BijayBasti Online

BijayBasti Online सत्य र छिटो समाचार को लागि हामी लाई सम्झनु होला

04/06/2026
13/12/2025

छातीमा गोली, मनमा रूपान्तरण : जिन्जी विद्रोहका ठोरीका एक्लो योद्धा नेत्र विक्रम थापाको गाथा
——————————————————————-
- सन्तोष श्रेष्ठ, ठोरी
“हाम्रो ठोरी, हाम्रो प्रयास” अंक- ९
***************************
ठोरीका सचेत नागरिकहरूको रचनात्मक प्रयासको उजागर गर्दै प्रोत्साहन र अभिलेखीकरणका लागि सुरु गरिएको “हाम्रो ठोरी, हाम्रो प्रयास” लेखन अभियान जिन्जी आन्दोलनपछि अंक-८ मा स्थगित भएको थियो । तर संयोगवश, सोही आन्दोलनमा ठोरीबाट घाइते साहसी युवा नेत्र विक्रम थापासँग काठमाडौंमा भेटिएपछि उनका संघर्ष–गाथालाई विषय बनाएर आजदेखि यो अभियान पुनः प्रारम्भ गरेको छु ।

जिन्जी विद्रोहका घाइते योद्धा नेत्र विक्रम थापा वि.सं. २०५२ साल ठोरी गाउँपालिका–२, इच्छानगरमा जन्मिएका हुन् । सामान्य आर्थिक अवस्था भएका थापाले सरस्वती मावि, ठोरीबाट एस.ई.ई. उत्तीर्ण गरेपछि साउदी अरेबियामा चार वर्ष काम गरेर भर्खरै फर्किएका थिए । विदेशमा चार वर्ष काम गरे पनि आर्थिक अवस्था परिवर्तन नहुँदा फेरि विदेश जाने विषयमा घर–परिवारसँग सल्लाह भइरहेको थियो । असारको धान रोपाइँ सकेर, २०८२ साउन २५ गते जापानी भाषा सिक्ने उद्देश्यले काठमाडौं आइपुगे । भक्तपुरको गोठाटारमा डेरा लिएर जापानी भाषा सिकेको केही दिन मात्रै भएको थियो ।

यसै विच ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा ‘जिन्जी’ युवा आन्दोलित भइरहेको थापालाई थाहा भयो । राजनीतिमा गाउँघरदेखि नै चासो नराख्ने थापामा भदौ २३ गते बिहानैदेखि आन्दोलनमा “जाऊ जाऊ” लाग्न थाल्यो । त्यसैले थापाले कसैलाई नभनी गोठाटारबाट सुटुक्क बिहान ११ बजे बस चढेर बानेश्वरतर्फ लाग्यो । नयाँ बानेश्वरमा तातो रहेको आन्दोलनमा उनी सिधै हामपाले । झन्डै एक घण्टा जति चलेको घम्साघम्सीपछि प्रहरीले गोली प्रहार गर्‍यो पहिलो गोली साथीलाई लाग्दा उनी ढले, केही क्षणमै अर्को गोली उनको छातीमा लाग्यो । गम्भीर अवस्थामा पनि थापाले सरकारविरोधी नाराहरू लगाइरहेका थिए । उनलाई तत्काल सिभिल अस्पताल पुर्याइएपछि वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरियो ।

तत्काल डाक्ट्ररले थापाको छाती, च्यापु र घाँटीमा गोलीका छर्राहरू भएकाले करिब पाँच घण्टा अपरेसन गरियो र अधिकांश छर्रा निकालियो । अर्को घाँटीको छर्रा तत्काल निकाल्दा अंग नचल्ने वा बोलीमा असर पर्ने जोखिम भएकाले पछि मात्र अपरेसन गर्ने सल्लाह दिइयो । करिब १५ दिन उपचारपछि डिस्चार्ज भएका थापा हाल काठमाडौंमै बसेर जापानी भाषा सिक्दैछन् ।

