Cmpl livin Hi Think

Cmpl livin Hi Think Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cmpl livin Hi Think, Camera/Photo, Bakri.

काँक्रो खानुका यस्ता अपत्यारिला फाइदाहरु, थाहा पाउनु भयाे भने छक्क पर्नुहुनेछ ! एकचोटी अवश्य पढ्नुहोलाएजेन्सी । काँक्रो ...
24/10/2021

काँक्रो खानुका यस्ता अपत्यारिला फाइदाहरु, थाहा पाउनु भयाे भने छक्क पर्नुहुनेछ ! एकचोटी अवश्य पढ्नुहोला

एजेन्सी । काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । यो नेपाली जनजीवनमा चलेको खान्की पनि हो । काँक्रो चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा नै बेग्लै । काँक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।

खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् । नियमित रुपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ । भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं ।

यस्ता छन् अन्य फाइदाहरुः कपाल र नङ चम्काउँछः सिलिकन तथा सल्फरयुक्त काँक्रोले कपाल र नङलाई भरपूर मात्रामा पोषकतत्व प्रदान गर्छ । यसले नङ तथा कपाल बढाउनसमेत मद्दत गर्छ ।

डार्क सर्कल हटाउँछः काँक्रोमा एन्टि(इन्फ्लामेन्टरी तत्व पाइन्छ, जसले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ । काँक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । यसलाई पातलो स्लाइसमा काटेर आँखाको दुवैपट्टी लगाएको खण्डमा आँखाबाट कालो दाग हटेर जान्छ

तौल कम गर्छः फाइबरयुक्त काँक्रोमा पानीको मात्रा बढी र क्यालोरी कम हुन्छ । भोजनमा काँक्रोको मात्रा बढाउने मानिसको शरीरमा अतिरिक्त तौल बढ्दैन । मध्यान्हमा काँक्रो खानूस्, भोक लाग्दैन । तपाईंको भोकलाई काँक्रोले नै खाइदिन्छ, जसले गर्दा शरीरमा क्यालोरी बढ्न पाउँदैन र तौल कम हुन थाल्छ ।

क्यान्सरविरुद्ध लड्छः काँक्रोमा क्याफिक, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्व हुन्छन्, जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् । काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्स सेल्स बढ्न दिँदैन ।

मधुमेह र रक्तचाप हुन दिँदैनः काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकनलगायत मिनरल्स हुन्छन्, जुन शारीरिक विकासका लागि आवश्यक छन् । काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ । काँक्रोको जुस मधुमेहका लागि पनि फाइदाजनक छ । यसले पेंक्रियाटिक कोषिकालाई इन्सुलिन उत्पादन गर्न सघाउँछ ।

मृगौला रोगबाट बचाउँछः पानीले भरिपूर्ण काँक्रोले विषाक्त तत्वलाई हाम्रो शरीरबाट बाहिर फाल्ने मात्र नभई मृगौलाको पत्थरीलाई गायब पार्नसमेत मद्दत गर्छ । यसलाई गाँजरसित मिसाएर खाएमा युरिक एसिड कम गरी गाउट तथा आर्थराइटिसको दुःखाइ कम गर्छ । काँक्रोले युरिक एसिड कम गर्ने भएकाले त्यसका कारण हुन सक्ने मृगौलासम्बन्धि समस्याबाट समेत बचाउँछ ।

दाँत बलियो बनाउँछः काँक्रोलाई राम्रोसित चपाएर खाएमा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ । काँक्रोमा पाइने साइटोकेमिकल्सले मुखमा रहेका ब्याक्टेरिया नष्ट गर्छ, जसका कराण मुखबाट गन्ध आउन बन्द हुन्छ ।

यी ६ वटा कुरा आफ्ना केटाकेटीलाई नसिकाए तपाई राम्रो बाबुआमा होइनबच्चाका लागि आमाबुवा नै आफ्नो आदर्श हुन् । आमाबुवाले गर्न...
09/10/2021

यी ६ वटा कुरा आफ्ना केटाकेटीलाई नसिकाए तपाई राम्रो बाबुआमा होइन
बच्चाका लागि आमाबुवा नै आफ्नो आदर्श हुन् । आमाबुवाले गर्ने, बोल्ने, सोच्ने सबै कुराको प्रभाव बच्चामा पर्छ । बच्चाले आमाबुवाको पदचाप पछ्याउने हो । आमाबुवाले जे गर्छन्, बच्चाले त्यसैको नक्कल गर्छन् । उनीहरु ठान्छन्, आफ्नो आमाबुवाले गरेको सबै कुरा ठीक र राम्रो छ । त्यसैले अभिभावकले उनीहरुको सामुन्ने वास्तवमै रोड मोडल बन्ने मौका प्राप्त गरिरहेका हुन्छन् ।

