Looking Khabar

Looking Khabar ताजा अबडेट हेर्न follow गर्नु भयो त ? जनजनको खबर मनमनको खबर

14/05/2026

चुपचाप बालेन टाप
हर्के धनार तिर भाग

28/04/2026

कर्मचारीहरूले जेनजी आन्दोलनमा जलेका सवारी साधनको नाममा पनि इन्धन लिने गरेको खुलेको छ।

माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृहम्याग्दीको धवलागिरि गाउँपालिका–४ घिमलिटीमा निर्माणाधीन ४६.२५ मेगावाट क्षम...
28/04/2026

माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह

म्याग्दीको धवलागिरि गाउँपालिका–४ घिमलिटीमा निर्माणाधीन ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह । हाइड्रो इम्पाएर प्रालि प्रर्वद्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

तस्बिरः सन्तोष गौतम/रासस

सुकुमबासीका लागि निर्मित २३३ फ्ल्याट एक दशकदेखि रित्तै ! विकल्प हुँदाहुँदै किन सर्न मानेनन् सुकुमबासी?काठमाडौँको थापाथली...
24/04/2026

सुकुमबासीका लागि निर्मित २३३ फ्ल्याट एक दशकदेखि रित्तै ! विकल्प हुँदाहुँदै किन सर्न मानेनन् सुकुमबासी?

काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुरक्षा निकायलाई आइतबारसम्मको समय दिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०७० सालतिरै सुकुमबासी व्यवस्थापनका लागि इचंगुनारायणमा १४ करोडको लागतमा २३३ परिवार अट्ने अपार्टमेन्ट बनाइएको थियो। २०७३ सालमै निर्माण सकिए पनि सुकुमबासीहरू त्यहाँ जान नमानेपछि ती भवनहरू अहिले पनि प्रयोगविहीन छन्।

बस्ती हटाउन राज्यले विकल्प नै नदिई बल प्रयोग गर्न लागेको भन्ने आरोप लागिरहँदा, अर्कोतिर राज्यले करोडौँ खर्चेर बनाएको अपार्टमेन्ट भने झन्डै एक दशकदेखि रित्तै र प्रयोगविहीन छन्। सुकुमबासीहरूले पायक नपर्ने भन्दै इचंगुनारायण जान अस्वीकार गरेपछि अहिले बालेन शाहले 'अल्टिमेटम' मार्फत बस्ती खाली गराउने अन्तिम तयारी थालेका हुन्।

