Global Photo bank

Global Photo bank Global photo bank is a photo gallery. All photos are seeing free every time every day.

रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको  उद्धारदेखि राहतसम्म मानवीय कार्य, विश्वभरका नेपालीलाई, सहयोगमा जुट्न अपिलकाठ...
02/09/2026

रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको उद्धारदेखि राहतसम्म मानवीय कार्य, विश्वभरका नेपालीलाई, सहयोगमा जुट्न अपिल

काठमाडौं, रसुवा र भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भिमसेन थापा उद्धार तथा राहत कार्यमा सक्रिय भएका छन्।

बाढी प्रभावित क्षेत्रमा आफैं पुगेर थापाले उद्धार कार्यमा सहयोग गर्नुका साथै समस्यामा परेका परिवारलाई व्यक्तिगत तर्फबाट राहत सहयोग गरेका छन । उनले एनआरएनएको तर्फबाट समेत प्रभावित परिवारका लागि सहयोग परिचालन गर्न सक्रिय भूमिका निर्वाह गरेका छन्।

पोर्चुगलमा सफल व्यवसाय गर्दै आएका थापा सामाजिक सेवामा समेत सक्रिय छन । नेपालमा विपद पर्दा विदेशमा रहेर पनि आफ्नो सामाजिक दायित्व पूरा गर्नुपर्ने मान्यतासहित उनले यसपटक प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेका हुन्।

बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै थापाले ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। प्रभावित परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा पुनःस्थापनाका लागि समेत निरन्तर सहयोग आवश्यक रहेको उनले बताएका छन्।

थापाले नेपालमा रहेका नेपालीसँगै विश्वभर छरिएर रहेका नेपालीलाई विपद्को यो घडीमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्। गैरआवासीय नेपाली, संघसंस्था, व्यवसायी तथा सामाजिक अभियन्ताले सरकारका उद्धार तथा राहत प्रयासमा हातेमालो गर्नुपर्ने उनको भनाइ छ।

‘विपद्मा एकता, पीडामा साथ र मानवतामा हाम्रो साझा जिम्मेवारी हो’ भन्दै थापाले प्रभावित परिवारको दुःखमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
एनआरएनए आईसीसीको युवा नेतृत्वमा रहेका थापाले संस्थागत पहलसँगै व्यक्तिगत रूपमा समेत राहत कार्यमा सहभागिता जनाउँदै विपद्मा परेका परिवारलाई सहयोग गर्दै आएका छन्। रसुवा-नुवाकोटमा प्रत्यक्ष रूपमा उद्धार तथा राहतमा खटिनुले उनको सामाजिक सक्रियतालाई थप बल दिएको छ।

बाढीपछिको उद्धारसँगै प्रभावित परिवारको पुनःस्थापना चुनौतीपूर्ण हुने भएकाले सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र गैरआवासीय नेपाली समुदायबीच सहकार्य आवश्यक रहेको थापाले बताएका छन्।

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारलाई विश्वस्त पार्ने अभियानमा जोडकाठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा...
02/09/2026

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारलाई विश्वस्त पार्ने अभियानमा जोड

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा परेको गम्भीर असरबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटकको खोजी तथा उद्धारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न तत्काल विशेष रणनीति अपनाउनु पर्नेमा जोड दिएको छ ।

समितिकी सभापति सुम्निमा उदासले ‘नेपाल सुरक्षित छ’ भनेर मात्र पुग्ने अवस्था नरहेको भन्दै पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायमा विश्वास पैदा गर्ने गरी सरकार र पर्यटन क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताइन् । उनले विपद्पछि नेपालको पर्यटनबारे सकारात्मक र विश्वसनीय सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले विपद्पछिको उद्धार तथा राहतप्रति सरकार संवेदनशील र जिम्मेवार रहेको बताए । मन्त्री पौडेलले हेलिकोप्टर परिचालनलाई एकद्वार प्रणालीमा ल्याएर उद्धारलाई व्यवस्थित गरिएको समेत जानकारी दिए । उनले भोटेकोशी क्षेत्रबाहेक दैनिक पाँचवटा उडान सार्वजनिक सेवाका रूपमा निःशुल्क सञ्चालन भइरहेको पनि जानकारी दिए । उनले अन्तर्राष्ट्रिय समुदायको विश्‍वास कायम गर्न र नेपालमा पर्यटक आगमन बढाउने रणनीतिबारे सरकारले काम गरिरहेको बताए ।