१. अनुशासित जीवनशैली : कुनै पार्टीमा, भोजमा, सभा-समारोहमा, कार्यलयमा वा सार्वजनिक क्षेत्रमा हामी जति सर्तक र अनुशासित हुने अभ्यास गर्छौ, घरभित्र पनि त्यसैलाई निरन्तरता दिनुपर्छ । घरमा एवं परिवारसँग अनुशासित ढंगले प्रस्तुत हुनुपर्छ । आत्माअनुशासनलाई कायम राख्नुपर्छ । परिवारका सदस्यसँग गर्ने व्यवहार, बोली आदि तर्कसंगत हुनुपर्छ । यसबाट बच्चाले पनि अनुशासित जीवनशैली अनुसरण गर्न सक्छन् ।

२. स्वस्थ्य दिनचर्या : बावुआमा एवं अभिभावकको दिनचर्याबाट बच्चाको जीवनशैली प्रभावित हुन्छ । आमाबुवा उठ्ने, सुत्ने, खाने, बस्ने, मनोरञ्जन गर्ने कुराले बच्चामा प्रभाव पार्छ । अभिभावकले जस्तो जीवनशैली अपनाउँछ, त्यसै अनुरुप बच्चाको जीवनशैली पनि निर्देशित हुन्छ । त्यसैले अभिभावककको सुत्ने, उठ्ने, खाने तालिका नियमित हुनुपर्छ । साथै, स्वस्थ्य खानपान गर्ने, व्यायाम गर्ने, हाँसीखुसी रहने जस्ता व्यवहारबाट बच्चाले स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित हुन्छन् ।

३. संघर्ष गर्न : अभिभावकलाई आफ्नो बच्चाको माया हुन्छ । र, हरेक अभिभावक चाहन्छन् बच्चाले सुखभोग गरुन् । त्यसो भन्दैमा बच्चालाई काम गर्न नदिने वा वच्चाले चाहे जस्तो सबै कुरा उपलव्ध गराउने गल्ती गर्नु हुन्न । यसले गर्दा बच्चाले संघर्षको महत्व बुझ्दैन । श्रमको मूल्य बुझ्दैन । बच्चालाई सुख र खुसी मात्र बाढ्ने होइन, दुख, संघर्षको अनुभव पनि गराउनु पर्छ । श्रमलाई सम्मान गर्न सिकाउनुपर्छ । अभिभावकले आफ्नो पीडा, दुख, कष्ट, संघर्षबारे बच्चालाई जानकारी दिनुपर्छ र त्यसरी संघर्ष गर्नका लागि प्रेरित पनि गर्नुपर्छ ।

४. असफलतालाई स्विकार्न : अधिकांश अभिभावक चाहन्छन्, आफ्नो बच्चाले हरेक क्षेत्रमा सफलता हासिल गरुन् । तर, जीवनमा सधै सफलता मात्र प्राप्त हुँदैन । सफलता र असफलता एकै सिक्काका दुई पाटा हुन् । कहिले सफलता मिल्छ, त कहिले असफलता । सफलतामा रमाउन वा खुसी हुन गाह्रो भएन । तर, हार एवं असफलतालाई पचाउन पनि सिकाउनुपर्छ । बच्चा जब कुनै क्षेत्रमा असफल हुन्छन्, त्यस अवस्थामा पनि उनीहरुले आफ्नो आत्माविश्वास गुमाउनु हुँदैन । त्यो असफलताबाट निरास एवं दुखी हुन दिनु हुँदैन । बरु उच्च आत्माबलका साथ असफलतालाई स्विकार्न सिकाउनु पर्छ ।

