Divine Tantra Studio

Divine Tantra Studio सनातन धर्म–तन्त्र ज्ञान

आदित्यहरू सूर्यका १२ रूप हुन् जसले जीवित प्राणीहरूको रक्षा गर्छन् र पाप नाश गर्छन्। प्रत्येकले विशेष भूमिका निर्वाह गर्छ...
16/12/2025

आदित्यहरू सूर्यका १२ रूप हुन् जसले जीवित प्राणीहरूको रक्षा गर्छन् र पाप नाश गर्छन्। प्रत्येकले विशेष भूमिका निर्वाह गर्छन्, जस्तै इन्द्रले शत्रु नाश गर्छन्, धाताले सृष्टि गर्छन्, र वरुणले जलमा वास गर्छन्। बिहान-बेलुका यिनीहरूको स्मरणले पवित्रता र सुख प्राप्त हुन्छ ।

इतिहासअनुसार कार्यविनायक मन्दिर नेपाल संवत् ७८१ (ई.स. १६६१ तिर) चैत महिनाको चौथो बिहीबारका दिन स्थानीय अगुवा पूर्ण सिंहक...
14/12/2025

इतिहासअनुसार कार्यविनायक मन्दिर नेपाल संवत् ७८१ (ई.स. १६६१ तिर) चैत महिनाको चौथो बिहीबारका दिन स्थानीय अगुवा पूर्ण सिंहको नेतृत्वमा त्यतिबेलाका ११ जना स्थानीय बाँदा (शाक्य) समुदायका व्यक्तिहरूले स्थापन गरिएको उल्लेख पाइन्छ । यो मन्दिर मल्लकालको समयमा बनेको मानिन्छ र त्यसबेला पाटनमा राजा श्रीनिवास मल्लको शासन शुरू भएको समयसँग यसको कालखण्ड मेल खान्छ।देवता र धार्मिक महत्वमन्दिरभित्र मूलरूपमा स्वयंभू ढुंगाको आकृति रहेको छ, जसलाई गणेशको प्राकृतिक स्वरूप मानेर पूजा गरिन्थ्यो, पछि सो ढुंगालाई कलात्मक चाँदीले आवरण दिई मूर्तिको रूपमा स्थापित गरिएको हो। कार्यविनायकलाई उपत्यकाका चार विख्यात विनायकमध्ये सबैभन्दा प्रसिद्ध मानिन्छ; अरू तीन हुन् — चोभारको जलविनायक, भक्तपुरको सूर्यविनायक र काठमाडौँको अशोक विनायक।

जनश्रुति अनुसार उपत्यकामा १२ वर्षसम्म वर्षा नपरी खडेरी परेको बेला बुङ्गमती, भक्तपुर र काठमाडौँका राजादेखि तान्त्रिकसम्म मिलेर समस्या समाधानको प्रयत्न गर्दा कार्यसिद्धिदायक गणेशको स्थापना र पूजा आरम्भ भएको मानिन्छ। त्यहीबेलादेखि कुनै पनि काम सुरु गर्नु अघि यहाँ पूजा गरेमा काम सफलतापूर्वक पूरा हुन्छ भन्ने विश्वास स्थापन भएको र अधूरा काम पूरा भएपछि फेरि धन्यवाद दिन आएर पूजा गर्ने परम्परा बसेको छ।

शास्त्रकाे नियम नै व्रत हाे जसलाइ -तप- पनि मान्य गरिन्छ । इन्द्रियसंयम अर्थात -दम- र मनाेनिग्रह अर्थात -शम- अादि विशेष न...
10/12/2025

शास्त्रकाे नियम नै व्रत हाे जसलाइ -तप- पनि मान्य गरिन्छ । इन्द्रियसंयम अर्थात -दम- र मनाेनिग्रह अर्थात -शम- अादि विशेष नियम नै व्रतकाे अंग हाे । व्रत गर्ने पुरूषले शारिरिक संताप सहन गर्नु पर्ने हुनाले यसलाइ -तपकाे- नाम पनि दिइएकाे छ । इन्द्रियहरूलाइ संयमतामा राख्नु पर्ने हुनाले यसकाे विधि अनुरूप चल्नु पर्नेहुनाले याे नियम भनेर पनि बुझिन्छ । बिक्रम न्याैपाने

09/12/2025

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Chakrapath
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Divine Tantra Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Divine Tantra Studio:

Share