उनले भने, “पर्यटन व्यवसाय भावनासँग जोडिएको र सहानुभूतिमा आधारित व्यवसाय हो । अहिले पर्यटन क्षेत्रले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोरेको छ । सरकारले प्रभावित पर्यटन श्रमिकका लागि कर्मचारी कल्याणकारी कोष स्थापना गर्न सरकारले काम गरिरहेको छ ।’

मन्त्री पौडेलले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर दीर्घकालीन रूपमा रसुवालाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सार्नुपर्ने बताए । हिमालहरू विश्वकै साझा जलवायु सम्पदा भएकाले नेपालले यस्ता विपद्बाट भएको क्षति र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधि सभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य अनुष्का श्रेष्ठले संकटका बेला सूचना प्रवाहलाई इन्फोग्राफिक्स तथा डिजिटल माध्यमबाट तीव्र र प्रभावकारी बनाउनुपर्ने सुझाव पेश गरिन् । उनले सम्बन्धित निकायमा नेतृत्व तथा पद रिक्त हुँदा निर्णय प्रक्रिया प्रभावित हुन सक्ने भन्दै आवश्यक पदपूर्ति तत्काल गर्नुपर्ने धारणा राखिन् ।

समिति सदस्य जगदीश खरेलले प्रभावित क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य तत्काल पुग्नुपर्ने बताए । रसुवामा हराइरहेका विदेशी पर्यटकका परिवार तथा आफन्तलाई भिसा सहजता र होटलमा छुट दिनुपर्ने तथा प्रधानमन्त्री राहत कोषबाट पर्यटन पुनर्स्थापनाका लागि कम्तीमा १५ प्रतिशत रकम छुट्याउनुपर्ने प्रस्ताव उनले राखे । रसुवामा विपद्मा ज्यान गुमाएका विदेशी पर्यटकको स्मृतिमा स्मारक निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।

त्यस्तै, समिति सदस्य प्रेमकुमार हमालले जलवायु परिवर्तन र जलवायु न्यायलाई अब पर्यटन नीतिको केन्द्रमा राख्नुपर्ने सुझाव पेश गरे । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपालले क्षति तथा नोक्सानीको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

समितिका सदस्य सन्दीप रानाले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै विदेशी पर्यटकका परिवारलाई सूचना प्रवाह तथा समन्वय एक निश्‍चित सहायता कक्ष स्थापना गर्नुपर्ने बताए । हराइरहेका आफन्तबारे सूचना नपाउँदा परिवारहरूमा बढेको त्रास कम गर्न एकीकृत सूचना प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

समितिका सदस्य धनन्जय रेग्मीले उनले पर्यटक पठाउने व्यवसायीले आफ्ना पर्यटकको वास्तविक तथ्यांकबारे नेपाल पर्यटन बोर्डलाई जानकारी गराउन नसक्दा बाढीमा वेपत्ता भएका पर्यटकको वास्तविक सूचनाबारे अझै अन्योल रहेको बताए । उनले थपे, ‘विश्वव्यापी रुपमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको परिप्रक्ष्यमा जुनसुकै देशमा जतिखेर पनि जस्तो सुकै क्षति हुन सक्छ । त्यसकारण पूर्व सावधानी र सुरक्षाका उपायहरु ग्यारेन्टी गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाल यस कारण सुरक्षित छ भन्‍ने विश्‍वास दिलाउन सकिन्छ ।