घाइते नेत्र विक्रम थापा अहिले तन्दुरुस्त भैसकेका छन् । तर देश अझै तन्दुरुस्त नभएको देख्दा उनी चिन्तित छन् । देशको लागि गोली खाँदा “अब हाम्रो सोचअनुसार देश रुपान्तरण हुन्छ” भन्ने आशामा हस्पिटलको बेडमै गौरवको अनुभूति हुन्थ्यो । युवाहरूले देखेको सपना पूरा हुने आशामा घाउको दुखाइ पनि कम महसुस हुन्थ्यो । तर आज जिन्जी युवाहरूले परिकल्पना गरेको सुशासनदेखि शासकीय प्रणाली परिवर्तनसम्मका एजेन्डा बेवारिस हुँदा, हिजो गोली लाग्दा नदुखेको घाउ अहिले सम्झँदा पनि दुखाइ अनुभूत हुन थालेको छ । उनी भन्छन् — “हाम्रा अग्रजहरूले संसद् विघटन गर्नु अघि जिन्जीका मागहरू सम्बोधन गर्न सकेको भए आज जस्तो अन्यौल हुने थिएन । हाम्रो बलिदानको सम्मान हुने थियो । तर आज कतै राज्यले जिन्जी आन्दोलनलाई अपराधिकरण गरेर हामी जस्ता घाइतेलाई जेल हालिने हो कि भन्ने डर लाग्छ।” भनेर आफ्नो पीडा जिन्जी आन्दोलनको योद्धाबाट सुनाइरहे छन् । यो खैर एउटा संघर्षको बाटो हो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय भूमि ठोरीबाट जिन्जी आन्दोलनमा एक्लो घाइते भएका नेत्र विक्रम थापा ठोरीका युवाहरूका लागि दृढता, साहस र समर्पणको जीवित प्रतीक बनेका छन् । देशमा सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्व स्थापित होस् भन्ने आकांक्षा बोकेर जीवन जोखिममा राख्दै उनले देखाएको बलिदान व्यक्तिगत साहस मात्र नभई हामी सबैका लागि प्रेरणाको स्रोत हो । अनि परिवर्तनमा विश्वास राख्ने सबै युवा पुस्ताका लागि मार्गदर्शन हो ।

ठोरीको माटोमा जन्मिए पनि राष्ट्रहितका लागि छातीमा गोली खाएका थापाले देखाएको त्याग ठोरीका समुदायले उच्च सम्मान गर्नु पर्छ । उनले देशप्रति देखाएको साहस र देशको पहरेदारको रूपमा सधैँ स्मरणीय छ । अझै पनि शरीरमा रहेको गोलीको छर्रा राष्ट्रको अपूर्ण परिवर्तन र अधुरो सुशासनको प्रतीक हो, जसले न्याय, रूपान्तरण र जवाफदेहिताका लागि निरन्तर लडिरहनुपर्ने सन्देश दिन्छ । ठोरीका समुदायले हाम्रो वीर साहसी योद्धा तथा परिवर्तनका संवाहक नेत्र विक्रम थापालाई सम्मान र अवसर दिन सक्नु पर्छ । उनको समर्पण र रूपान्तरणप्रतिको ढुकढुकी हामी सबैका लागि भोलीका दिनमा पनिनअनुकरणीय बनी रहनेछ ।

Please like, comment and share
06/12/2025

Please like, comment and share

Champions are not born; they are created through practice, passion, and the belief that every small effort counts.”
Please like, comment and share the photo to make him win the title ‘OSA People’s Choice’ of 8th Little Champ Event 2082.
Name - Master Nirvan Raj Shrestha
Grade - II
Contestant No. 145

निःशुल्क यातायात सेवा सञ्चालन गर्ने आकाश अर्याललाई ठोरीवासीको इ–रिक्सा सहयोग अभियान—————————————————————रेडियो विजयबस्ती...
30/10/2025

निःशुल्क यातायात सेवा सञ्चालन गर्ने आकाश अर्याललाई ठोरीवासीको इ–रिक्सा सहयोग अभियान
—————————————————————
रेडियो विजयबस्ती
न्यूज डेस्क

