05/28/2026
अत्यन्तै दुखद खबर:🥲 सुनौलो भविष्यको सपना बोकेर अष्ट्रेलिया पुगेकी नेपाली चेली सुष्मा कोइरालाको असामयिक निधनको खबरले यतिबेला नेपाली समुदाय स्तब्ध बनेको छ।
अष्ट्रेलियाको एडिलेड सहरमा अध्ययन र भविष्य निर्माणको यात्रामा रहेकी सुष्माको जेठ १२ गते मंगलबार निधन भएको हो। यो दुःखद खबरपछि अष्ट्रेलियामा रहेका नेपालीहरू मात्रै होइन, नेपालमा रहेका आफन्त र चिनेजानेकाहरू पनि शोकमा डुबेका छन्।
श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भावुक शब्दले धेरैको मन छोएको छ। परिवारको सुखद भविष्यको सपना बोकेर परदेश पुगेकी सुष्माको यस्तो असमयमै भएको विछोडले सबैलाई भावुक बनाएको छ।
हाल उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको छ भने सहयोगका लागि नेपाली समुदायले गोफन्डमार्फत सहयोग संकलन सुरु गरेको बताइएको छ।👇👇
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्। हार्दिक श्रद्धाञ्जली.🥲🥲
Sad news