08/04/2026
सामाजिक सचेतना: दुर्घटनाबाट बचाउँ र बचाैँ।
कृपया कुनै पनि गाडी तथा सवारी साधन बाट कुनै पनि फोहर पदार्थ या प्याक गरेका वस्तु झ्यालबाट बाहिर नफालिदिनुहोला। यो भिडियोमा देखिरहनु भएको दृश्य चाहिँ सारङकोट बाट फर्किदा खेरिको हो। लामो यात्रा गर्दा भोक लाग्नु स्वभाविक हो। तर खाइसकेपछि अखाद्य वस्तु या फाल्नुपर्ने वस्तु सडकमा जथाभावी नफालिदिनु हुन अनुरोध गर्दछु ताकि पछाडि आइरहेको गाडी वा पैदल यात्रीलाई कुनै पनि हानि, क्षति र अप्ठ्यारो आइ नपरोस्।
शुभयात्रा।।।