मानवीय सेवामा समर्पित ठोरी गाउँपालिकाका आकास अर्यालले विगत केही महिनादेखि क्यान्सरपीडितहरूका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्दै आएका छन् । उहाँले प्रयोग गर्दै आएको करिब ८–९ वर्ष पुरानो टेम्पो बारम्बार बिग्रँदै आएको र हाल ग्यारेजमा थन्किएपछि सेवा अस्थायी रूपमा रोकिएको छ । दैनिक मर्मत र इन्धन खर्चका कारण आर्थिक बोझ बढेपछि उहाँको निःशुल्क सेवा निरन्तरता दिन कठिन भएको अवस्थालाई मध्यनजर गर्दै ठोरीका सचेत युवाहरुको ठोरी जंगल रिसोर्टमा भएको भेलाले करिब सात लाख रुपैयाँ बराबरको इ–रिक्सा सहयोग गर्ने निर्णय गरेका छन् ।

आकाश अर्यालको मानवीय सेवालाई थप सशक्त बनाउन ठोरीवासीहरूको तर्फबाट “मानवीय सेवाका लागि इ–रिक्सा उपहार” नामक अभियान सुरु गरिएको छ । अभियानका सञ्चालकहरूले ठोरीवासी सबैलाई यस अभियानमा सहभागी भई सहयोग गर्न आग्रह गर्दै, आकाश अर्यालजस्ता सेवाभावी व्यक्तित्वलाई प्रोत्साहन गर्न सामूहिक सहयोगको आह्वान गरेका छन् ।

सुरुमा सहयोग लिन आकाशले अस्वीकार गरे पनि ठोरीका युवाहरूको अनुरोधपछि उनी तयार भएका कारण सबैलाई सहयोग गर्न आग्रह गरिएको युवा धीर सिंहले बताए । त्यस्तै सन्तोष श्रेष्ठले भने, “यस अभियानमार्फत हामी सबै अप्रत्यक्ष रूपमा आकाश अर्यालसँगै मानवीय सेवामा जोडिन पाउने भएकाले सबैलाई सहयोगका लागि अनुरोध गरिएको हो,” भन्दै सहयोगको अपील गरेका छन् । इच्छुक सहयोगीहरूले आकाश अर्यालको खाताको QR कोड राखिएको भएकाले सोही माध्यमबाट सहयोग गर्न सकिने जानकारी दिइएको छ । थप जानकारीका लागि तल सम्पर्क नम्बरहरू उल्लेख गरिएको छ

सन्तोष श्रेष्ठ 9855028145
धिर सिह 9855015161
आकास अर्याल 9841188731

नेपाल संवत ११४६ को शुभकामना—————————————                                       - सन्तोष श्रेष्ठ, ठोरी हाम्रो राष्ट्रिय ग...
22/10/2025

नेपाल संवत ११४६ को शुभकामना
—————————————
- सन्तोष श्रेष्ठ, ठोरी
हाम्रो राष्ट्रिय गौरव, पहिचान र सभ्यताको प्रतीक नेपाल संवत ११४६ का अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । विश्वमा नै एकमात्र देशको नामबाट नामकरण गरिएको नेपाल संवत आम नागरिकको ऐतिहासिक आत्मगौरव, राष्ट्रिय अस्मिता र सांस्कृतिक चेतनासँग प्रत्यक्ष गाँसिएको नेपालको मौलिक संवत हो । नेपाल संवतको प्रारम्भ राजा राघव देवको शासनकालमा समाजसेवी, व्यापारी तथा परोपकारी शंखधर साख्वाले जनताको ऋण चुक्ता गरी स्वतन्त्र नागरिकको घोषणा भएको दिनको संम्झाना सुरुवात भएको विश्वको नै पृथक संवत हो ।

हो, विगतमा नेपाल संवतले अनेकौं कठिनाइ, उपेक्षा र दमनको सामना गरेको कुनै दुईमत छैन । शाहवंश, राणा शासन र पंचायत व्यवस्थासम्म आइपुग्दा यसमाथि निरन्तर दमन भएको इतिहास साक्षी छ । अब हामीले विगतका दमन र तिरस्कारका कुरा मात्र गरेर सीमित रहनु हुँदैन । नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गरिसकेको वर्तमान परिस्थितिमा यसलाई सबै नेपालीले अपनत्वका साथ आत्मसात् गर्ने वातावरण सिर्जना गर्नु अत्यावश्यक छ ।

