Prithvinagar

Prithvinagar Please Like & Follow
Our official page.
(1)

गम्भीर ध्यानाकर्षण — चन्द्रगढी खानेपानी उपभोक्ता समिति र वडा नं. ९व्यक्तिगत फेसबुक आइडीबाट सूचना दिने तर आधिकारिक पेज र ...
27/07/2026

गम्भीर ध्यानाकर्षण — चन्द्रगढी खानेपानी उपभोक्ता समिति र वडा नं. ९
व्यक्तिगत फेसबुक आइडीबाट सूचना दिने तर आधिकारिक पेज र कार्यालयमा कुनै जानकारी नराख्ने—यो कस्तो गैरजिम्मेवार व्यवहार हो?

साउन ११ गते बेलुकी ९ बजेसम्म पनि पानी नआउँदा हामी जस्ता उपभोक्ता, विशेषगरी बिरामी सदस्य भएको परिवार, अत्यन्तै समस्यामा पर्‍यौँ। अन्ततः ९:३० बजे मात्र पानी आयो। खाना पकाउन समेत पर्खिनुपर्‍यो।
समयमै सूचना दिएको भए हामीले पानी जगेर्ना गर्न सक्थ्यौँ। यस्तो लापरवाही पूर्ण रूपमा अस्वीकार्य छ।

अर्कोतर्फ, मेरो घर अगाडिको बिजुली पोलको बत्ती एक महिनादेखि बिग्रिएको छ। वडा अध्यक्षलाई जानकारी गराउँदा पनि कुनै कार्यान्वयन छैन। के जनताको समस्या सुन्ने मात्र हो, समाधान गर्ने होइन?
स्पष्ट माग:
• खानेपानी सम्बन्धी सूचना तुरुन्तै आधिकारिक माध्यमबाट दिनुहोस्
|• आधारभूत सेवा (पानी, बत्ती) मा ढिलासुस्ती बन्द गरियोस्
|• वडा नं. ९ ले तत्काल बत्ती मर्मत गरोस्
|सदरमुकाम नजिकै बस्ने नागरिकले समेत यस्तो दुःख भोग्नुपर्दा सेवा प्रवाहको वास्तविक अवस्था स्पष्ट देखिन्छ। अब पनि बेवास्ता गरियो भने सम्बन्धित निकायको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठ्नेछ।







सेवारो फूल कथा नर्सरी' को सानो प्रयास र यात्रालाई देशका प्रतिष्ठित राष्ट्रिय मिडियाहरूले प्राथमिकताका साथ स्थान दिनुभएको...
10/07/2026

सेवारो फूल कथा नर्सरी' को सानो प्रयास र यात्रालाई देशका प्रतिष्ठित राष्ट्रिय मिडियाहरूले प्राथमिकताका साथ स्थान दिनुभएकोमा हार्दिक आभार! 🙏

आफ्नै माटोमा केही गर्ने एउटा सानो सोच र मिहिनेतलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण डिजिटल परिवार तथा आदरणीय ग्राहकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हजुरहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। 🙏💚
​ 🌱
- SEWARO FUL KATHA
Philip Limbu Leebang

हार्दिक बधाई तथा शुभकामना! 💐​हाम्रो भद्रपुर नगरपालिकाका आदरणीय कृषि प्राविधिक एवं माटोका सच्चा ज्ञाता सुमन बिमली सरलाई R...
01/07/2026

हार्दिक बधाई तथा शुभकामना! 💐

​हाम्रो भद्रपुर नगरपालिकाका आदरणीय कृषि प्राविधिक एवं माटोका सच्चा ज्ञाता सुमन बिमली सरलाई RAW Climate Award प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ!

​ यो सुखद सफलताले हामी सम्पूर्ण नगरवासी र कृषि क्षेत्रमा आबद्ध सबैलाई निकै गौरवान्वित बनाएको छ। माटोको स्वास्थ्य र वातावरण संरक्षणका लागि उहाँले पुर्‍याउनुभएको निरन्तर योगदानको यो एउटा उच्च सम्मान हो।
​कृषि क्षेत्रको विकास र किसानहरूको हितका लागि उहाँको ज्ञान र उर्जा सधैं यसरी नै अघि बढिरहोस् भन्ने कामना गर्दछौँ। आगामी दिनमा अझ धेरै सफलता र प्रगतिको हार्दिक शुभकामना |

यही असार 21 गते देखि अर्पण लिम्बु स्मृति कप (2083) सुरु हुन गहिरहेछ... आफ्नो टीमलाई फुल समर्थन गर्न र हेर्न आउनु होला!स्...
27/06/2026

यही असार 21 गते देखि अर्पण लिम्बु स्मृति कप (2083) सुरु हुन गहिरहेछ... आफ्नो टीमलाई फुल समर्थन गर्न र हेर्न आउनु होला!
स्थान :- भद्रपुर 1 (डी गाऊ) दीपक स्कूल ग्राउंड
समय :- 2 pm
थप जानकारीको लागी 970-6455829 मा सम्पर्क गर्नु सक्नु हुनेछ!

