शिवकुमार श्रीस को सचिवालय

  • Home
  • Nepal
  • Baglung
  • शिवकुमार श्रीस को सचिवालय

शिवकुमार श्रीस को सचिवालय News Coverage
Follow गर्नुहोला:::^^

04/05/2026

B***n

04/05/2026

02/05/2026

सरकार कहाँ छ?
लिपुलेखको बाटो बारे चिन र भारतले ब्यापारीक सम्झौता गर्दा तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो पटक, यो नेपाली भुभाग हो र नेपालको उपस्तिथि बिना भएको सम्झौता नमान्ने भनेर परराष्ट मन्त्रालयबाट कुटनैतिक नोट जारी भएको थियो।
यो हाम्रो औपचारिक दाबी थियो,जसको निरन्तरता बिगतमा हुँदै आयो। तर अहिले सरकार मौन छ? सरकारको ध्यान आफ्नै भुमिमा नागरिकलाई घरबार बिहिन बनाउन कुरामा छ तर आफ्नो भुमी बचाउन कुनै आवाज छैन। एउटा कुटनैतिक नोट समेत जारी गर्न नसक्ने कस्तो लाचारी हो यो?
राष्ट्रियताको सवालमा सरकारलाई साथ रहन्छ तर यसरी मौनता सादिदा भने खबरदारी गर्नै पर्छ। ***nshah

उदाहरणीय व्यक्तित्व — नगर प्रहरी भन्ने बित्तिकै हामीलाई फुटपाथमा व्यापार गर्नेहरूलाई लखेट्ने र फुटपाथ खाली बनाउने जस्तो ...
28/04/2026

उदाहरणीय व्यक्तित्व — नगर प्रहरी भन्ने बित्तिकै हामीलाई फुटपाथमा व्यापार गर्नेहरूलाई लखेट्ने र फुटपाथ खाली बनाउने जस्तो मात्र लाग्छ । तर यसको परिभाषालाई फेरीरहेका व्यक्ति हुन्, सिताराम हाछेथु । उनि ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख हुन् ।

२९ वर्ष लामो नेपाल प्रहरीमा काम गरेपछि उनि नगर प्रहरीमा आबद्ध भए र निक्कै धेरै सुधारका काम गरे । उनले नगर प्रहरीको हातबाट लट्ठी हटाए र 'लठ्ठीविनाको' नगर प्रहरी (Polite Policing) सुरु गरे । उनले बलले होइन बोलीले सम्झाउने काम गर्थे । उनले फुटपाथ पैदलयात्रीको लागि बनाउन व्यापारीलाई हताएनन् मात्र विभिन्न खुला स्थानमा व्यवस्थापन पनि गरिदिए । नेवा संस्कृति बुझ्न उनले नगर प्रहरीलाई नेवारी भाषा बुझ्न भाषा कक्षा पढाए ।

उनले पनि ट्यांकरको प्रयोग गरेर सम्पदा सफा राख्ने, नगर प्रहरी चढ्ने साधनलाई इभी प्रयोग गर्ने, गुट्खा बन्द गर्ने जस्ता काम गरे । उनैले सहर सुन्दर बनाउन अव्यवस्थित तार र होडिङ्ग बोर्ड हटाए । ट्यांकरबाट पानि लगेर सम्पदा नियमित पखाल्ने काम गरे । गुट्खा सेवन बन्द गराए ।

आज उनले नगर प्रहरीलाई सेवक प्रहरी जस्तै बनाएका छन् । नगरका हरेक कामको लागि नगर प्रहरी गुहार्न सकिन्छ । यी सबै काममा बिचमा उनी कहिल्यै विवादमा परेनन् । उनका प्रहरीले गरेको दमनको कुनै अप्रिय घटना हेर्नु परेन । प्रहरीको शरीरमा क्यामेरा जडान गरेर प्रविधी युक्त बनाए । आजको सुन्दर ललितपुरको पछाडी उउनै हाछेथुको हात छ भन्दा फरक नपर्ला ।

आफ्नो हातमा 'ट्राफिक नियम पालन गरौँ' भन्ने ट्याटु खोपेका उनि आफ्नो लागि भन्दा अरूको लगी धेरै खटिन्छन । यसैले त आफ्नो उत्कृष्ट सेवा बापत 'गोरखा दक्षिण बाहु', 'प्रबल जनसेवा श्री' लगायत करिब १२९ वटा विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

सिताराम हाछेथुको यी सबै उदाहरणीय कामहरूको लागि धेरै धेरै नमन ।

गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री पदबाट फेसबुकमा भावुक स्टाटास लेख्दै राजिनामा दिएका छन।😟👇️म, सुदन गुरुङ, मिति २०८२ चैत...
28/04/2026

गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री पदबाट फेसबुकमा भावुक स्टाटास लेख्दै राजिनामा दिएका छन।😟👇️
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.