५. आध्यात्मिक कुरा : धर्म, संस्कारलाई अहिले धेरैले आडम्बर, अन्धविश्वासका रुपमा लिन्छन् । तर, धर्म-संस्कारले मानिसलाई नैतिकवान् बन्न प्रेरित गर्छ । आपराधिक मनोवृत्ति हटाउँछ र सवैप्रति श्रद्धाभाव जगाउँछ । यसले मानिसमा सकारात्मक सोंचको विकास गर्छ । त्यससँगै आध्यात्मिक ज्ञानले मानसिक शान्ति दिन्छ । त्यसैले बच्चालाई सहि बाटोमा डोहोर्‍याउनका लागि धर्म, संस्कारको कुरा पनि सिकाउनुपर्छ । उनीहरुलाई आध्यात्मिक ज्ञान दिनुपर्छ । यसले उनीहरुलाई सफलता प्राप्त गर्न मात्र होइन, आफ्नो काम एवं सफलता/असफलताप्रति सन्तुष्ट हुन पनि मद्दत गर्छ ।

६. प्रकृतिसँग एकाकार हुन : बच्चालाई प्रकृतिसँग एकाकार हुन सिकाउनुपर्छ । बोट बिरुवा, जीव जन्तु सवैलाई प्रेम गर्न सिकाउनुपर्छ । प्रकृतिले हाम्रो जीवनलाई कति सुन्दर बनाएको छ भन्ने कुराको उनीहरुलाई अनुभूत गराउनुपर्छ । बोट बिरुवा रोप्न, स्यहार्न, फूल रोप्न प्रेरित गर्नुपर्छ । पर्यावरणलाई दुषित तुल्याउने काम नगर्न सचेत गराउनुपर्छ ।

🍜🍝🍚🍲🥣🍱खाना खान सबैलाई र सधैं  आवश्यक हुन्छ तर यसको ब्यवस्थापनलाई पनि यसरी ख्याल् गर्न सकिन्छ 👇️💢थोरै खाने दिनभरमा एउटा म...
18/09/2021

🍜🍝🍚🍲🥣🍱खाना खान सबैलाई र सधैं आवश्यक हुन्छ तर यसको ब्यवस्थापनलाई पनि यसरी ख्याल् गर्न सकिन्छ 👇️
💢थोरै खाने

दिनभरमा एउटा मिठाईं खानुपर्छ । बिहान एउटा, दिउँसो तथा बेलुकी थप एक–एकवटा मिठाईं खानु भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । पाहुना बनेर कतै जाँदा पनि धेरै पटक मिठाईंको अफर गरे नम्रतापूर्वक अस्वीकार गर्नुपर्छ ।

💢बाँडेर खाने

चाडपर्वमा सबैको घरमा मासु, मिठाईं, रोटी तथा लड्डु आदि खान दिइन्छ । यस्ता कुरा बिहान–साँझ वा जुनसुकै बेला खानुहुँदैन । यस्ता खानेकुरा आफूले मात्र खानुभन्दा साथीभाइ वा आफन्तबीच

बाँडेर खानुपर्छ । यसो गर्दा बढी खानबाट जोगिन सकिन्छ ।

💢बिस्तारै खाने

आफूलाई मन परेको खानेकुरा तथा मिठाईं देखेर कन्ट्रोल नभए पनि आफैंलाई नियन्त्रणमा राख्नुपर्छ । कुनै पनि चीज बिस्तारै खानुपर्छ । यसो गर्दा खानाको स्वाद मात्र होइन सन्तुष्टि पनि प्राप्त हुन्छ ।

💢सन्तुलन गर्ने

राति कुनै साथी, नातेदारकहाँ वा अन्य कुनै पार्टीमा जानु छ भने दिउँसो हल्का खाना खानुपर्छ । सूप, सलाद, दाल, दूध, दहीजस्ता हल्का खानेकुरा खानु उत्तम हुन्छ । दिनभर भोकै रहनुभन्दा पनि आफ्नो डाइटलाई सन्तुलन गर्नुपर्छ । दिनभर भोकै रहे राति बढी खाइन्छ र डाइटमा सन्तुलन कायम हुँदैन ।

💢साइजको ख्याल गर्ने

खाना खाँदा धेरै भेराइटी भए सबै कुरा कम राख्नुपर्छ । यसो गर्दा आवश्यकभन्दा बढी खाना खाइँदैन ।

💢चकलेट, मिठाईं धेरै नखाने

मीठा खानेकुरा देखेर आफूलाई नियन्त्रण गर्न सकिँदैन । त्यसैले उपहारमा पाएको चकलेट तथा मिठाईं धेरै भए साथी, आफन्त तथा छिमेकीलाई उपहार दिन सकिन्छ ।

