Computer Planet

Computer Planet HIKVISION CCTV CAMERA SALES AND SERVICE

गौर रौतहट  । विश्वविख्यात सिसिटिभी ब्रान्डका रूपमा परिचित हिक भिजनको प्रदर्शनी केन्द्र गौर  निर्माण हुने भएको छ । कम्पनी...
24/05/2026

गौर रौतहट । विश्वविख्यात सिसिटिभी ब्रान्डका रूपमा परिचित हिक भिजनको प्रदर्शनी केन्द्र गौर निर्माण हुने भएको छ ।

कम्पनीले अनुभव केन्द्र नाम दिएको यो केन्द्र नेपालका लागि हिकभिजनको नेपाल वितरक मैक्सिमा नेपालको गौर स्थित आधिकारिक डिलर हर्स ट्रेडर्स एंड सप्लायर्स/कम्प्युटर प्लानेट निर्माण गर्न लागेको हो ।

ग्राहकलाई आधुनिक सुरक्षा प्रविधिको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले निर्माण हुन लागेको उक्त केन्द्रमा हिकभिजनका विभिन्न सुरक्षा उपकरणहरू प्रदर्शन गरिने हर्स ट्रेडर्स एंड सप्लायर्स/कम्प्युटर प्लानेट का संचालक मोतीलाल कुशवाहा ले जानकारी दिएका छन् ।

केन्द्रमा सिसिटिभी क्यामेरा, अनुहार पहिचान गर्ने मिनमोइ उपकरण, स्मार्ट लकसहितको भिडियो डोरबेल, प्रवेश नियन्त्रण प्रणाली लगायतका स्मार्ट सुरक्षा समाधानहरूको प्रत्यक्ष प्रदर्शन हुने उनले बताए ।

उनका अनुसार, केन्द्रको निर्माणपछि भिडियो डोरबेल र स्मार्ट लकको व्यवहारिक प्रदर्शनमार्फत ग्राहकहरूले कल रिसिभ गर्ने, ढोका अनलक गर्ने तथा विभिन्न सुरक्षा सुविधाहरू प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन् ।

कम्पनीका अनुसार अनुभव केन्द्रको मुख्य उद्देश्य ग्राहकलाई उत्पादनको वास्तविक गुणस्तर बुझाउन सहयोग गर्नु हो ।

यसबाट घर, कार्यालय, पसल तथा व्यवसायका लागि कुन सुरक्षा उपकरण उपयुक्त हुन्छ भन्ने निर्णय लिन सहज हुने विश्वास गरिएको छ ।

कम्पनीले अब ग्राहकले सुरक्षा उपकरण खरिद गर्नुअघि प्रविधिलाई आफै परीक्षण, तुलना र अनुभव गरेर आवश्यकताअनुसार सही उत्पादन छनोट गर्न सक्ने जनाएको छ ।
थप जानकारीका लागि
कम्प्युटर प्लानेट/हर्ष ट्रेडर्ष एंड सप्लायर्ष
गौर रौतहट
सिडियो अफ्फिस रोड लुम्बिनी बैंक बिल्डिंग गौर शाखा
फोन न 9855043115/9863831215
For Support:-055590115

05/02/2026

Address

Gaur Rautahat
Rautahat
44500

Alerts

Be the first to know and let us send you an email when Computer Planet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Computer Planet:

Shortcuts

Share

Category