12/04/2026
Sunday fellowship at Gelling BPC
Date 12/04/26
Conduct:Miss.Bhawana Lamzel
Worship:amiss.Alisha biswa & Shriya Rai
Word of God:Ps Daniel Sotang
लूका 24:13-35
[13] त्यही दिन उहाँका चेलाहरूमध्ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। [14] घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए। [15] तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो, [16] तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। [17] उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्क अड़िए। [18] ती दुईमध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” [19] उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। [20] तर मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे। [21] इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो। [22] यसबाहेक हामी मध्येका कोही-कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए, [23] र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्वर्गदूतहरूलाई देख्यौं, जसले येशू जीवित हुनुहुन्छ भने।’ [24] हामीहरूमध्येका कोही-कोही चिहानमा गए, र ती स्त्रीहरूले जे भनेका थिए, त्यस्तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्।” [25] उहाँले तिनीहरूलाई भन्नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ! [26] के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?” [27] तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। [28] तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो। [29] तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्नुहोस्, किनकि साँझ पर्न लाग्यो, र दिन धेरै ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो। [30] जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो। [31] तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। [32] तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?” [33] तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे, [34] र तिनीहरूलाई यसो भने, “प्रभु साँच्चै नै जीवित भई उठ्नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।” [35] तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।