Zimba Strawberry Farm

Zimba Strawberry Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zimba Strawberry Farm, Kakani.

This is our own farm so very fresh and all size strawberries are available here, if you want fresh strawberries please contact us directly or send message ✉️
Deliver all over Nepal ✈️

20/01/2026

18/01/2026


🙏

🌿 Strawberry Picking Tour – Kakani 🍓Planning a visit to Kakani?Then don’t miss the joy of picking fresh strawberries wit...
11/01/2026

🌿 Strawberry Picking Tour – Kakani 🍓

Planning a visit to Kakani?
Then don’t miss the joy of picking fresh strawberries with your own hands!

Create unforgettable memories surrounded by nature 🌄
Enjoy a fun-filled experience with your family and loved ones,
picking fresh, sweet strawberries straight from the farm 🍓

📸 Perfect for family time
🌱 Fresh • Natural • Fun
❤️ Memories you’ll treasure forever
📍Kakani,near to NarkonoN Nepal
📞 9745338414 (Rama D)

Do you love strawberries???
08/09/2023

Do you love strawberries???

Oh I love strawberry ❤️

Well come to Kakani 🍓
13/02/2023

Well come to Kakani 🍓

Farmers from Kakani, Nuwakot are producing huge quantities of strawberries annually and are earning good income especially in this season. 🍓

स्ट्रबेरीको जिवनचक्र 🍓🍓
09/09/2022

स्ट्रबेरीको जिवनचक्र 🍓🍓

स्ट्रबेरी 🍓 का फाइदा
04/02/2022

स्ट्रबेरी 🍓 का फाइदा

स्ट्रबेरी खानुकाे फाइदाहरू के के छन् त ? एक पटक पढनुहाेला ।
स्ट्रबेरी किन्नुहाेस : https://bit.ly/order-strawberry-now

11/07/2021
आउनुहाेस् आज स्ट्रबेरी खेती बारे चर्चा गरौ।स्ट्रबेरी (strawberry) खेतीस्ट्रबेरी फलहरुमा राजा हो ।औषधीय गुण भएको यो फल हि...
23/06/2021

आउनुहाेस् आज स्ट्रबेरी खेती बारे चर्चा गरौ।

स्ट्रबेरी (strawberry) खेती

स्ट्रबेरी फलहरुमा राजा हो ।औषधीय गुण भएको यो फल हिमाली तथा केही पहाडी जिल्लामा राम्रो खेती हुन्छ । धेरै जसोले यसलाई ब्यावसायिक खेतीमा रुपमा अंगाल्न सकेका छैनन् । तर, पछिल्लो समय जाडो याममा फल दिने स्ट्रबेरी खेती तर्फ नेपाली कृषकहरु व्यावसायीक रुपमा लागेका छन् । स्ट्रबेरी र भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो । यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ । यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाईन्छ र पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ।

यसको खेती समुद्र सतहबाट १००० देखि २००० मिटरसम्म सफलताका साथ भैरहेको छ। प्रशस्त घामको प्रकाश पुग्ने र सिंचाईको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुन्छ। यस बालीको वृद्धि र विकासको लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ। ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम हुँदा र तुषारो पर्दा फूल मर्ने समस्या देखिन्छ। अतः हाल त्यस्तो प्रतिकूल मौसम भएका ठाउँहरुमा प्लाष्टिक हाउसमा खेती गर्ने चलन बढेको पाईन्छ । प्रशस्त प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने तर पानी अडिने, हल्का बलौटे दोमट, हल्का अम्लिय पि.एच. मान ५.७ देखि ६.५ सम्म भएको माटो उत्तम मानिन्छ । माटोमापि.एच. को मात्रा बढी भएमा जराको वृद्धि विकास राम्रो हुँदैन। साथै क्याल्सियमको मात्रा बढी भएमा पात ओइलाउने समस्या बढी हुन्छ। एउटै जमिनमा धेरै वर्ष खेती गर्न राम्रो मानिँदैन।

