12/05/2026
श्री भार्से जनसहायोग स्कूलबाट SEE २०८२ उत्तीर्ण गर्ने सबै विद्यार्थी, गुरुबा, गुरुआमा, र अभिभावकहरू सबैमा बधाई! तपाईंहरूले आफ्नो विद्यालय र सम्पूर्ण भार्से गाउँलाई गौरवान्वित बनाउनुभयो।
यसपटक असफल हुनेहरू ... हार नमान्नुहोस्।
जीवन कुनै दौड होइन। असफलता अन्त्य पनि होइन। हामी सबैको पृष्ठभूमि फरक छ, कोही सुविधा सम्पन्न, कोही वञ्चित। अरूसँग प्रतिस्पर्धा गर्नु भन्दा आफैँसँग प्रतिस्पर्धा गर्नुहोस्। यसो गर्दा आफ्नै व्यक्तिगत विकास हुने छ।
सम्झनुहोस्: यदि तपाईं सफलता प्राप्त गर्न दृढ हुनुहुन्छ भने ... तपाईंलाई कसैले रोक्न सक्दैन, आफैँले बाहेक।
जीवनमा उतारचढाव आउलान्, तर अघि बढिरहनुहोस्। शान्त रहनुहोस्, चुनौती पहिचान गर्नुहोस्, योजना बनाउनुहोस्, र काम गर्नुहोस्।
SEE त एउटा मात्र खुड्किलो हो। जीवन अचम्भा र सुन्दरताले भरिपूर्ण छ। नम्र बन्नुहोस्, मेहनत गर्नुहोस् तपाईंको मेहनत खेर जाने छैन।
तपाईंहरूलाई सफलता प्राप्त हुने छ।