नेपाल संवतलाई आजसम्म गैर–नेवार समुदायले पूर्ण रूपमा अपनत्व गर्न नसकेको यथार्थ पनि रहँदै आएको छ । अहिले पनि कतिपयले यसलाई “नेवार संवत” भनेर उल्लेख गर्ने गर्छन् । निश्चय नै, उपेक्षा र दमनका कठिन घडीमा यसको संरक्षण र संवर्द्धनमा विशेषतः उपत्यकाका नेवार समुदायको ठूलो योगदान रहेको हो । तर नेपाल संवत नेवार समुदायको मात्र होइन भन्ने सन्देश हामी सबैले प्रष्ट रूपमा दिन सक्नुपर्छ ।

नेपाल संवत्­लाई राष्ट्रिय संवत्­को रुपमा प्रचार-प्रसार गर्न राज्यको पनि महत्वपूर्ण जिम्मेवारी रहन्छ । सरकारले लेटरप्याडको कुनामा मात्र नेपाल संवत् लेखाएर औपचारिक दायित्व पुरा भएको ठान्नु हुँदैन । परिवर्तन रातारात सम्भव नहोला, तर राज्यले इच्छा शक्ति भयो भन्ने नेपाल संवत छिटै मुर्तरुप लिन सक्छ । लेटरप्याडको साथै सरकारका सबै आधिकारिक पत्राचार, सन्धि, सम्झौता, विकास निर्माणको कार्यको पत्रहरुमा भित्री पृष्ठमा समेत विक्रम संवत्त संगै अनिवार्य रूपमा उल्लेख हुने व्यवस्था गरेमा नेपालको राष्ट्रिय पहिचान धेरै हदसम्म मजबुत बन्न सक्छ।

त्यस्तै, नेपाली मुद्रामा पनि नेपाल संवत अंकित गरेर यसलाई वास्तविक अर्थमा राष्ट्रिय संवतका रूपमा प्रतिष्ठित गर्न सकिएको छैन । नेपाल संवतलाई सम्पूर्ण नेपालीको साझा अपनत्वमा रूपान्तरण गर्न सबभन्दा प्रभावकारी उपाय भनेको शिक्षण क्षेत्रबाट यसको प्रचार–प्रसार सुरु गर्नु हो । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा नेपाल संवतलाई प्राथमिकताका साथ समावेश गर्न सकेमा विद्यार्थीमार्फत समाजमा यसप्रति आत्मीयता र गौरवको भावना विस्तार हुनेछ ।

यसरी नेपाल संवत केवल ऐतिहासिक स्मृति वा सांस्कृतिक प्रतीकका रूपमा सीमित नबसी, व्यवहारमा पनि सम्पूर्ण नेपालीले अपनत्व लिई साझा पहिचान, गौरव र राष्ट्रिय अस्मिताको प्रतीकका रूपमा स्थापित हुने सुनिश्चित वातावरण निर्माण गर्न हामी सवैको दाईत्व हो ।

रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर क्वाटरफाइनलमा प्रबेशठोरी, असोज २१ स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुल...
07/10/2025

रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर क्वाटरफाइनलमा प्रबेश

ठोरी, असोज २१

स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा साँघुरो जित निकाल्दै रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा एन्फा मकवानपुरले प्याराडाईज युवा क्लब, चितवनलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । खेलको एक मात्र निर्णायक गोल अभिषेक लामाले गरेका थिए ।

खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरकै सुजन गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार (असोज २२ गते) हुने खेलमा आयोजक प्रतिभा युवा क्लब, ठोरी र बागमती पुलिस क्लब, हेटौडा आमने–सामने हुनेछन् ।

प्रतिभा युवा क्लब र बिजयवस्ती युवा क्लब, ठोरी–४, संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार पाउनेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक ४ गतेका दिन हुने बताइएको छ ।

07/10/2025

दुवै मृगौला फेल भएर ओछ्यानमै छटपटाइरहेका लक्ष्मण सुनारलाई ठोरीबासीको सहयोग अभियान
—————————————————————
रेडियो विजयबस्ती
न्यूज डेस्क