नेपालमा थुप्रै जातहरु भित्र्याइएका छन् जसमध्ये प्रिमियर, नर्थवेष्ट, रेडकोर्ट, रोयल सोभरिन, आलब्रिटन, न्योहो, ओफ्रा, क्यामारोसा, ब्लेक मोर, ओनो आदि मुख्य हुन्। यसको बिरुवा तयार गर्दा फल फलिसकेका रनर्सलाई प्रयोग गरिन्छ। एउटा स्वस्थ्य बिरुवाबाट १२–१८ वटासम्म रनर्स तयार गर्न सकिन्छ। माउवोटबाट निस्केका लहराहरु भूईंको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्कन्छन् र नयाँ रनर्सको विकास हुन्छ। माघ–फाल्गुणमा लगाईएको बिरुवा जेष्ठ–आषाढमा रनर्सको रुपमा विकसित हुन्छन् र तिनीहरुलाई नर्सरी ब्याडमा सारेर हुर्काएपछि आश्विन-कात्तिकमा बगैंचामा सार्नको लागि तयार हुन्छन्।

यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पुर्‍याउनु पर्दछ। माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनु पर्दछ। यसको लागि माटो निकै मलिलो चाहिने हुँदा प्रति रोपनी २.५ मे.टन गोबर वा कम्पोष्ट मल, ६.८ के.जी. यूरिया, ५.६ के.जी. डि.ए.पि. र ५.७ के.जी.म्यूरेट अफ पोटास आवश्यक पर्दछ। यसको अलावा जिंक सल्फेट ०.५५, क्याल्सियम सल्फेट ०.५५, र बोरिक एसिड ०.२५ फोलिएर स्प्रे गर्दा उत्पादनमा वृद्धि हुन्छ । यसका बिरुवा बगैंचामा लगाउँदा भाद्र–आश्विन र माघ–फाल्गुणमा लगाउन उपयुक्त हुन्छ। बिरुवा देखि बिरुवाको दूरी ४५ से.मी. तथा लाईन देखि लाईनको दूरी ७५ से.मी. राख्नु उचित हुन्छ। एक रोपनी जमिनको लागि १७५ देखि २२५ वटासम्म बिरुवाको आवश्यकता पर्दछ।

यसका जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन। यसको लागि कालो रङ्गको १.५ मि.मि. मोटाई भएको प्लाष्टिकले मल्चिङ्ग गर्‍यो भने चिस्यान पनि कायम रहन्छ र झारपात पनि पलाउन दिँदैन। यसका जराहरु छोटो हुने र सतहमै फैलिने हुँदा माटोमा चिस्यान कायम राखी रहन आवश्यक हुन्छ।हिउँदको मौसममा कात्तिक देखि माघसम्म महिनाको दुई पटक सिंचाई गरे पुग्छ भने गर्मी मौसममा हप्ताकै दुई पटक सिंचाई गर्नु पर्ने हुन्छ।

उत्पादनमा वृद्धि गर्न र गुणस्तरीय फल उत्पादन गर्न काटछाँट र तालिमको नितान्त आवश्यकता पर्दछ । बिरुवालाई तीन प्रकारले तालिम दिन सकिन्छ । पहिलो एक मूल प्रणाली जसमा शुरुमा रोपेको मूलबोट राखी अन्य सबै रनर्स उखेलेर हटाउनु पर्दछ । दोश्रो चार मूल प्रणाली जसमा पहिले रोपेको मूलबोटबाट चारबटा रनर्सलाई बढ्न दिईन्छ भने तेश्रो बहुमूल प्रणालीमा एक फिटसम्मको दूरीमा सबै रनर्सलाई बढ्न दिइन्छ र त्यसपछिका रनर्सलाई बढ्न नदिई सबैलाई उखेलेर हटाइन्छ।

फूल फुलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिन पछि फल टिप्नलायक हुन्छ । फलको आधा चौथाई भागमा रङ्गको विकास भएपछि फल टिप्नलायक हुन्छ। ठीक्क पाकेको फल गुलाबी रातो सुन्तले देखि जात अनुसार बैजनी रङ्गको हुन्छ । फल एकै पटक नपाक्ने भएकोले पटक पटक गरी टिप्नु पर्दछ। फललाई एक एक गरी भेट्नो सहित नङ्गले वा सानो खाले क्लिपरको सहायताले टिप्नु पर्दछ । नजिकको बजारको लागि फल पूरै पाकेपछि टिप्नु पर्दछ भने टाढाको बजारका लागि आधा रङ्ग विकसित भएपछि टिप्नु पर्दछ ।

