Tiger News

Directions Website

Tiger News प्रबन्ध सम्पादक : प्रेमसिंह बिष्ट
सुदूरपश्चिम प्रदेश नेपाल

A true voice for an aware society.

Latest news, opinions, and analysis from Nepal and around the world-all in one place.”

टीकापुरमा पनि चोरी, दसैँ मनाउन पोखरा गएको समयमा घरबाट धनमाल गायबकैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ११ निवासी तुल्सी...
25/10/2026

टीकापुरमा पनि चोरी, दसैँ मनाउन पोखरा गएको समयमा घरबाट धनमाल गायब

कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ११ निवासी तुल्सीराम शर्मा पौड्यालको घरबाट सुनचाँदी, नगद तथा अन्य धनमाल चोरी भएको छ।

दसैँ मनाउन पौड्याल पोखरा गएको समयमा घरमा कोही नभएको मौका छोपेर चोरी भएको बताइएको छ।

#कैलाली #टीकापुर #चोरी #स्थानीयसमाचार

गोदावरीको वनदेवी टोलमा चोरी, ६ तोला सुन र डेढ लाख रुपैयाँ नगद गायबकैलालीको गोदावरी नगरपालिका-१ वनदेवी टोलस्थित हरिमोहन भ...
25/10/2026

गोदावरीको वनदेवी टोलमा चोरी, ६ तोला सुन र डेढ लाख रुपैयाँ नगद गायब

कैलालीको गोदावरी नगरपालिका-१ वनदेवी टोलस्थित हरिमोहन भट्टको घरबाट ६ तोला सुन, २ तोला चाँदी र १ लाख ५० हजार रुपैयाँ नगद चोरी भएको छ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न आसपासका घरमा जडान गरिएका सीसीटीभी क्यामेराका फुटेज जाँच भइरहेको बताइएको छ।

#गोदावरी #कैलाली #चोरी #वनदेवीटोल #स्थानीयसमाचार

एनपीएल सिजन-३ को पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैअत्तरिया :- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटक...
25/10/2026

एनपीएल सिजन-३ को पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

अत्तरिया :- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्धारित खेल तालिकाअनुसार दुवै टोलीबीच सोमबार, कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ। खेल साँझ ५ बजे सुरु हुने कार्यक्रम छ।

एनपीएलको पहिलो खेलमै मैदान उत्रिन लागेको सुदूरपश्चिम रोयल्स यसपटक पनि उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुँदैछ। सुदूरपश्चिमका समर्थकले टोलीको पहिलो खेललाई चासोका साथ हेरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्य सुदूरपश्चिम रोयल्सको हुनेछ।

24/10/2026

‘१२ गाउँ-२’ हेरेर माया गरिदिनुहोस्’: नायक समिर भट्टको अपिल, चलचित्रको टिमसहित भोलि धनगढीको एसटीएस सिनेमामा दर्शकसँग साक्षात्कार गर्दै

23/10/2026

भारत गएको विषयमा अनावश्यक हल्ला नगर्न रास्वपा सभापति रवि लामिछानेको आग्रह

रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु धनगढी एयरपोर्टमा तस्बिर :हेमर...
23/10/2026

रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु धनगढी एयरपोर्टमा
तस्बिर :हेमराज भट्ट

रवि लामिछाने तीनदिने तीर्थाटनका लागि भारत प्रस्थानकाठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछान...
23/10/2026

रवि लामिछाने तीनदिने तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकितासहित तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन्।

उनी आज बिहान काठमाडौंंबाट हवाईजहाजमार्फत धनगढी पुगेपछि भारततर्फ जाने कार्यक्रम छ। भ्रमणका क्रममा उनले उत्तराखण्डको कैंची धाम र आसामको कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

23/10/2026

आगामी स्थानीय तह निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित नेकपा एमाले विशेष रणनीति र योजनाका साथ चुनावी तयारीमा जुटिरहेको छ : केन्द्रीय कमिटी उपमहासचिव तथा प्रवक्ता भट्ट
#सुदूरपश्चिम_प्रदेश #अत्तरिया #गोदावरीनगरपालिका

गोदावरीमा रास्वपाबाट मेयरका लागि ६ जनाको आवेदनअत्तरिया :- कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
22/10/2026

गोदावरीमा रास्वपाबाट मेयरका लागि ६ जनाको आवेदन

अत्तरिया :- कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी स्थानीय तह निर्वाचनका लागि मेयर पदमा ६ जनाले आवेदन दिएका छन्।

रास्वपाको मेयर क्यान्डिडेट क्लबमा आज बिहानसम्म प्राप्त विवरणअनुसार उपप्रमुख पदका लागि एक जना र वडाध्यक्ष पदका लागि १६ जनाले आवेदन दिएका छन्।

आगामी स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिकाको नेतृत्व गर्ने आकाङ्क्षासहित रास्वपाको क्यान्डिडेट क्लबमा विभिन्न पदका लागि आवेदन दिनेहरूको सङ्ख्या बढ्दै गएको छ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत सञ्चालन गरेको क्यान्डिडेट क्लबमा मेयर, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन दिने क्रम जारी रहेको छ।

22/10/2026

With DB Bist – I just got recognised as one of their top fans! 🎉

Address

Attariya
Dhangadhi
10903

Alerts

Be the first to know and let us send you an email when Tiger News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share