Surkheti official

Surkheti official Bheriganga municipality Surkhet

मेरी आमालाई चिठी-स्व. सुजन राउत******************************आमा सञ्चै छु कसरी भनुँ, सपना खोज्दा खोज्दै अस्ताएछु । तिमील...
30/12/2023

मेरी आमालाई चिठी-स्व. सुजन राउत
******************************
आमा सञ्चै छु कसरी भनुँ, सपना खोज्दा खोज्दै अस्ताएछु । तिमीलाई धेरै खुसी दिन्छु । बुवाको अवशेषपछि तिम्रो साहारा बन्छु भनेर शहर पसेको थिए । तिमीलाई काठमाडौंको ठूलो महलमा राख्ने सपना देखेको थिएँ । तिमी डरैडरमा भीर पाखामा घाँस दाउरा गर्न जान्छ्यौ तिमीलाई भिर पाखाबाट शहरका चिल्ला सहरमा ल्याउने सपना थियो ।

आमा तिमीले मलाई खर्च पुगोस् भनेरै त्यही पुरानो गुन्यु चोली लाएकी थियौं । आमा मलाई केही पर्दैन भन्दा पनि आफ्नो गासबाट बचाएर मलाई चामल र तरकारी पठाएकी थियौं । तिमीले दालमा सुटुक्क लुकाएर राखिदिएको त्यो हजार रुपियाँ पनि डेरामा रहेको दालको बोराभित्रै छ आमा ।

आमा तिमीलाई मन्दिर जस्तो घरमा सजाएर भित्तामा तिम्रो ठूलो तस्वीर झुन्ड्याउने रहर थियो । सपना बुन्न नपाउँदै आफै ओइलाउन पर्‍यो । तिमीलाई छर छिमेकमा चाडबाड आउँदा, शुभ कार्य हुँदा दक्षिणा दिन सक्दैनौं भन्ने बुझेको भएर कसैले कहिल्यै बोलाएनन् । तिम्रो गलामा सुनका हार कत्ति सुहाउँथे होला खै कहिल्यै लाउन पाइनौं ।

हुन पनि तिमीलाई सन्तानकै खुसी प्यारो थियो । छोराले राम्रो गरोस्, राम्री घरकी बुहारी भित्र्याओस्, बुढेसकालमा बुहारीले पनि आफ्नै आमाले जस्तै माया गरोस् भन्ने चाहेकी थियौं । हेर आज म आफै अस्ताउन पर्‍यो । मैले के मागेको थिएँ र आमा । देशमा रोजगार छैन विदेश जान्छु न भनेको थिएँ । आज यिनीहरूले मलाई मारेर छोडे आमा ।

दुःख नमान पनि कसरी भनुँ आमा तिमीलाई दुःखको खालमै डुबाएर गएको छु । पीर नमान आमा । दुःख यस्तै रहेछ । सुख आउँछ भन्ने कहिल्यै नलेखेको रहेछ मेरो भाग्यमा । तिमीलाई सुख दिने चाहँदा चाहँदै अस्ताएँ । अब अर्को जन्म मिल्ने रहेछ भने तिम्रै काखबाट जन्मिन पाउँ आमा ।

Words: Riyaz sunar

Rest in peace bruh. You just born in country with no future.
30/12/2023

Rest in peace bruh. You just born in country with no future.

18/09/2022

the voice of nepal-4 xora mahendra B.K

17/09/2022

सुर्खेत रगशाला❤️❤️

31/07/2022

Karnali pardesh ko ghumaneya picture ♥️🇳🇵❤️🇳🇵

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Surkheti official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surkheti official:

Share

Category