यसको उत्पादन माटोको मलिलोपना, सिंचाई तथा मौसमले निर्धारण गर्दछ। सरदरमा लिने हो भने १(२।५ मे।टन सम्म उत्पादन भएको पाइएको छ। अन्य बालीहरुको तुलनामा कीराहरुकमै लाग्दछन् तापनि रातो माकुरे, सुलसुले र जापानिज खपटे कीराहरुले नोक्सानी गर्दछन्। दुई थोप्ले रातो माकुरे, सुलसुले पातको तल्लो सतहमा बसी बिरुवाको पातबाट रस चुस्दछ र बिरुवा कमजोर भई उत्पादनमा ठूलो ह्रास हुन्छ। यसको नियन्त्रणका लागि मित्र जीवको संरक्षण तथा सुलसुलेनाशक डाइकोफोल १–२ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। यसको माउ खपटेले फलमा प्वाल पारेर खान्छ भने लाभ्रेले जरा खाई नोक्सानी गर्दछ। यसको रोकथाम गर्न विविध उपाय गर्न सकिन्छ जस्तै खपटेलाई टिपेर नष्ट गर्ने, फेरोमन पासोको प्रयोग गर्ने र बढी आक्रमण भएमा पाइरिथ्रीन वा कार्बारिल जस्ता विषादिहरु १–२ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

यस बालीमा देखा पर्ने रोगहरुमा खैरो ढुसी, कालो दाग हुने, खराने, पातको थोप्ले, जरा कुहिने आदि हुन्। यिनीहरु मध्ये खैरो ढुसी र जरा कुहिने रोगले बालीलाई बढी नोक्सानी गरेको पाईन्छ। यस रोगको ढुसीले आक्रमण गरेपछि फलमा खैरो धूलो जस्तो पाउडर देखिन्छ र रोगको प्रकोप बढी भएपछि फल सडेर जान्छ। यसलाई रोकथाम गर्न लक्षण देखिएका फलहरु टिपेर नष्ट गर्ने र फूल फक्रनासाथ थिराम वा क्याप्टन जस्ता विषादि १(२मि।लि। प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। लामो समयसम्म घामको सम्पर्क तथा सुख्खाको कारणले गर्दा फलको रातो रङ्ग विस्तारै हराउँछ र फलमा दाग देखिन्छ। माटोमा ठिक्कको चिस्यान कायम राख्ने र बढी घाम लाग्ने स्थानमा छायाँको व्यवस्था गरेमा यस समस्याबाट पार पाउन सकिन्छ। तापक्रममा आएको एक्कासीको परिवर्तनले गर्दा फलको टुप्पो फुट्ने साथै फल खोक्रो हुने गर्दछ जसलाई भ्यागुते मुख पनि भनिन्छ।

यस्तो अवस्थालाई सहन गर्ने खालका जात पनि विकास भएका छन् । वास्तवमा यस्ता समस्याहरु यदाकदा देखिन्छन् । यसका धेरै कारणहरु मध्ये मौरीको क्रियाकलापमा कमी आई राम्ररी परागसेचन नहुनु, माटोमा नाईट्रोजनको मात्रा बढी हुनु आवश्यकता भन्दा बढी चिसो र तुषारो मुख्य मानिन्छ। नुवाकोटमा मात्रै करीब दुई सय परिवारले स्ट्रबेरीको व्यावसायिक खेती गरिरहेका छन्। जिल्लामा स्ट्रबेरीको वार्षिक कारोबार रु. ४ करोड भन्दा बढि कारोवार हुने गरेको छ ।

सम्पादन तथा सोच : राजेन्द्र देवकोटा / बिज्ञ कृषि (फेसबुकबाट साभार गरिएको)

Address

Kakani

Telephone

+9779860250882

Website

Alerts

Be the first to know and let us send you an email when Zimba Strawberry Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zimba Strawberry Farm:

Share