हिजो धरानको मेयर हुँदा सुकुम्बासी समस्यालाई शत्रुवत् व्यवहार गर्ने उनको कडा हर्क  आज प्रतिपक्षमा बसेर तिनै सुकुम्बासीको ...
28/04/2026

हिजो धरानको मेयर हुँदा सुकुम्बासी समस्यालाई शत्रुवत् व्यवहार गर्ने उनको कडा हर्क आज प्रतिपक्षमा बसेर तिनै सुकुम्बासीको पक्षमा वकालत गर्ने उनको नयाँ अवतार देखिएको छ ।

एउटै व्यक्तिका दुई रूपमा किन छन् हर्क ?? मुड अनुसार चल्ने हर्क ।।

एमाले, कांग्रेस र माओवादी जस्ता मुख्यधाराका दलहरू मौन रहेको अवस्थामा हर्कको सामाजिक सञ्जालमा देखिने यो आक्रामक सुकुम्बासी प्रेम कति विश्वसनीय छ ? साँच्चिकै माया की प्रतिपक्षको आभास मात्र ??

याद गर्नुस ......हर्क साम्पाङले तत्कालीन मेयर हुँदा आफूले २०७२ सालभन्दा अघिदेखि बसोबास गर्दै आएका पुराना सुकुम्बासी बस्तीहरू नभत्काउने तर नयाँ अतिक्रमण र व्यवसायिक प्रयोजनका लागि सार्वजनिक जग्गा कब्जा गर्ने कार्यलाई कडाइका साथ रोक्ने बताएका थिए । उनको यो कदमको केहीले स्वागत गरेका थिए भने केहीले सुकुम्बासीलाई सास्ती दिएको भन्दै आलोचना पनि गरेका थिए ।

अहिले पूर्ण सुकुम्बासी एक हौं भन्दै क्यापेनिङ गर्दै छन् ।

गृहमन्त्री सुदन गुरुङको राजीनामापछि राजनीतिक माहोल तातिरहेका बेला ‘जेन्जी’ पुस्ताका युवा नेता प्रवेश दाहालले यसबारे कडा ...
28/04/2026

गृहमन्त्री सुदन गुरुङको राजीनामापछि राजनीतिक माहोल तातिरहेका बेला ‘जेन्जी’ पुस्ताका युवा नेता प्रवेश दाहालले यसबारे कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले गुरुङको राजीनामालाई “नैतिकताको उच्च उदाहरण” का रूपमा व्याख्या गर्दै, उनी छानबिनपछि निर्दोष सावित भई पुनः जिम्मेवारीमा फर्किने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता दाहालले गृहमन्त्रीको राजीनामाप्रति खुसी मनाइरहेका बिचौलिया र भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूलाई सचेत पनि गराएका छन्।
उनले भनेका छन्, “गृहमन्त्री निर्दोष प्रमाणित भएर अवश्य फर्किनुहुनेछ, त्यसमा ढुक्क रहनुहोस्। यो राजीनामा भाग्नु होइन, बरु छानबिन प्रक्रियालाई सहज बनाउने कदम हो। अहिले नै खुसी भएर उत्सव मनाउनु आवश्यक छैन, किनकि सत्यको जित ढिलो हुन सक्छ, तर अन्ततः निश्चित हुन्छ।”

कस्तो राम्रो निर्णय — कहिलेकही यस्ता दृश्यहरूले असाध्यै मन दुखठे जहाँ सडकमा भएको घा'इते उहार मागी रहँदा ओरिपरीका मान्छे ...
28/04/2026

कस्तो राम्रो निर्णय — कहिलेकही यस्ता दृश्यहरूले असाध्यै मन दुखठे जहाँ सडकमा भएको घा'इते उहार मागी रहँदा ओरिपरीका मान्छे हेरिरहेका हुन्थे, कानुनको डरले मानिसहरू चाहेर पनि सहयोग गर्न जान डराउदथे ।

तर अब समाचारमा आए अनुसार अब सडक दु'र्घटनाका घाइतेलाई उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछको डरलाई अन्त्य गर्न सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकको दफा ५० मा 'असल उद्धारकर्ता' लाई कानुनी संरक्षण दिँदै कसैले निस्वार्थ भावनाले घाइतेको उद्धार गर्दा वा अस्पताल लैजाँदा घाइतेको मृ'त्यु भएमा समेत उद्धारकर्तामाथि कुनै पनि देवानी वा फौजदारी कार'बाही नचलाइने स्पष्ट व्यवस्था गरिएको छ ।

अस्पताल लागे पनि उसका आफन्त छैनन् भने वा पैसाको स्रोत भएन भने उपचार गर्दिन भन्न नपाउने बध्यत्माक अवस्था ल्याउन लागिएको रहेछ । यो असाध्यै स्वागतयोग्य निर्णय हो । हाम्रो समाजमा यसै पनि मानवीय सहायता गर्नेहरूको संख्या निकै कम हुँदै छ, त्यसमा पनि केही होला कि भन्ने डरले सहयोग गर्न चाहनेहरू पनि शंकोच मान्नुपर्ने अवस्थामा यसले मानवता जगेर्नामा निक्कै ठूलो सहयोग पुर्याउनेछ ।

यो कामको लागी सरकारलाई धेरै धन्यवाद ।

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when शिवकुमार श्रीस को सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शिवकुमार श्रीस को सचिवालय:

Shortcuts

Share