ठोरी गाउँपालिका–२, हनुमानगर निवासी ३५ वर्षीय लक्ष्मण सुनार हाल दुवै मृगौला फेल भएपछि जीवन–मरणको संघर्षमा रहेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले मृगौला प्रत्यारोपणको कुरा त परै जाओस्, डाईलोसिस गर्न अस्पताल आउजाउ गर्न रिक्सा भाडासम्मको जोहो गर्न नसक्दा उहाँ ओछ्यानमै छटपटाइरहनुभएको छ । श्रीमती रोजिना सुनारले अरूको भाँडा माझ्ने, कपडा धुने र बोतल सफा गर्ने काम गरेर महिनाको सात–आठ हजार रुपैयाँजति कमाइ गर्दै आएकी छन् । तर त्यो कमाइले बिरामीको अस्पताल आवतजावत र परिवारको दुई छाक धान्न निकै कठिन भएको छ ।

पीडितको अवस्थाबारे जानकारी पाएपछि सन्तोष श्रेष्ठको नेतृत्वमा गएको टोलीले भरतपुर नौरंगीमा पुगेर लक्ष्मण सुनार परिवारलाई भेट गरेको थियो । भेटका क्रममा आँसु झार्दै श्रीमती रोजिनाले भनिन् — “सहयोग नपाए भन्ने, विमारी र हामी भोगभोगै मर्ने भयमा छौं ।” उहाँहरूको सानो अपेक्षा भनेको दुई छाक खान र अस्पताल आवतजावतको रिक्सा भाडा जुटाइदिनु मात्र हो । आज हरि सुनारको घरमा बसेको सहयोगी दाताहरूको भेलाले आफूहरूले पनि सहयोग गर्ने र थप सहयोगका लागि अन्य दाताहरूलाई समेत अनुरोध गर्ने निर्णय गरेको हुँदा सम्पूर्णलाई जानकारीसहित सहयोगका लागि अपिल गरिएको छ ।

साथै, पीडित स्वयम् लक्ष्मण सुनारको नाममा रहेको QR मार्फत प्रत्यक्ष सहयोग गर्न सकिन्छ । यस अभियानको समन्वय तथा सहयोगी दाताहरूप्रति धन्यवाद ज्ञापन गर्ने कार्य भिमसेन सुनारको फेसबुकमार्फत गरिने जानकारी समेत गराइन्छ । सहयोगको लागि सन्तोष श्रेष्ठ 9855028145, भिमसेन सुनार 9811895719, श्रीमति रोजिना सुनार 9706084808

नेपासको प्रथम प्रधानमंन्त्री भीमसेन थापापछि सवैभन्दा अपमानजनक विदाई, केपी ओली*******************************************...
20/09/2025

नेपासको प्रथम प्रधानमंन्त्री भीमसेन थापापछि सवैभन्दा अपमानजनक विदाई, केपी ओली
***************************************************
सन्तोष श्रेष्ठ
नेपालमा मात्र होइन, विश्व राजनीतिको इतिहासमै पनि विद्रोहपछि नेतृत्वको उदय र पतन स्वाभाविक प्रक्रिया हो । सामान्यतया सरकार प्रमुखको विदाई अमर्यादित हुने गरेको छैन । हुकुमी राणा शासनको अन्तिम प्रधानमन्त्री मोहन शमशेर जबरा हुन् वा निर्दलीय पञ्चाय व्यवस्था­का अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ नै किन नहोस्, आन्दोलनपछि उनीहरूको विदाई अपमानजनक भएन । यद्यपि २०१७ सालमा बीपी कोइरालालाई जेल चलान गरिएको भए पनि २०२४ सालमा अदालतले ससम्मान रिहा गर्‍यो । तर, नेपालको इतिहासमा प्रधानमन्त्रीको हैसियतले प्रथम प्रधानमन्त्री भीमसेन थापा र जनताद्वारा निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको विदाई भने अत्यन्तै अपमानजनक र बेज्जतिपूर्ण भएको तथ्यलाई केही ऐतिहासिक समानतासहितलाई उजागर गर्ने प्रयास गरिएको छ ।