🌟 सुद्ध नृत्य युद्ध – द ग्रान्ड फिनाले🌟नृत्यप्रेमी महानुभावहरू, आदरणीय अतिथिज्यूहरू, अभिभावक, तथा सम्पूर्ण कला प्रेमी दर...
11/06/2026

🌟 सुद्ध नृत्य युद्ध – द ग्रान्ड फिनाले🌟

नृत्यप्रेमी महानुभावहरू, आदरणीय अतिथिज्यूहरू, अभिभावक, तथा सम्पूर्ण कला प्रेमी दर्शकवृन्दमा हार्दिक निमन्त्रणा !

**Nrityalaya School of Dance** को दोस्रो वार्षिकोत्सवको विशेष अवसरमा आयोजित “शुद्ध नृत्य युद्ध – The Purest Dance Showdown”को भव्य ग्रान्ड फिनाले कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।

🔥 देशका प्रतिभाशाली नृत्य प्रतिस्पर्धीहरूको उत्कृष्ट प्रस्तुति
🔥 रोमाञ्चक प्रतिस्पर्धा र मनोरञ्जनले भरिपूर्ण माहोल
🔥 नृत्य, कला र संस्कृतिको अद्भुत संगम

📅 मिति: २०८३ साल जेठ ३० गते
🕙 समय: बिहान १०:०० बजे देखि
📍 स्थान: ग्यालेक्सी पार्टी प्यालेस, सोमबारे चोक, भद्रपुर–२

आउनुहोस्, प्रतिभाको सम्मान गरौं, नृत्यको उत्सव मनाऔं, र यस ऐतिहासिक ग्रान्ड फिनालेको साक्षी बनौं।

“जहाँ जोशले मञ्च भेट्छ, त्यहीँ जन्मिन्छ उत्कृष्ट प्रस्तुति!”

शुद्ध नृत्य युद्ध – द प्युरेस्ट डान्स शोडाउन
ग्रान्ड फिनालेमा सम्पूर्ण जनसमुदायलाई हार्दिक स्वागत छ। 🙏✨

📞 थप जानकारीका लागि: ९८१७००९७२६

03/06/2026

भद्रपुरका कृषि प्राविधिक मित्र सुमन बिमलीलाई RAW को उपाधि दिलाउन साथ दिऔँ!

नेपालकै पहिलो र ऐतिहासिक एग्रिकल्चर रियालिटी शो "रेभोलुसनरी एग्रिकल्चर वार" (RAW) को महासंग्राममा हाम्रो भद्रपुर नगरपालिकाका कृषि प्राविधिक मित्र सुमन बिमली उत्कृष्ट ३ (Top 3) मा पर्न सफल हुनुभएको छ। यो सिङ्गो भद्रपुर र हाम्रो क्षेत्रकै लागि निकै ठुलो गौरवको विषय हो |

​भिडियोमा सुमन जीले भन्नुभएझैँ, रुख-बिरुवा रोप्नु भनेको केवल प्रकृति जोगाउनु मात्र होइन, हाम्रो हरित अर्थतन्त्रलाई बलियो बनाउनु, भावी सन्ततिका लागि 'पेन्सन' सुरक्षित गर्नु र आर्थिक जीवनस्तर सुधार्नु पनि हो। उहाँको यो पर्यावरण र कृषिलाई जोड्ने सुन्दर सोच र प्राविधिक क्षमतालाई अब हामी सबैले साथ दिनुपर्ने बेला आएको छ।
​तपाईंले रोप्ने हरेक बिरुवा, सुमन जीका लागि एक भोट हुनेछ!

कृषि प्राविधिक मित्र सुमन बिमलीलाई यो प्रतियोगिताको विजेता बनाउनका लागि हामी सबैले आ-आफ्नो तर्फबाट मतदान गरौँ र यो अभियानलाई सफल पारौँ।

29/05/2026

🚨 मोबाइल हराएको जरुरी सूचना! 🚨

​हिजो बेलुका चन्द्रगढी (सगरमाथा) बाट ज्ञानेचोक आउने क्रममा एउटा मोबाइल फोन हराएको छ। यस विषयमा स्थानीय प्रहरी चौकीमा समेत रिपोर्ट (उजुरी) दर्ता भइसकेको र खोजी कार्य जारी रहेको जानकारी गराउँदछौँ।