पर्यटन बोर्डका सदस्य सहदेव धामलाले पर्यटन व्यवसाय नै जोखिममा रहनसक्ने र ठूलो संख्यामा पर्यटन श्रमिकसमेत प्रभावित भएको बताए । उनले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीका लागि सामाजिक सुरक्षा तथा बीमाको व्यवस्था गर्नुपर्ने र पर्यटक सूचना व्यवस्थापनमा टीम्सको प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेको बताए ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पर्यटक तथा यात्रुको खोजी, उद्धार र अवस्थाबारे नियमित सूचना प्रवाह भइरहेको बताए । उनका अनुसार सम्बन्धित निकाय, पर्यटन व्यवसायी तथा सुरक्षा संयन्त्रसँग समन्वय गरी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्थाबारे सूचना संकलन भइरहेको छ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले संकटका बेला नेपाल पर्यटन बोर्डबाट संयुक्त रूपमा सूचना प्रवाह भइरहेको बताए । उनले पर्यटन पुनरुत्थानका लागि ‘Calling Nepal’ अभियानलाई थप प्रभावकारी बनाउने तथा आवश्यक परे हवाई भाडा र होटलमा छुट वा निःशुल्क सुविधा उपलब्ध गराउने प्रस्तावसमेत अघि बढाइएको जानकारी दिए ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले वर्तमान संकटलाई अभूतपूर्व भन्दै विदेशस्थित नेपाली दूतावास तथा नियोगमार्फत नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले नेपाल खुला छ भन्‍ने सन्देशसहितको अभियानलाई अझ सशक्त बनाउँदै सरकारसँग सहकार्य गरेर पर्यटन क्षेत्रलाई पुनः गतिशील बनाउन निजी क्षेत्रको प्रतिबद्धता व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले करिब ९९५ विदेशी पर्यटक, भारतीय नागरिकसमेत, प्रभावित क्षेत्रमा हराइरहेको जानकारी दिँदै पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेको बताए । उनले नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत उद्धार तथा पुनर्स्थापनासँगै नेपाल पर्यटकका लागि तयार रहेको स्पष्ट सन्देश दिनुपर्ने बताए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरत जंग पाण्डेले राहत तथा पुनर्स्थापनाको निर्णय मानवीय आधारमा हुनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय बजारको विश्‍वास जित्‍न अब नेपाल आउने पर्यटकका लागि असहज परिस्थिति रहुन्जेलसम्म निःशुल्क भिसा, होटलमा विशेष छुट तथा सहज आवागमनको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

बैठकमा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले बाढीपछि पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्ने बताए । एनएमएको विशेष टोली पहिलो दिनदेखि प्रभावित क्षेत्रमा पुगेको रहेको उल्लेख गर्दै उनले संघसँग करिब १२ हजार ६ सय उद्धार दक्षता भएका जनशक्ति रहेको र सरकारले आवश्यक निर्देशन दिए तत्काल परिचालन गर्न सकिने बताए । उनले उद्धारका लागि हेलिकोप्टरहरू तयारी अवस्थामा रहेकाले उपलब्ध साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

एक्सपिडिसन अपरेटर एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले पर्यटन श्रमिकको सामाजिक सुरक्षाका लागि दीर्घकालीन व्यवस्था आवश्यक रहेको बताए । उनले तातोपानी तथा केरुङ नाकासँग सम्बन्धित आवागमन र कूटनीतिक समन्वयलाई प्राथमिकता दिनुपर्ने तथा मृत्यु भएका विदेशी नागरिकको कानुनी पहिचान र मृत्यु प्रमाणपत्रलगायतका प्रक्रिया सहज बनाउनुपर्ने बताए ।

दावालाई कास्यतेस्रो संस्करणको पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ । भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेप...
02/09/2026

दावालाई कास्य

तेस्रो संस्करणको पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ । भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जितेका हुन् ।

विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडीको सहभागिता रहेको नेपाल पिकलबल संघका अधयक्ष सौरभ भण्डारीले जनाएका छन् । विश्वकपको पहिलो सहभागितामै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको अध्यक्ष भण्डारीले बताए ।

तेश्रो स्थानका लागि भएको खेलमा दावाले ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक सुनिश्चित गरेका हुन् ।

02/09/2026

प्राकृतिक विपदमा कुकिवनको साथ, तेक्वान्दो संघद्वारा धन्यवाद ज्ञापन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति विश्व तेक्वान्दो मुख्यालय कुकिवनले गहिरो दुःख व्यक्त गरेको छ । कुकिवनका अध्यक्ष युन उङ सुकले गत अगस्ट २८ मा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई पठाएको समवेदना पत्रमा रसुवा, नुवाकोट र धादिङमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवनले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै बाढीबाट प्रभावित समुदायको शीघ्र पुनस्र्थापनाको कामना पनि गरेको छ ।
कुकिवनको चासोप्रति नेपाल तेक्वान्दो संघले आभार व्यक्त गरेको छ । संघका अध्यक्ष गुरुङले अगस्ट ३१ मा कुकिवनका अध्यक्षलाई पठाएको धन्यवाद पत्रमा नेपाल तेक्वान्दो संघ तथा सम्पूर्ण नेपाली तेक्वान्दो समुदायकातर्फबाट कुकिवनको सहानुभूति र ऐक्यबद्धताका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

नेपाल तेक्वान्दो संघले कुकिवनको आपसी भाइचारा, मित्रता र चासोलाई नेपाल र कोरियाबीचको प्रगाढ सम्बन्धको प्रतिक मात्र नभई विश्वव्यापी तेक्वान्दो समुदायबीचको मानवीय सम्बन्ध, करुणा, एकता र पारस्परिक सहयोगको उदाहरणका रूपमा लिएको जनाएको छ । संघले कुकिवन परिवारलाई नेपाली जनता तथा तेक्वान्दो समुदायप्रति ऐक्यबद्धता जनाएकोमा धन्यवादसमेत दिएको छ ।

संघले विनासकारी बाढीबाट सिर्जित राष्ट्रिय विपद्बाट नेपाली नागरिक र तेक्वान्दो परिवारसमेत प्रभावित भएको जनाएको छ । नेपाल तेक्वान्दो संघले आफ्नो पत्रमा यो विपद्ले देशका धेरै परिवार र समुदायलाई प्रभावित बनाएको जनाएको छ । प्राकृतिक विपद्का कारण तेक्वान्दो समुदायसँग जोडिएका व्यक्तिहरू तथा उनीहरूका परिवारले समेत क्षति बेहोर्नुपरेको संघले जनाएको छ । विपती र दुःखको विषम परिस्थितिमा कुकिवनले देखाएको सहानुभूति, साथ, समर्थन र ऐक्यबद्धताले नेपाली तेक्वान्दो समुदायलाई ठूलो हौसला दिएको संघले जनाएको छ ।

राष्ट्रिय विपद्को यस कठिन घडीमा नेपाल सरकारको प्रभावित क्षेत्रमा सहयोगका लागि गरेको आह्वानलाई समर्थन गर्दै नेपाल तेक्वान्दो संघले सम्पूर्ण तेक्वान्दो परिवारसँग मिलेर उद्धार कार्यमा सहयोग गर्नुका साथै पीडितका लागि राहत र सहयोग जुटाउने अभियानमा समेत जुट्न सम्पूर्ण तेक्वान्दो परिवारसँग आग्रह गरि सार्वजनिक सुचना र परिपत्र गरेको छ ।

संघले सम्पूर्ण नेपाली तेक्वान्दो परिवारलाई एकजुट बनाएर प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने र पीडितका लागि आवश्यक राहत तथा आर्थिक सहयोग जुटाउने प्रयास अघि बढाइरहेको जनाएको छ । नेपाल तेक्वान्दो संघले विपद्का बेला खेलकुद केवल प्रतिस्पर्धा र पदक प्राप्त गर्ने माध्यम मात्र नभई मानवीय सहयोग, एकता र सामाजिक जिम्मेवारीको माध्यम पनि हुनुपर्ने सन्देश दिएको छ ।

