The Dhanusha Express

The Dhanusha Express This page will also be put in place for any photos and other videos
Only new videos will be kept on

धनुषा जिल्ला फुटबल संघलिंग सम्बन्धमा
15/05/2024

धनुषा जिल्ला फुटबल संघ
लिंग सम्बन्धमा

सबैला न पा मा हुन गइरहेको फुटबल तालिका
11/05/2024

सबैला न पा मा हुन गइरहेको फुटबल तालिका

14/11/2023

जनकपुर रेल्वेमा कटेर एक जनाको मृत्यू, शरिर दुई टुक्रा !
२०८० कार्तिक २८ मंगलबार
बिहान १०:१९ बजे

जनकपुरधाम । नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । घटना आजै बिहान भएको हो ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा एक जनाको कटेर मृत्यू भएको प्रहरीले जनाएको छ । रेल्वे लीकमा पर्दा शरिर दुई टुक्रा भएको प्रत्यदर्शीहरुले जनाएको छ ।

बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलमा कटेर मृत्यू भएको हो । मृतको सनाखत हुन सकेको छैनन् भने प्रहरीको टोली घटनाको मुचुल्का गरिरहेको छ ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

02/11/2023

खराब कर्जा घटाएपछि उकासिँदै सपोर्ट लघुवित्तको अवस्था

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५९.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

लघुवित्तको निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापत कम रकम व्यवस्था गर्दा खुद नाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेर १ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ७९.८७ प्रतिशत बढेर ७४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.१९ प्रतिशत र सञ्चालन मुनाफा २५९.२१ प्रतिशत बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.६६ प्रतिशतबाट १.६७ प्रतिशतमा झरेको छ। जसका कारण सम्भावित जोखिम बापतको व्यवस्थामा लघुवित्तले साढे ६ लाख रुपैयाँ मात्र छुट्याएको छ। यसले गर्दा लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न टेवा पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ७ पैसाबाट बढेर ६ रुपैयाँ ७१ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ५४ पैसा रहेको छ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ४.१९ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ३१ करोड ४४ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब २७ करोड २० लाख रुपैयाँ सापटीबाट १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

28/10/2023

मिति २०८०_७_११ राति
सामान्यतया चन्द्रग्रहण पूर्णिमा कै दिनमा पर्ने गर्छ
चन्द्रोदय : रतिको १बजेर १९ मिनट ग्रहणको सुरुवात
मध्यावधि : रातिको १ बजेर ५९ मिनट
मोक्ष: रातिको २ बजेर ३८ मिनट
चन्द्र ग्रहणको सुतक कॉल सामान्यतय गहन लाग्नु ९ घण्टा आगमै सुरु हुन्छ यो टाइममा शुभ कार्य गर्नु हुँदैन

पेट्रलियम पदार्थको मूलयमा फेरी वृद्धि भएको छ
15/09/2023

पेट्रलियम पदार्थको मूलयमा फेरी वृद्धि भएको छ

30/08/2023

Cricket asian cup Nepal VS Pakistan highlights.

08/03/2020
Dance At Manakamana Temple
22/12/2017

Dance At Manakamana Temple

Address

45600
Janakpur
00977

Website

Alerts

Be the first to know and let us send you an email when The Dhanusha Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share