Abnization Media

Abnization Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abnization Media, Kathmandu.

27/08/2026
हार्दिक अपिल : सम्पर्कविहीनको खोजीमा सहयोग गरिदिनुहुन अनुरोधपाँचखाल निवासी तथा हाल कालीमाटी बस्दै आउनुभएका ज्ञानेन्द्रला...
27/08/2026

हार्दिक अपिल : सम्पर्कविहीनको खोजीमा सहयोग गरिदिनुहुन अनुरोध

पाँचखाल निवासी तथा हाल कालीमाटी बस्दै आउनुभएका ज्ञानेन्द्रलाल श्रेष्ठ हिजो रसुवामा आएको बाढीका समयमा रसुवाको टिमुरे बजारमा नै रहेको भन्ने जानकारी प्राप्त भएको छ।

हिजोको बाढीको घटनापछि उहाँसँगै रहनुभएका अन्य ३ जना व्यक्ति र बा.७ च. ४६० नम्बरको गाडीसहित उहाँहरू सम्पर्कविहीन हुनुभएको छ।

तस्बिरमा देखिनुभएका ज्ञानेन्द्रलाल श्रेष्ठलाई कसैले टिमुरे, रसुवा वा आसपासका क्षेत्रमा देख्नुभएको भए वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा कृपया तल दिइएका नम्बरमा तत्काल सम्पर्क गरिदिनुहुन हार्दिक विनम्र अनुरोध गर्दछौं।

सम्पर्क नम्बर:
9849243711 – Gautam
9860804890 – Dipendra

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। तपाईंको सानो सहयोगले उहाँको खोजी तथा उद्धारमा ठूलो मद्दत पुग्न सक्छ।

नुवाकोटको बट्टार–विदुरमा सम्पर्कविहीन नगरवासीको खोजीमा दक्षिणकाली नगर प्रमुखको टोली
27/08/2026

नुवाकोटको बट्टार–विदुरमा सम्पर्कविहीन नगरवासीको खोजीमा दक्षिणकाली नगर प्रमुखको टोली

27/08/2026
26/08/2026

भोटेकोशी उर्लिएपछि रसुवामा त्रास, उद्धार कार्य तीव्र

बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट अचानक ठूलो पानी भोटेकोशी नदीमा आएको प्रारम्भिक जानकारी छ। रसुवामा त्यति ठूलो स्थानीय वर्षा भएको विवरण छैन।

टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा बजार, बस्ती, सडक तथा अन्य संरचनामा ठूलो क्षति भएको छ।

केही जलविद्युत आयोजना र विद्युत् प्रसारण संरचना पनि क्षतिग्रस्त भएका छन्। रसुवागढी, चिलिमे, त्रिशूली–३A लगायतका आयोजनामा असर परेको NEA ले जनाएको छ।

सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएको खबर आएको छ; पछिल्लो रिपोर्टअनुसार २८ जना प्रहरी/सुरक्षाकर्मी सम्पर्कबाहिर रहेको उल्लेख छ।

बाढी नुवाकोट हुँदै तलतिर गएको छ। भोटेकोशी/त्रिशूली आसपासका नदी किनारमा रहेका नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फका बासिन्दालाई सतर्क रहन भनिएको छ।

सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हेलिकप्टरसहित उद्धार टोली परिचालन गरेको छ।

बाढी किन आयो?

अहिलेसम्म ठ्याक्कै कारण पुष्टि भएको छैन। तर मौसमविद्को प्रारम्भिक विश्लेषणअनुसार रसुवामा स्थानीय रूपमा ठूलो वर्षा नभएकाले तिब्बततर्फ हिमताल फुटेको वा माथिल्लो क्षेत्रमा पानी थुनिएर अचानक बगेको हुनसक्ने अनुमान गरिएको छ। अनुसन्धान जारी छ।

17/07/2026

चार दशकभन्दा बढी शिक्षा सेवामा समर्पित वरिष्ठ शिक्षक रामकुमार बस्नेत सम्मानित, सेतीदेवी माध्यमिक विद्यालयद्वारा भव्य बिदाइ।

03/07/2026

पूर्ण वडा स्तरीय दिवा खाजा घोषणा कार्यक्रम सम्पन्न, विद्यालयहरूमा दिवा खाजा सञ्चालनका लागि सम्झौता

16/06/2026

हात्तिवन सामाजिक सेवा केन्द्रद्धारा केवल जय भगवती छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

Address

Kathmandu
4400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779860991267

Alerts

Be the first to know and let us send you an email when Abnization Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abnization Media:

Shortcuts

Share