एनएसजेएफ र सिद्धार्थ बैंकबीच प्रायोजन सम्झौताकाठमाडौं, भदौ १७– नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार...
02/09/2026

एनएसजेएफ र सिद्धार्थ बैंकबीच प्रायोजन सम्झौता

काठमाडौं, भदौ १७– नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।

एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २३औं संस्करण भोलि भदौ १८ गते बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदै छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेशराज महर्जनबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।

बैंकिक पार्टनरका रूपमा जोडिएको सिद्धार्थ बैंकले केवल औपचारिक प्रायोजनमा सीमित नभइ खेलकुदको समग्र विकास, प्रतिभा पहिचान, अवसर सिर्जना र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित प्रयास गर्दै आएको छ ।

खेलकुदले युवाको प्रतिभा र क्षमता विकास गर्नुका साथै राष्ट्रको पहिचान र गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्दछ भन्ने बैंकको धारणा रहेको छ । मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो ।

नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गरिनेछ । एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०८२ मा ९ विधामा प्रदान गरिनेछ । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

पिपल्स च्वाइससहित पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन् ।

मनोनयनमा परेका खेलाडीका लागि डिजिटल वालेट खल्ती बाई आईएमई, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन आज बुधबार रातिसम्म मात्र मत दिन सकिनेछ ।

एम्पुटी फुटबल खेलाडी फ्रान्स जानेएम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विक बिहीबार फ्रान्सको एनिस जाने भएका छन् । यु...
02/09/2026

एम्पुटी फुटबल खेलाडी फ्रान्स जाने

एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विक बिहीबार फ्रान्सको एनिस जाने भएका छन् । युरोपियन एम्पुटी फुटबल महासंघ (इएएफएफ) को आयोजना तथा विश्व एम्पुटी फुटबल महासंघको (डब्लुएएफएफ) को सहयोगमा सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने अन्तर्राष्ट्रिय महिला एम्पुटी फुटबल क्याम्पमा सहभागी हुन उनीहरु फ्रान्स जान लागेका हुन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार बिदाइ गरे । एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्लीबहादुर विष्टले क्याम्पको मुख्य उद्देश्य महिला एम्पुटी फुटबल खेलाडीबीच सहकार्य र सञ्जाल विस्तार गर्नु रहेको बताए ।

विजयले थाइल्यान्डमा एसियाड तयारी गर्नेक्यानोइङका विजय माझी २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि बिहीबार थाइल्...
02/09/2026

विजयले थाइल्यान्डमा एसियाड तयारी गर्ने

क्यानोइङका विजय माझी २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि बिहीबार थाइल्यान्ड प्रस्थान जाने भएका छन् ।

विजय त्यत्तैबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयमा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छन् ।

क्यानोइङमा सहभागी हुने अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र महेताले बुधबार बिदाइ गरे ।

भेलेसिटी फुटसल हुनेद भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलेसिटी अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।‘...
02/09/2026

भेलेसिटी फुटसल हुने

द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलेसिटी अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

