमा  आयोजना गरिएक...
25/10/2025

गोरखा जिल्लाको उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने धार्चे गाउँपालिका अन्तरगत वडा नं. ७ लापु भिरकुना गाउँमा आयोजना गरिएको एकादशि मेला तथा मनोज र पुनराम गुरुङ स्मृति कप भलिबल आयोजना को मेला 2082 को विशेष स्मृति कपमा राखिएको आरुघाट गा. पा, बारपाक सुलिकोट गा. पा, चुमनुब्री गा. पा र धार्चे गा. पा का खेलप्रेमि मित्रहरुलाई सहभागिता जनाइदिनुहुन यसै सुचना बाट पत्रचार गरिन्छ ।

(सबैले शेयर गर्दिनु हुन अनुरोध) सनौलो अवसर नगुमाउनु होला । विशेष गरेर स्कुल पढ्ने भाईबहिनी तथा वृद्ध वा वयस्कहरुको लागि ...
18/10/2025

(सबैले शेयर गर्दिनु हुन अनुरोध)
सनौलो अवसर नगुमाउनु होला । विशेष गरेर स्कुल पढ्ने भाईबहिनी तथा वृद्ध वा वयस्कहरुको लागि
📢 सूचना सूचना सूचना 📢

मिति: कात्तिक २६ गते देखि ३० गतेसम्म (१२ नोभेम्बर – १६ नोभेम्बर)
स्थान: धार्चे आधारभूत अस्पताल

🩺 आँखा तथा मुटु (Cardiac) परीक्षण शिविर ! तथा घार्चे गा.पा का विघालयका छात्राहरुलाई Re-useble Sanitory Pad वितरण रहेको

तल उल्लेखित लक्षणहरू भएका बालबालिका र वृद्धवृद्धालाई
उपरोक्त मितिमा हुने स्वास्थ्य परीक्षण तथा परिक्षण शिविरमा उपस्थित हुन अनुरोध गरिन्छ।

👁️ आँखा सम्बन्धी समस्या (दृष्टि कमजोर – Poor Vision)

यदि निम्न लक्षणहरू छन् भने:
• ब्ल्याकबोर्ड वा पुस्तक राम्रोसँग नदेख्ने
• आँखाले सिक्काउने वा धेरै नजिकबाट पढ्ने
• टाउको दुख्ने वा आँखामा पोल्ने
• पुस्तक धेरै नजिक ल्याएर पढ्ने
• दृष्टि धमिलो वा धुंधलो देखिने

👉 यस्ता व्यक्तिहरूलाई आँखा परीक्षण तथा निःशुल्क चस्मा वितरणका लागि बोलाइएको छ।

❤️ मुटु सम्बन्धी समस्या (Cardiac Problem)

यदि निम्न लक्षणहरू छन् भने:
• बालबालिका पटक–पटक बिरामी हुने, खेल्दा थकाइ लाग्ने
• सास फेर्न गाह्रो हुने वा सामान्य काम गर्दा पसिना आउने
• छाती दुख्ने, मुटु छिटो धड्कने (palpitation) वा चक्कर आउने
• खुट्टा वा अनुहार सुन्निने
• ओठ वा औंलाको टुप्पो निलो देखिने (विशेष गरी बालबालिकामा)

✅ वृद्ध वा वयस्क:
• छाती दुख्ने, मुटु छिटो धड्कने
• सास फेर्न गाह्रो हुने वा चक्कर आउने
• खुट्टा सुन्निने वा पुरानो मुटु रोगको इतिहास भएका

👉 यस्ता व्यक्तिहरूलाई ECHO तथा मुटु परीक्षण शिविरमा बोलाइएको छ।

12/10/2025

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बिमलनगरमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ भने १ जना चितवन मेडिकल कलेजमा उपचार हुदै छ ।

सार्वजनिक विदा फिर्ता
05/10/2025

सार्वजनिक विदा फिर्ता

04/10/2025
उच्च सतर्कता अपनाउनु हुन अनुरोध
02/10/2025

उच्च सतर्कता अपनाउनु हुन अनुरोध

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ। धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गा...
29/09/2025

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ। धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ।
सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक/एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन्। स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए।
उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए।
पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन्। अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ।
गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो। २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो।
छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो।

21/09/2025

यसपालीको दशै असोज १६ गते

20/09/2025

बोलेरोको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

Address

Dharche 5 Singla
Gorkha

Telephone

+9779843681970

Website

Alerts

Be the first to know and let us send you an email when Hamro online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category