सम्राज्यवादी अंग्रेज विरुद्ध हतियार उठाएर गोर्खाली जातिको वीरता संसारभर चिनाउने भीमसेन थापाले वि.सं. १८६३–१८९४ सम्म नेपालका प्रधानमंन्त्री गरेका थिए । तत्कालीन राजकुमार देवेन्द्र विक्रम शाहको विफरले भएको मृत्युलाई झूटो “विषकाण्ड” बनाएर भीमसेन थापालाई षड्यन्त्रपूर्वक सत्ताबाट सिधै जेल चलान गरियो । आरोप प्रमाणित गर्ने सम्भावना नदेखिएपछि, कान्छी श्रीमतीलाई नाङ्गै शहर घुमाइने र त्यो भिमसेन थापाले दिशामा डुवेर हेर्नु पर्ने भनी अफवाह स्वाभिमानी भीमसेन थापाको कानमा सुनाईयो । यो अपमानपूर्ण दृष्य हेर्नु भन्दा मर्नु उचित संम्झेर झ्यालको सिसाले घाँटी रेतेर आत्महत्या प्रयास गरे । रगतले लतपतिएका घाइते थापालाई उपचार गर्नुको सट्टा विष्णुमती बगरमा लगेर फ्यालियो, जहाँ नौ दिनसम्म जीवित रहेर अन्ततः वि.सं. १८९६ साउन १६ गते उनको निधन भयो ।

मृत्युपछि पनि थापाको जात खोसियो, अन्तिम संस्कार गर्न नदिइ, लाशलाई टुक्रा–टुक्रा पारेर स्याल, कुकुर र गिद्धलाई खान शहरको विभिन्न स्थानमा फ्यालिएको थियो । भनिन्छ, बेलायती राजदूत हगसनले उनको खोपडी चोरेर बेलायतको संग्रहालयमा राखेको छ । तत्कालीन सत्ता र शक्तिको चरम दुरुपयोग गरेर एक वीर महान देशभक्तको जीवनलाई दुःखद र अपमानजनक अन्त्यतर्फ धकेलिएको इतिहास आज पनि जिउँदो छ । हुनत प्रधानमन्त्री बनाउने निश्चित विधि नहुँदा भिमसेन थापापछि पनि सत्ताका लागि हत्याहिंसाको राजनीति नभएको होइन, त्यो षड्यन्त्रपूर्ण काटामारकै राजनीति थियो । तर पछिल्ला समयमा भने सत्ता मात्र होइन, व्यवस्था नै परिवर्तन हुँदा पनि प्रधानमन्त्री पदमा बस्नेहरूको विदाई अपमानजनक भएको छैन ।

तर ओलीको विदाईले भन्ने भिमसेन थापाको विदाई झझल्को दिने थियो । “म भनेको एमाले, एमाले भनेको म” भन्ने भाष्य निर्माण गरेको ओलीले सहयोगी कांग्रेसलाई समेत थाङामा सुताएर सत्तामा रजगज चलाइरहेको ओली, चीन भ्रमणमा पुटिन र किम जोङलाई भेटेपछि उनले आफूलाई सि जिनपिङभन्दा अलिकति कम ठान्न थाले । २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर बहादुरी देखाएको ओलीले पाँच दिनपछि भदौ २३ गते हुने भनेको Gen-Z पुस्ताको आन्दोलनलाई खुट्टाको रै पनि सम्झेका थिएनन् । पहिलो दिनको आन्दोलनमा १९ जनाले ज्यान गुमाए पनि ओलीमा कुनै अपसोज देखिएन । आन्दोलनको दोस्रो दिन, सुरक्षा निकायलाई दमनका लागि कडा निर्देशन दिँदा सेना प्रमुख अशोक सिग्देलले “दमन होइन, अब तपाईँले राजीनामा नदिए, तपाईँहरूको पनि सुरक्षा गर्न सक्दिन” भनेपछि ओलीको पसिना छुट्यो । Gen-Z को जनविद्रोह नजिकै आइरहेको अनुभव गरेपछि उनले छिटोछिटो सेतो पानामा राजीनामा लेखे, सेनासँग ज्यानको भिक्षा मागे र हतार–हतार हेलिकप्टरमा चढेर बेपत्ता भए । आन्दोलनकारीहरूले गाउॅमा बाख्रा चोरलाई खोज जस्तै गरि राती १० बजे सम्म त्रिभुवन विमानस्थलदेखि सैनिक ब्यारेक र शंका लाग्ने स्थानहरू खोजी गरे । २१औँ शताब्दीमा प्रधानमन्त्रीले यो भन्दा बेजत अरु के हुन सक्छ ? पाँच मिनेट मात्र ढिलो भएको भए काल्पनिक फिल्ममा समेत डाईरेक्ट्ररले अहिलेसम्म कल्पना गर्न नसकेको दृश्य संसारले प्रत्यक्ष हेर्ने थियो ।

