02/07/2026
🚨 राधापुरमा भइरहेको सडक ढलानप्रति गम्भीर प्रश्न!
गणेशमान चारनाथ नगरपालिकाको राधापुर क्षेत्रमा भइरहेको सडक ढलानको काम हेर्दा गुणस्तरप्रति गम्भीर शंका उत्पन्न भएको छ।
स्थानीयले देखेका र उठाएका प्रश्नहरू:
▪️ मापदण्डविपरीत ढलान भइरहेको छ।
▪️ उचित लेभल नमिलाई काम भइरहेको देखिन्छ।
▪️ सोलिङमा आवश्यक मापदण्डअनुसार सामग्री प्रयोग नभएको जस्तो देखिन्छ।
▪️ धुने (Washed) बालुवाको सट्टा माटो मिसिएको बालुवा प्रयोग गरिएको आशंका छ।
▪️ गिट्टी र अन्य निर्माण सामग्रीको गुणस्तरबारे पनि प्रश्न उठिरहेका छन्।
यदि यी कुरा सत्य हुन् भने यो जनताको करबाट बनेको विकास होइन, सार्वजनिक स्रोतको दुरुपयोग हो। विकासको नाममा गुणस्तरहीन काम गरेर केही वर्षमै भत्किने सडक बनाउनु जनतामाथिको अन्याय हो।
प्राविधिक, इन्जिनियर, अनुगमन समिति र नगरपालिकालाई प्रश्न छ—
यस्तो काम कुन मापदण्डका आधारमा स्वीकृत भइरहेको छ? निर्माण सम्पन्न भएपछि यसको जिम्मेवारी कसले लिन्छ?
सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी गुणस्तर परीक्षण सार्वजनिक गर्नुपर्छ। जनताको पैसाबाट बन्ने हरेक योजना पारदर्शी, मापदण्डअनुसार र दीर्घकालीन हुनुपर्छ।
#गुणस्तरीय_विकास_चाहिन्छ
#जनताको_कर_जनताकै_हितमा
#राधापुर
#गणेशमानचारनाथ_नगरपालिका