29/06/2026
हार्दिक धन्यवाद तथा आभार व्यक्त
सिन्धुली जिल्ला, कमलामाई नगरपालिका–१, डाँडी निवासी दुवै मृगौला पीडित दिनेश मुक्तानको उपचारका लागि सहयोग स्वरूप, सोही जिल्ला घ्याङलेख गाउँपालिका, अमले घर भई हाल साउदी अरबमा कार्यरत उहाँका आफ्नै मामा कृष्ण थिङ ज्यूले रु. ५०,००० (पचास हजार) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
त्यसैगरी, उहाँकै भाइ अशोक थिङ ज्यूले रु. ११,९०० (एघार हजार नौ सय) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
हाम्रो जीवनको यस कठिन र दुःखद घडीमा प्रदान गर्नुभएको अमूल्य आर्थिक तथा नैतिक सहयोगका लागि म तथा मेरो सम्पूर्ण परिवारको तर्फबाट उहाँहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
हजुरहरूको यस महान् सहयोग र सद्भावलाई हामी जीवनभर सम्झिरहनेछौँ। भगवानले हजुरहरूलाई सधैं सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून् भन्ने हार्दिक कामना गर्दछौँ।
हार्दिक धन्यवाद! 🙏🙏