अतःभिमसेन थापा र केपी ओली दुवैको विदाई हृदयविदारक, बेज्जतपूर्ण तथा अत्यन्त अपमानजनक भएको हो, यसमा कुनै दुईमत छैन । तर भिमसेन थापाको विदाई तत्कालीन सत्ताको चरम दुरुपयोगको परिणाम थियो भने ओलीको विदाई जनताद्वारा गरिएको असन्तुष्टिको प्रतिफल थियो । थापा गोर्खाली जातिको गौरवमय वीरता र अमूल्य राष्ट्रिय विभूति थिए, जसको अपमानजनक विदाईले इतिहास आजसम्म झुकिरहेको छ । तर ओलीको विदाईलाई नेपाल र विश्वका सचेत नागरिकहरूले हर्षपूर्वक स्वागत गरे, किनकि भ्रष्ट तानाशाहलाई यसरी लखेटेर मात्र सुशासन स्थापना गर्न सकिन्छ भन्ने सन्देशका रूपमा लिइएको छ । ओलीको पतनलाई विश्वले “रोल मोडल” का रूपमा स्वीकार गर्दै आ–आफ्नो देशमा अनुकरण गर्न तत्काल प्रयास गरिरहेका छन् । तर भिमसेन थापाको अपमानजनक विदाईलाई भने आज सम्म हामी अफसोसका साथ सम्झिरहेका छौं ।

अन्तमा, विदाईको स्वरूप मिल्दा जुल्दा भए पनि विदाई हुने पात्रहरूको स्वभाव भन्ने आकाश–पातलको फरक देखिन्छ । तथापि, भिमसेन थापा र केपी ओलीबीच केही ऐतिहासिक समानताहरू भन्ने रहेका छन् । नेपालका यी दुई प्रधानमन्त्रीहरूको मात्र सन्तान थिएनन्, निसन्तान थिए र आफ्ना विरोधीप्रति दुबै असहिष्णु र कठोर नीति अपनाउने प्रवृत्ति राख्थे । भिमसेन थापा कट्टर अङ्ग्रेज विरोधी र साहसी राष्ट्रवादी थिए भने त्यही थापाले अङ्ग्रेजसँग गरेको सुगौली सन्धि अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरालाई ओलीले नक्सामा समेटेर कडा राष्ट्रवादको पहिचान बनाउन सफल भएका थिए । आफ्नो शासनकालमा यी दुबै नेता सर्वसाधारणदेखि देश–विदेशमा समेत चर्चा–परिचर्चा हुन्थे । दुवै नेता सत्ता तथा शक्तिलाई मजबुत बनाउन निरन्तर प्रयासरत रहन्थे ।

रोचक कुरा के छ भने, ओलीले अध्ययन गर्ने माक्सवाद ठेलीको प्रणेता कार्ल मार्क्स जर्मनीमा जन्मेका बेला नेपालमा प्रधानमन्त्री भिमसेन थापा नै थिए । यो ऐतिहासिक संयोग मात्र हो, केपी ओलीलाई राष्ट्रिय विभूति भिमसेन थापासँग न तुलना गर्न मिल्छ, न तुलना गर्नु उपयुक्त हुन्छ । तथापि, मैले केही ऐतिहासिक कटु सत्यहरू तपाईहरुको सामु जानकारीको रुपमा मात्र उल्लेख गरेको हुँ ।

Address

Thori-04
Parsa

Alerts

Be the first to know and let us send you an email when BijayBasti Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BijayBasti Online:

Share