Cinebuzz Nepal

Cinebuzz Nepal नेपाली फिल्म मनोरन्जनको हरेक अपडेट एउटै ठाउँबाट।

15/05/2026

छोरीका लागि खेलौना किन्दै देखिइन् प्रियंका कार्की ❤️🧸

14/05/2026

छोरीसँग ‘रोयल किड्स’ पुगिन् श्वेता खड्का ❤️

14/05/2026

14/05/2026

पञ्चेबाजाको धुनसँगै बेहुली रूपमा झल्किइन् आँचल शर्मा ❤️

नेपाली चलचित्र बजारमा अहिले अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’लाई लिएर चर्चा चुलिएको छ। फिल्म आगामी दशैंको अ...
14/05/2026

नेपाली चलचित्र बजारमा अहिले अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’लाई लिएर चर्चा चुलिएको छ। फिल्म आगामी दशैंको अवसरमा प्रदर्शन हुन सक्ने हल्लासँगै यतिबेला फिल्मी बजारमा नयाँ तरंग पैदा भएको छ।

लामो समयपछि निर्देशनमा फर्किएका निखिल उप्रेतीको यो प्रोजेक्टलाई दर्शकले निकै चासोका साथ हेरेका छन्। विशेषगरी एक्सन र फरक प्रस्तुतीका कारण चर्चामा रहने निखिलको निर्देशनमा बन्न लागेको ‘आचार्य’ले अहिलेबाटै उत्सुकता बढाएको देखिन्छ।

यद्यपि निर्माण टिमले आधिकारिक रूपमा प्रदर्शन मिति घोषणा गरिसकेको छैन। तर दशैं लक्षित रिलिजको चर्चा चल्न थालेपछि फिल्म क्षेत्रभित्र ‘आचार्य’लाई लिएर उत्साह बढ्दो छ।

13/05/2026

मोडर्न बेहुली आँचल शर्मा

😯 आखिरकार गायिका इन्दिरा जोशी ले आफ्नो बेबी शावर फोटोसुटका मनमोहक तस्वीरहरू सार्वजनिक गरेकी छन्।तस्वीर शेयर गर्दै उनले ल...
13/05/2026

😯 आखिरकार गायिका इन्दिरा जोशी ले आफ्नो बेबी शावर फोटोसुटका मनमोहक तस्वीरहरू सार्वजनिक गरेकी छन्।

तस्वीर शेयर गर्दै उनले लेखेकी छन् —
‘जीवनमा एकपटक मात्रै आउने यो अनुभूति… यसलाई भरपुर महसुस गर्दै सुन्दर सम्झनाको रूपमा सँगालेर राख्न चाहन्छु।’ ❤️

उनको मुस्कान, खुशी र भावनाले भरिएका तस्वीरहरूले मातृत्वको खुसीलाई अझ विशेष बनाइदिएको छ। इन्दिरा प्रत्येक तस्वीरमा निकै सुन्दर, आत्मविश्वासी र चम्किलो देखिएकी छन्।

जीवनको नयाँ अध्याय सुरु गर्न लागेकी इन्दिरा र उहाँको परिवारलाई धेरै शुभकामना, माया र खुशी। ❤️🙏👶

Ekdev Limbu ले आफ्नो म्युजिक भिडियोमा विशेष उपस्थितिका लागि अभिनेत्री Niruta Singh प्रति आभार व्यक्त गरेका छन् । उनले ले...
13/05/2026

Ekdev Limbu ले आफ्नो म्युजिक भिडियोमा विशेष उपस्थितिका लागि अभिनेत्री Niruta Singh प्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “धेरै धेरै धन्यवाद निरुता सिंह दिदी । तपाईं सधैं मेरो बाल्यकालको क्रस हुनुहुन्थ्यो, तपाईंसँग काम गर्ने मौका पाउनु मेरा लागि सपनाजस्तै महसुस भयो ।” ❤️

Suhana Thapa नेपाली फिल्म क्षेत्रका चर्चित दम्पती Jharana Thapa र Sunil Kumar Thapa की एक्ली छोरी हुन् । अमेरिकामा अध्यय...
13/05/2026

Suhana Thapa नेपाली फिल्म क्षेत्रका चर्चित दम्पती Jharana Thapa र Sunil Kumar Thapa की एक्ली छोरी हुन् । अमेरिकामा अध्ययन पूरा गरेपछि उनी अहिले नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् । परिवारको साथ र आमाको विरासतलाई अगाडि बढाउँदै सुहाना अहिले नेपाली सिनेमाकी लोकप्रिय अभिनेत्रीमध्ये एक बन्दै गइरहेकी छन् ।

Paul Shah र Malika Mahat को नयाँ गीत ‘गाजल टिकी २.०’ सार्वजनिक भएको छ । दर्शकमाझ चर्चित जोडीका रूपमा चिनिएका पल र मलिका ...
13/05/2026

Paul Shah र Malika Mahat को नयाँ गीत ‘गाजल टिकी २.०’ सार्वजनिक भएको छ । दर्शकमाझ चर्चित जोडीका रूपमा चिनिएका पल र मलिका यसपटक फेरि नयाँ गीतमार्फत एकसाथ देखिएका हुन् । गीत युट्युबमार्फत रिलिज गरिएको हो भने सार्वजनिक भएसँगै दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

अहिले अभिनेत्री प्रियंका कार्की र स्टेज पर्फमर दुर्गेश थापा विभिन्न स्टेज शो तथा मनोरञ्जन कार्यक्रमहरूमा सँगै देखिन थाले...
13/05/2026

अहिले अभिनेत्री प्रियंका कार्की र स्टेज पर्फमर दुर्गेश थापा विभिन्न स्टेज शो तथा मनोरञ्जन कार्यक्रमहरूमा सँगै देखिन थालेपछि धेरैको ध्यान तानिएको छ। एक समय फिल्म क्षेत्रमा व्यस्त रहेकी प्रियंका र संगीत क्षेत्रमा सक्रिय दुर्गेशबीच पहिले कमै सहकार्य देखिन्थ्यो। तर पछिल्लो समय दुर्गेशको बढ्दो लोकप्रियता र दर्शकमाझको आकर्षणसँगै उनीहरूबीचको सहकार्य बढिरहेको चर्चा भइरहेको छ।

Address

Kathmandu
44600

Telephone

+9779802399157

Website

Alerts

Be the first to know and let us send you an email when Cinebuzz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cinebuzz Nepal:

Share