06/05/2025
- देस लाई साच्चै माया गर्ने हो भने यी भ्रस्ट लाई ठेगान लगाऊन २ महिना नो रेमिट्यान्स अभियान सुरु गरौ ।
———————————————————————————-
बिदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू, अब कम्तीमा २ महिना नेपालमा रेमिट्यान्स (विदेशी मुद्रा) पठाउनु बन्द गरौं।
हामीले पठाएको पसिनाको पैसा
– जसले देशको अर्थतन्त्र टिकेको छ,
– त्यही पैसा भ्रष्टाचार र कमिसनमा चलाइन्छ,
– त्यही पैसा सत्ताको भोगमा खर्च हुन्छ,
तर…
देशमा न रोजगारको सृजना, न इमानदार प्रयासको कदर।
जो राम्रो गर्न खोज्छ, थुन्ने या विदेस जान वाध्य गराऊने
जो अन्यायविरुद्ध बोल्छ, उसलाई जेल!
अब समय आएको छ — आवाज उठाउने।
कमसेकम २ महिना पठाउँदैनौं पैसा,
त्यसपछि थाहा हुनेछ — देशको रगत चुस्नेहरूलाई।
देशप्रेम भनेको सधैं पैसा पठाउनु मात्र होइन — कहिले काँही रोक्नु पनि देशको लागि हुँदोरहेछ र हुन्छ पनि
#नोरेमिट्यान्स
#बदलावकोलागि
#देशपहिले