💢पानी प्रशस्त पिउने

शरीरलाई सुख्खा हुन नदिन प्रशस्त पानी पिउनुपर्छ । कोल्ड ड्रिंक्स सेवन गर्नुहुँदैन ।

💢व्यायामबाट टाढा नभाग्ने

महिलाहरू घरको सरसफाइ एवं पकाउने आदि काममा व्यस्त रहन्छन् । यसले गर्दा व्यायामका लागि समय मिल्दैन । तैपनि कामबाट केही समय निकालेर दिनमा आधा घन्टा भए पनि व्यायाम गर्नुपर्छ ।

डाइट शरिरको राम्रो उपयोगी तथ्य होतर यसलाई उमेर अनुसार परिमार्जन गर्न जरुरी छ,यहाँ यसबारे उल्लेख गरिएका छन👇️💢किशोरावस्था ...
15/09/2021

डाइट शरिरको राम्रो उपयोगी तथ्य होतर यसलाई उमेर अनुसार परिमार्जन गर्न जरुरी छ,यहाँ यसबारे उल्लेख गरिएका छन👇️

💢किशोरावस्था

किशोरावस्थादेखि ३० वर्षसम्मको उमेरसम्म पाचन क्षमता बलियो हुन्छ । मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ भोजन पनि चा“डै पच्छ । परौंठा, पुरी, खिर, हलुवा आदि कहिलेकाही“ खान सकिन्छ ।

किशोरावस्थामा जोकोही आफ्ना मित्रजनबाट बढी प्रभावित हुन्छन् र जंकफुडमा बढी रुचि देखाउ“छन् । कतिपय किशोर भने आफ्नो तौललाई लिएर बढी सजग हुन्छन् । बालबालिकालाई घरमा बनेको स्वस्थकर खाना ख्वाउनुपर्छ, जसका कारण उनीहरूमा पोषणको कमी नहोस् ।



हाम्रो उमेर बढ्छ, तर हाम्रो खानपानको व्यवहार परिवर्तन हु“दैन । त्यही परौंठा र पुरी जुन हामी २० वर्षको उमेरमा खान्छौं, ४० मा पनि त्यही खान्छौं र ६० मा पनि । परिणाम हामी बिरामी हुन्छौं र कतिपय शारीरिक एवं मानसिक समस्याले सताउ“छ ।
उमेरको वृद्धिस“गै पाचन क्षमता घट्दै जान्छ र गरिष्ठ भोजन पचाउन कठिन हुन्छ ।


💢तीस वर्षपछि

डाइटिसियनहरूका अनुसार ३० वर्षपछि मेटाबोलिज्म घट्दै जाने हु“दा डाइटमा पर्याप्त पोषकतत्व हुनुपर्छ ।
डाइटमा ५ पोर्सन्स फल र तरकारी हुनुपर्छ ।
क्याल्सियमयुक्त आहार पनि आवश्यक छ, विशेषगरी महिलाका लागि, कारण ३५ वर्षपछि महिलाहरूको हड्डी कमजोर हुन्छ । क्याल्सियम इनटेकको ख्याल गरिएन भने अस्टियोपोरोसिसको शिकार बन्न सकिन्छ ।
चालीस वर्षपछि

४० वर्षपछि प्रायःजसोको कोलेस्ट्रोल र ब्लड प्रेसर बढ्छ । यो उमेरका मानिसले सातामा एकपटक ओयली फिस जस्तै ताजा टुना, सोलमन, मेकेरेल, किपर्स तथा सार्डिनको एउटा वा दुईवटा पोर्सन खानुपर्छ । यसले ओमेगा थ्री फेरि एसिड्स प्रदान गरी ह्दयलाई स्वस्थ राख्न मद्दत गर्छ ।
यो उमेरमा निद्रा नआउने समस्या उत्पन्न हुनुका साथै तनाव, हड्बडाउने र थकान बढ्न सक्छ । यसबाट जोगिन क्याल्सियम र मेग्रिसियम चाहिन्छ जुन हरियो सागपात, ओखर तथा अन्य ड्राइफुटबाट प्राप्त हुन्छ ।
४० वर्षपछि मानिसको रूप–रंगमा पनि परिवर्तन आउन थाल्छ । शरीर क्रमशः कमजोर हु“दै जान्छ । त्यसैले पूर्णरूपमा स्वस्थ रहन हरेक रंगका फलफूल एवं तरकारी खानुपर्छ । फलफूल एवं तरकारीको रंग जति गाढा हुन्छ, एन्टिअक्सिडेन्ट्सको मात्रा त्यति नै बढी हुन्छ । बेरिज र रातो भेंडेखुर्सानीलाई पनि आफ्नो डाइटमा समावेश गर्नुपर्छ ।
जब महिलाहरूमा मेनोपज हुन्छ तब फाइटोएस्ट्रोजेनको मात्रा बढ्छ । सोयाबिन्स, बदाम र फ्लेक सिड्समा तथा भिटामिन ईको मात्रा बढाउ“दा पनि मेनोपजको साइड इफेक्टस“ग लड्न मद्दत मिल्छ ।


