RiseUp

RiseUp Empowering voices, inspiring change. ✊🤝💥🙏

06/08/2026

सरर ग्यासको लाइनमा !

दुर्गा प्रसाइले राजा फर्काउन सक्छन ? तपाइलाइ के लाग्छ ? प्रतिक्रिया दिनुहोला है 😀
03/08/2026

दुर्गा प्रसाइले राजा फर्काउन सक्छन ? तपाइलाइ के लाग्छ ?
प्रतिक्रिया दिनुहोला है 😀

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद संकटमा परेको...
03/08/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद संकटमा परेको छ । अध्यक्ष ओलीले राजीनामा गर्न निर्देशन दिएपनि कार्कीले टेरेका छैनन ।

तपाइलाइ हर्क साम्पाङ कस्तो लाग्छ ? खुलेर प्रतिक्रिया दिनुहोला 🤣
03/08/2026

तपाइलाइ हर्क साम्पाङ कस्तो लाग्छ ? खुलेर प्रतिक्रिया दिनुहोला 🤣

तराईका जिल्लाहरूमा भएको साम्प्रदायिक घटनामा माननीय गृहमन्त्री सुदन गुरुङको सक्रियता हजुरलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्...
03/08/2026

तराईका जिल्लाहरूमा भएको साम्प्रदायिक घटनामा माननीय गृहमन्त्री सुदन गुरुङको सक्रियता हजुरलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिनुहोला!

02/08/2026

"३५ वर्षमा केही पनि भएन?" 🤔
कि हामीलाई आधा इतिहास मात्र सुनाइँदै छ?

यो भिडियो भावना होइन, तथ्य, इतिहास र सरकारी तथ्याङ्क को आधारमा बनाइएको हो।

नेपालले ३५ वर्षमा वास्तवमै के गुमायो?
के पायो?
र किन "३५ वर्षमा के गर्यौ?" भन्ने प्रश्नको उत्तर यति सरल छैन?

पूरा भिडियो हेर्नुहोस्, अनि आफैँ निर्णय गर्नुहोस्।

तपाईंको विचार के छ?
साँच्चै ३५ वर्षमा केही भएन, कि अपेक्षाअनुसार भएन?

👇 आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।

01/08/2026

रवि लामिछाने र बालेन शाहबीच वास्तवमै दूरी बढ्दै छ, कि यो केवल राजनीतिक खेल हो ?

यदि यो सम्बन्ध टुट्यो भने यसको असर दुई नेतामा होइन, लाखौँ युवाको परिवर्तनको सपनामाथि पर्न सक्छ ।

यो भिडियो कुनै पक्ष वा विपक्षमा होइन, पछिल्ला राजनीतिक घटनाक्रमको तथ्य र तर्कमा आधारित विश्लेषण हो ।

👉 अन्तिमसम्म हेर्नुहोस् र आफ्नो निष्पक्ष धारणा कमेन्टमा अवश्य लेख्नुहोस । तपाईंको विचारसँग सहमत हुने साथीलाई पनि Mention गर्नुहोस ।

हामी कहिले जातपातका आधारमा विभाजित भयौँ, कहिले राजनीतिक विचारधाराका नाममा - 'कम्युनिस्ट' र 'काङ्ग्रेस' बनेर जुध्यौँ, त क...
29/07/2026

हामी कहिले जातपातका आधारमा विभाजित भयौँ, कहिले राजनीतिक विचारधाराका नाममा - 'कम्युनिस्ट' र 'काङ्ग्रेस' बनेर जुध्यौँ, त कहिले 'राजावादी' र 'गणतन्त्रवादी'का नाममा टकरायाौँ । अनि आज, धार्मिक ध्रुवीकरणको आगो सल्काएर 'हिन्दू' र 'मुस्लिम'का नाममा लड्ने आत्मघाती बाटोतर्फ अग्रसर छौँ ।

​प्रकृतिले मानिसलाई जन्माउँदा केवल 'मानव' बनाएर पठाउँछ । तर जन्मपश्चात यो समाज र यसका संरचनाहरूले कसैलाई हिन्दू त कसैलाई मुस्लिम, कसैलाई ब्राह्मण त कसैलाई दलितको बिल्ला भिराइदिन्छन । आज हामीलाई विभाजित गर्न जातीय र धार्मिक सङ्कीर्णता मात्र पर्याप्त छैन, राजनीतिक दलहरू र तिनका सङ्कीर्ण स्वार्थ पनि उत्तिकै हाबी छन । कोही काङ्ग्रेस, कोही कम्युनिस्ट, कोही रास्वपा त कोही राप्रपाका नाममा कित्ताकाटिएका छन । यस निरर्थक सङ्घर्षको कोलाहलमा हामीले एउटा शाश्वत सत्य बिर्सिएका छौँ जात, धर्म र राजनीतिक विचारधाराभन्दा माथि हाम्रो प्राथमिक पहिचान 'मानवता' हो । जब मानिसले आफ्नो मूल मानवीय अस्तित्व बिर्सन्छ, तब समाजमा विभिन्न बहानामा द्वन्द्व र विखण्डनको बिजारोपण हुन्छ ।

पुर्बी नेपालका सुनसरी लगायतका केही जिल्लामा बिगत 2-3 दिन देखि भएको जातिय द्वन्द हेर्दा यस्तो लाग्छ नेपालमा पनि बिस्तारै धार्मिक र सामाजिक द्वन्द्वको भुसको आगो सल्किँदै गएको आभास हुन्छ । यदि समयमै यसलाई नियन्त्रण गरिएन भने यसको तापले हाम्रै सामाजिक सद्भाव र अस्तित्वलाई भस्म पार्नेछ । आखिर यो द्वन्द्वको बीउ कसले रोप्यो? किन र कुन अभीष्ट पूरा गर्न रोप्यो? परापूर्वकालदेखि मिलेर बसेको साझा समाजलाई कसले भड्काउँदै छ?