‘खेलकुदमार्फत एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका २४ टिमको सहभागिता रहने भेलोसिटीका एडमिन हेड एवं प्रतियोगिता संयोजक सुप्रभ घिमिरेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी हुने टिममा द भेलेसिटी स्कुल, पाठशाला स्कुल, विद्या आर्जन स्कुल, अक्सिडेन्टल पब्लिक स्कुल, चेल्सी स्कुल, नव ज्ञान पाठशाला, श्रीयन्त्र स्कुल, ग्ल्याडस्टोन एकेडेमी, विद्यावाणी पाठशाला, द सेलिब्रेसन को–एड, ब्रह्मकुञ्ज शिक्षा सदन, ग्रीनविच एकेडेमी, कृष्टियन कम्युनिटी स्कुल, बालबाटिका स्कुल, जीनियस वल्र्ड स्कुल, डाफोडिल बोर्डिङ स्कुल, यूरो स्कुल, आर्षा स्कुल, स्वस्तिश्री गुरुकुल, एकलव्य शिक्षा सदन, गोदावरी रेसिडेन्सियल स्कुल, विद्या विकास स्कुल, मदन भण्डारी स्कुल र फेरील्यान्ड इन्टरनेसनल स्कुल छन् । प्रतियोगितालाई सफल बनाउन १६ वटा विभिन्न संघसंस्थाहरू समेत साझेदारका रूपमा जोडिएको आयोजकले जनाएको छ ।

लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु हरहर महादेवस्थित हरहर महादेव फुटसलमा खेलाइने छ । प्रतियोगिताको समापन समारोहमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङको विशेष उपस्थिति रहनेछ । गत संस्करणको उपाधि विद्यावाणी पाठशालाले जितेको थियो ।

प्रतियोगिताले विद्यार्थी, विद्यालय, अभिभावक तथा खेलप्रेमी समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको एडमिन हेड घिमिरेले बताए ।

टीआईए, प्रिमियर र डाफोडिलको जितटीआईए, प्रिमियर इन्टरनेसनल र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्व...
02/09/2026

टीआईए, प्रिमियर र डाफोडिलको जित

टीआईए, प्रिमियर इन्टरनेसनल र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । विजेता तीनै टोलीले रातो बंगलालाई पराजित गरे ।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा टीआईएले रातो बंगलालाई १०–३ ले पराजित ग¥यो । टीआईएको जितमा विरास कार्कीले ८ अंक योगदान गरे । अदिस प्रधानाङ्गको १४ अंक सहयोगमा प्रिमियरले रातो बंगलालाई २०–५ ले हरायो ।

जुनियर ब्वाइजमै डाफोडिलले रातो बंगलालाई २३–६ ले पाखा लगायो । डाफोडिलका पेम्बा शेर्पाले १० स्कोर गरे ।

सिनियर गल्र्समा काष्ठमण्डप विद्यालयले त्रियोगमाथि ३१–७ को आरम्दायी जित निकाल्यो । काष्ठमण्डपकी आराध्या ओझाले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा जेम्सले आयोजक इम्पेरियललाई ३०–५ ले सहजै पन्छायो । जेम्सका अभन राजले १० अंक जोडे । सोही स्पर्धामा टीआईए र युरो स्कुल, हात्तीगौडाबीचको खेल वर्षाका कारण सम्भव भएन ।

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफलकाठमाडौँ, १७ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित प...
02/09/2026

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

काठमाडौँ, १७ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासङ्घले विगतमा उठाउँदै आएका विषयलाई दुईपक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो ।
त्यसैगरी हालैको रसुवाको भोटेकोशी नदामा आएको बाढीको बिपद् र प्रभावित विद्यार्थीको अध्ययनलाइ निरन्तरता दिन गर्नुपर्ने उपायकाबारेमा पनि छलफल भएको छियो ।

छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधी सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा प्राप्त राय–सुझावलाई ऐनमा समेट्ने बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई स्वदेशमै रोक्न गुणस्तरीय शिक्षा र अवसरको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समय–समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने बताउनुभयो ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि विद्यालय शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र महासङ्घबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाएका विषयलाई प्रक्रियागत रूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष सुवेदीले आफूहरूले उठाएका सवाल संवादमार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो। विद्यालय शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने बताउँदै उहाँले मन्त्रालयसँगको संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्याको समाधान खोज्न सकिने उल्लेख गर्नुभयो ।
छलफलमा सहभागी अन्य शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालयसँगको संवाद र सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

Address

Gokarneshwor Manucipality 9 Sunder Tole Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Global Photo bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share