💢पचास वर्षपछि

५० वर्षपछि सबैभन्दा बढी समस्या हुन्छ । नुनको मात्रा एकदम कम गर्नुपर्छ । बढीभन्दा बढी दिनभरिमा ६ ग्रामसम्म मात्र नुन सेवन गर्न सकिन्छ । नुनको साटो स्वस्थकर मसला तथा जडीबुटी सेवन गर्नु उपयुक्त हुन्छ ।
शरीरमा बोसो बढ्न दिनु हु“दैन । विशेष रूपमा पेट र कम्मर वरपर होइन भने डाइबिटिजको सम्भावना वृद्धि हुन्छ । कारण ती स्थानमा बढेको बोसोले इन्सुलिनलाई राम्रोस“ग काम गर्न दि“दैन । अतः बढी स्टार्ची कार्बोहाइडे«ट्स प्रयोग गर्नु हु“दैन ।
खानामा लापरबाही गर्नु हु“दैन, खानपानको मात्रा पनि कम गर्नु ठीक होइन । दिनमा तीन पटक भोजनको आवश्यकता हुन्छ । होलग्रेन ब्रेड, पास्ता तथा चामल आदिले लामो समयसम्म पेट भरिएको अवस्थामा राख्छ ।
पुरुषहरूले यो उमेरमा टमाटर, तरबुजा र मेवा बढी सेवन गर्नुपर्छ । कारण यिनमा भएको लाइकोपिन प्रोस्टेटले क्यान्सरको सम्भावना कम गर्छ ।


💢साठी वर्षपछि

६० वर्षपछि शरीरमा मिनरल्स र भिटामिनलाई पचाउने क्षमता पनि कम हुन्छ ।
आफ्नो डाइटमा रातो मासु समावेश गर्नु लाभदायक हुन्छ, कारण यसमा माइक्रो न्युट्रियन्ट्स हुन्छ । भिटामिन ‘बी’ टु अत्यन्त महत्वपूर्ण हुन्छ तर यो तरकारीबाट प्राप्त हु“दैन ।
६० वर्षपछि रोगप्रतिरोधक तन्त्र पनि कमजोर हुन्छ, । आफ्नो डाइटबाट यसलाई बलियो बनाउन सकिन्छ । भिटामिन सीको मात्रा बढाउनुपर्छ । यसका लागि फ्रुट जुस पिउनुपर्छ । भिटामिन सीले कोलाजन बढाउ“छ ।
कोलाजनले कोशिका, छाला, हड्डी, दा“त र कनेक्टिभ टिस्युजको आकार तथा बनावटलाई कायम राख्न मद्दत गर्छ । यसले घाउ–चोट आदिलाई चा“डै ठीक गर्न सहायता गर्छ ।
६० वर्षसम्म आउ“दा मानिसहरू पानी पनि कम पिउन थाल्छन् जसबाट डिहाइड्रेसन, कब्जियत तथा युरिनरी ट्रेकट इन्फेक्सन हुन सक्छ । त्यसैले दिनहु“ डेढदेखि दुई लिटर पानी पिउनुपर्छ ।
सेचुरेटेड फ्याटको मात्रा कम गर्नुपर्छ । बिस्कुट, केक तथा तयारी फुडबाट जोगिनुपर्छ ।