​यसको वस्तुनिष्ट उत्तर खोतल्दा राजनीतिक चेतनाको विचलन र सत्ता-केन्द्रित राजनीति नै मुख्य कारक देखिन्छ । राजनीति जब निष्ठा र सेवाबाट च्युत भएर सत्ताप्राप्तिको साधन मात्र बन्छ, तब त्यहाँ मानवीय संवेदनाको अन्त्य हुन्छ । सत्ताको भोकमा नागरिकको बलि चढाएर आफ्नो स्वार्थ सिद्ध गर्न उद्यत तत्त्वहरूका लागि समाजमा अशान्ति र विभाजन फैलिनु नै सबैभन्दा ठूलो अनुकूलता बन्न पुग्छ ।
​"संसारमा एउटै सर्वोपरि धर्म छ मानवता । बाँकी सबै कृत्रिम संरचनाहरू मानिसले मानिसमाथि शासन गर्न र नियन्त्रण कायम गर्न निर्माण गरेका अवधारणा मात्र हुन ।"
​केही क्षणका लागि धर्म, जात र राजनीतिको सङ्कीर्ण दायराबाट माथि उठेर सोचौँ हामी सबैभन्दा पहिले मानिस हौँ । हाम्रो देश विविध फूलहरूको एउटा साझा फूलबारी हो । शान्तिका दूत भगवान् बुद्धको जन्मभूमिमा यसरी धार्मिक वा सामाजिक वैमनस्यता उत्पन्न हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो ।

कतिपय अवस्थामा बाह्य शक्तिहरू वा भू-राजनीतिक स्वार्थहरूले पनि हाम्रो आन्तरिक एकता र शान्तिलाई बिथोल्न प्रयत्न गरिरहेका हुन सक्छन । तर, हामीले आफ्नो विवेक र चेतना गुमाउनु हुँदैन ।

​दुःख होस या सुख, विपत्ति होस या उत्सव अन्त्यमा हामीलाई हाम्रै छिमेकी चाहिन्छ, चाहे त्यो हिन्दू होस या मुस्लिम, बुद्धमार्गी होस या किरात । हामी एउटै माटोमा पाइला टेक्छौँ, एउटै मूलको पानी पिउँछौँ र एउटै वातावरणको अक्सिजन ग्रहण गर्छौँ । हाम्रा मस्तिष्कमा रोपिएका विभाजनका बीउहरू पराईका स्वार्थ हुन्; तिनलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।

​हाम्रो सर्वोच्च पहिचान 'नेपाली' हो । यदि यो आधारभूत सत्यलाई प्रत्येक नागरिकले आत्मसात गर्ने हो भने, कुनै निर्दोषको रगत बग्ने छैन, कसैले अकालमा ज्यान गुमाउनुपर्ने छैन । धर्म वा राजनीतिको नाममा हुने हिंसामा ज्यान गुमाउनेहरूलाई कुनै ईश्वर वा भगवान्‌ले जोगाउन आउँदैनन बचाउने र सिध्याउने दुवै तिनै मानिस हुन जो भ्रमको जालमा जेलिएका छन ।

​त्यसैले, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल छ विभाजन होइन एकता रोजौँ, हिंसा होइन प्रेम बाँडौँ, रगत होइन समृद्धिका लागि पसिना बगाऔँ । तब मात्र एउटा सभ्य, शान्त र समुन्नत नेपालको निर्माण सम्भव हुनेछ ।

उहाँ ( बेदिका के.सी.) लाई कुन रुपमा चिन्नु हुन्छ ?
24/07/2026

उहाँ ( बेदिका के.सी.) लाई कुन रुपमा चिन्नु हुन्छ ?

14/07/2026

"गाउँ रित्तिँदै छ, युवाहरू बाहिरिँदै छन" भन्ने निराशाजनक भाष्य चिर्दै पाल्पाको सुन्दर रानिबास होमस्टेले एउटा नयाँ आशा जगाएको छ ।
​स्याङ्जाको सिरुबारीबाट सुरु भएको होमस्टेको यो सुन्दर संस्कृति आज पाल्पाको रम्भा गाउँपालिका-२ सम्म आइपुग्दा ग्रामीण अर्थतन्त्रको बलियो खम्बा बन्दै गएको छ । मगर समुदायको न्यानो आतिथ्यता, स्थानीय अर्ग्यानिक स्वाद, र रानीबास नामको त्यो ऐतिहासिक रोचक किस्सा जसले पर्यटकहरूलाई बारम्बार तानिरहेको छ ।


Address

Palpa
800001

Website

Alerts

Be the first to know and let us send you an email when RiseUp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RiseUp:

Shortcuts

Share