​विस्तृत विवरण:
​हराएको समय: हिजो बेलुका
​हराएको स्थान/रुट: चन्द्रगढी सागरमाथा देखि ज्ञानेचोक सम्म

​लास्ट लोकेशन ट्रेकिङ: आज बिहान (२०२६-०५-२९) ठीक ३:०१:४० बजे उक्त फोन पृथ्वीनगर, झापा (Numa Fung Restaurant / Aaisha Traders क्षेत्र आसपास) मा पुगेर Switch Off भएको देखिएको छ।

​उक्त मोबाइल फोन फेला पार्नुहुने महानुभावले वा फेला परेको बारे केही जानकारी पाउनुहुनेले कृपया मानवीयताको नाताले तलका नम्बरहरूमा वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
फोन फेला पारेर बुझाउनुहुने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था समेत गरिनेछ।

​सम्पर्कका लागि:
📍 सम्पर्क व्यक्ति: प्रशन्ना लिम्बु (ज्ञानेचोक, मुनल स्कुल नजिकै)
📞 सम्पर्क नम्बर: 9816037719

​कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर फेला पार्न मद्दत गरिदिनुहोला! 🙏

🔑 चाबी भेटिएको सूचना! 🔑​बाटोमा हिँड्ने क्रममा एउटा चाबी फेला परेको हुनाले सम्बन्धित व्यक्तिसम्म पुगोस् भनी यो सूचना पोस्...
16/05/2026

🔑 चाबी भेटिएको सूचना! 🔑

​बाटोमा हिँड्ने क्रममा एउटा चाबी फेला परेको हुनाले सम्बन्धित व्यक्तिसम्म पुगोस् भनी यो सूचना पोस्ट गरिएको छ।
​भेटिएको स्थान: भद्रपुर-२, सगरमाथा (दशकट्ठे जाने बाटो तिर)

​सम्पर्क नम्बर: 9807934049

​यदि यो चाबी तपाईंको हो वा तपाईंले यसको धनीलाई चिन्नुहुन्छ भने, कृपया माथि दिइएको मोबाइल नम्बरमा सिधै सम्पर्क गरेर आफ्नो चाबी लिनुहोला|

​नोट: जानकारी फैलाउन र सम्बन्धित व्यक्तिसम्म चाँडै पुर्‍याउन यो पोस्टलाई बढी भन्दा बढी Share गरिदिनुहोला। धन्यबाद! 🙏

16/05/2026

झन्डै २ करोडको लगानीमा बनेको कंचनकवल सिँचाई आयोजना संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत!
युएनडिपी र गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको यो परियोजना उद्देश्य अनुसार सफल भएन। १९ बिघा क्षेत्रफल ओगटेको यो क्षेत्र अहिले ३०-४० वटा गाईवस्तुको चरन क्षेत्र बनेको छ। यस्तो अलपत्र अवस्थाका बारेमा स्थानीय जनता, बुद्धिजीवी, जनसरोकारवाला र सचेत नागरिकले आवाज उठाउनुपर्छ, लेख्नुपर्छ, बोल्नुपर्छ। सरकार र युएनडिपीको ध्यान अविलम्ब केन्द्रित गराउन चाहन्छौ |

परियोजनाको नाम: "बहुआयामिक कृषि वन परियोजना मार्फत क्षयीकृत भूमिको पुनर्स्थापना"

(Degraded Land Rehabilitation Through Multilayer Agroforestry Project)

🚨 पर्स हराएको सूचना! 🚨​नरेन थापाको केहि पैसा, ATM कार्ड र बाइकको ब्लु-बुक भएको पर्स भद्रपुर-३ भैसाबाडी देखि भद्रपुर-२ कु...
02/05/2026

🚨 पर्स हराएको सूचना! 🚨
​नरेन थापाको केहि पैसा, ATM कार्ड र बाइकको ब्लु-बुक भएको पर्स भद्रपुर-३ भैसाबाडी देखि भद्रपुर-२ कुले चोक घर फर्किने क्रममा उहाँको पर्स हराएको हुँदा फेला पार्नुहुने महानुभावले निम्न ठेगानामा सम्पर्क गरिदिनुहोला।

नोट : उहाँले उहाँको पर्समा भएको पैसा नचाहिने र डकुमेन्ट मात्रै भए पुग्ने र पर्स बुझाउने व्यक्तिलाई थप नगद पुरस्कारको समेत व्यवस्था गर्नु भएको छ।
​✅ स्थान : भद्रपुर-२ (कुले चोक)
✅ सम्पर्क: ९८२८६२५५३६ (हरी सब्जी पसल)

Address

Sombare
Bhadrapur

Telephone

+9779845450020

Website

Alerts

Be the first to know and let us send you an email when Prithvinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share