24/04/2026
23/04/2026

🔴 नयाँ नियमावली मस्यौदा: भ्रष्टाचार मुद्दा लागेका सांसदलाई जोगाउने खेल
काठमाडौं । प्रतिनिधिसभामा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आरोप लागेका सांसदहरूलाई उन्मुक्ति दिने गरी ‘प्रतिनिधिसभा नियमावली–२०८३’ को विवादास्पद मस्यौदा तयार भएको खुलासा भएको छ। सुशासनको नारा बोकेर आएका राजनीतिक शक्तिहरूकै पहलमा प्रचलित कानुनलाई कमजोर बनाउने प्रयास भएको भन्दै यसको व्यापक आलोचना सुरु भएको छ।
हाल प्रचलित कानुनी व्यवस्था अनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्नेबित्तिकै सार्वजनिक पदमा रहेका व्यक्तिहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। तर प्रस्तावित मस्यौदा पारित भएमा, अदालतबाट दोषी ठहर भए पनि ‘पुर्पक्षका लागि थुनामा नबसेसम्म’ सांसदको पद नजाने प्रावधान राखिएको छ।
मस्यौदाको नियम २४७ (३) अनुसार, तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा’ मात्र सांसद निलम्बन हुनेछन्। यसको अर्थ— धरौटी वा तारेखमा छुटेका सांसदले आफ्नो पदमा रहँदै संसद्‌मा सहभागिता जनाउन र नीति निर्माणमा भूमिका खेल्न पाउनेछन्।
यसबाहेक, नियम २५९ ले यस नियमावलीलाई ‘विशेष कानून’ को रूपमा परिभाषित गर्दै प्रचलित ऐनहरू—जस्तै भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन—का प्रावधानलाई समेत निष्प्रभावी बनाउने बाटो खोलेको छ।
झन् गम्भीर पक्ष भनेको ‘अदालत’ को परिभाषाबाट ‘विशेष अदालत’ लाई हटाइनु हो। भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतको निर्णयलाई निलम्बनको आधार नमान्ने व्यवस्था राखेर कानुनी छिद्र सिर्जना गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
विश्लेषकहरूका अनुसार, यो प्रावधान पारित भएमा गम्भीर आरोप खेपिरहेका वा भविष्यमा त्यस्ता मुद्दा लाग्न सक्ने सांसदहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ। उनीहरूले आरोपको बाबजुद पनि पदीय हैसियत जोगाउँदै संसद्‌मा सक्रिय रहन पाउनेछन्।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा भने यस्तो व्यवस्था दुर्लभ छ। बेलायत, अस्ट्रेलिया र भारतजस्ता मुलुकहरूमा सांसदहरू फौजदारी मुद्दामा सर्वसाधारणसरह कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ र विशेष उन्मुक्ति दिइँदैन।
संविधानविद् तथा कानुनविद्हरूले यो मस्यौदालाई “विधिको शासनमाथिको गम्भीर प्रहार” भन्दै आलोचना गरेका छन्। साधारण कर्मचारीलाई आरोप लाग्नासाथ निलम्बन गर्ने तर सांसदहरूलाई भने विशेष सुविधा दिने प्रयास लोकतान्त्रिक मूल्य र समानताको सिद्धान्तविपरीत भएको उनीहरूको भनाइ छ।
यदि यो मस्यौदा यथावत् पारित भएमा नेपालको संसद् भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूका लागि ‘सुरक्षित थलो’ बन्ने र विधिको शासन कमजोर हुने खतरा बढ्ने चेतावनी समेत दिइएको छ।
👉 तपाईंको विचार के छ? कमेन्टमा अवश्य लेख्नुहोस्।

🔴 फेसबुक पेज फर्किएपछि हर्क सामपाङको प्रतिक्रिया – विरोधीलाई नै बधाईहर्क सामपाङको फेसबुक पेज केही समयका लागि हराएपछि पुन...
23/04/2026

🔴 फेसबुक पेज फर्किएपछि हर्क सामपाङको प्रतिक्रिया – विरोधीलाई नै बधाई
हर्क सामपाङको फेसबुक पेज केही समयका लागि हराएपछि पुनः सञ्चालनमा आएको छ। पेज फर्किएसँगै उनले आश्चर्यजनक प्रतिक्रिया दिँदै आफ्ना विरोधीहरूलाई नै बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् कि पेज हराउनु र पुनः फर्किनु कुनै ठूलो कुरा नभएको उल्लेख गर्दै यसमा चासो देखाउने र आलोचना गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले विरोधीहरूको सक्रियतालाई सकारात्मक रूपमा लिँदै, “तपाईंहरूको चासो र प्रतिक्रिया नै मेरो ऊर्जा हो” भन्ने सन्देश दिएका छन्।

उनको यस अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले उनको धैर्य र सकारात्मक सोचको प्रशंसा गरेका छन् भने केहीले यसलाई व्यंग्यात्मक प्रतिक्रिया भनेका छन्।

👉 तपाईंको विचार के छ? कमेन्टमा अवश्य लेख्नुहोस्।

22/04/2026

९ महिनामा देशभर ५४८ किलोमिटर नयाँ सडक कालोपत्र !

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा ना...
22/04/2026

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

22/04/2026

प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ

Address

Kathmandu

Telephone

+9779822572291

Website

Alerts

Be the first to know and let us send you an email when Looking Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Looking Khabar:

Share