💢सत्तरी र त्यसभन्दा बढी उमेरमा

यो उमेरमा एनर्जी र प्रोटिनको आवश्यकता कम हुन्छ । यो उमेरमा २० वा ३० को उमेरको जस्तो डाइट उपयुक्त हु“दैन ।
टेस्ट बड्स कम हुनु र उमेर बढ्नुका कारण भोक पनि कम लाग्छ अनि तौल पनि कम हुन्छ । यस्तोमा मोनोअनसेचुरेटेड फ्याट लिनुपर्छ । आलुलाई उसिनेर मुछेपछि त्यसमा ओलिभ ओयल मिसाएर खानुपर्छ । यसले एनर्जी प्रदान गर्छ । दूध तथा दूधबाट बनेका परिकार पनि खान सकिन्छ ।
यो उमेरमा रोगप्रतिरोधक शक्ति कम हुन्छ तसर्थ सूप र सलादको मात्रा बढाउनुपर्छ । यो पचाउउन सहज हुनुका साथै एन्टी अक्सिडेट्सयुक्त समेत हुन्छ ।
यतिबेला पाचनसम्बन्धी समस्या पनि बढ्छ, जसबाट कब्जियत तथा पाइल्स हुन्छ । अतः फाइबरयुक्त आहारका साथ प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ...
14/09/2021

भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषणविज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन । पोषणविज्ञहरूका अनुसार खानाअनुसार खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा हुन्छ ।
भात

राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह बढाउन सक्छ ।

दही

दही खाने उत्तमसमय दिउँसो हो । दिउँसो दही खाँदा पेट पनि दुरुस्त रहन्छ । राति दही खानु हुँदैन । राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ ।

चिनी

चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ । राति गुलियो खाँदा मधुमेहको खतरा वृद्धि हुन्छ । राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ ।

ओखर

राति सुत्नुअघि स्न्याक्सका रूपमा ओखर खानु उपयुक्त हुन्छ । यसले शरीरमा मेलाटोनिन हार्मोन बनाउने काम गर्छ । मेलाटोनिनले राम्रो निद्रा लगाउँछ ।

केरा

व्यायामपछि केरा खाँदा राम्रो ऊर्जा प्राप्त हुन्छ । केरा पनि दिउँसो खानु राम्रो मानिन्छ । दिउँसो खाएको केराले लामो समयसम्म भोक लाग्न दिँदैन । सुत्नुअघि केरा खानु उपयुक्त हुँदैन, राति केरा खाँदा चिसो लाग्ने सम्भावना हुन्छ ।

दाल

बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो हो । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन । राति भने सकेसम्म दाल खानु हुँदैन, किनभने दाल छिटो पच्दैन ।

चिज

चिज बिहान खानु राम्रो मानिन्छ । साँझ वा राति चिज खाँदा पचाउन गाह्रो हुन्छ भने शरीरको तौल बढ्ने जोखिम वृद्धि हुन्छ ।

दूध

दूध राति पिउनु उपयुक्त हुन्छ । सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ । त्यसो त दूध जुनसुकै बेला पनि पिउन सकिन्छ ।

कफी

कफी बिहान पिउनुपर्छ । बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन । साँझ ७ बजेपछि कफी पिउनुहुँदैन किनभने त्यसले निद्रालाई प्रभावित तुल्याउछ।

11/09/2021

विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै

11/09/2021

असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन ।

बदाम मन नपराउने सायदै कोही होलान् । जाडो मौसममा साथीहरूसँग पारिलो घाममा बसेर बदाम खानुको मजा त झनै बेग्लै । यसको गुणको त...
08/09/2021

बदाम मन नपराउने सायदै कोही होलान् । जाडो मौसममा साथीहरूसँग पारिलो घाममा बसेर बदाम खानुको मजा त झनै बेग्लै । यसको गुणको तुलनामा बदाम स्वादिलो त हुन्छ ।

यो स्वास्थ्यका लागि पनि त्यत्तिकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ । यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ ।

बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ । यसबाहेक यो खानाले शरीरमा तागत पनि बढ्छ । यो भिटामिन ‘ई’ र भिटामिन ‘बी’ को पनि राम्रो स्रोत हो । यस्ता छन् बदाम खानुका फाइदाहरू:-

१. बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या हट्छ ।

२. बदाम खानाले शरीरमा तागत आउँछ । यसको अलावा यसले पाचन क्रियालाई सन्तुलित गर्न मद्दत गर्छ ।

३. गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ । यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ ।
४. प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ ।

५. बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ ।
६. बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन ।

७. यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हाड बलियो बन्छ ।
८. यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

05/09/2021

♻️म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन 💯

05/09/2021

♻️पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो ।

03/09/2021

'लागी पर्दै रहने हो भने असंभव केही छै।

Address

Bakri

Website

Alerts

Be the first to know and let us send you an email when Cmpl livin Hi Think posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cmpl livin Hi Think:

Share

Category