04/02/2021
यो साथी रहरले होईन, पक्कै ट्याक्सी कीन्दा लिएको ऋणको ब्याज तिर्ने पैसा, घरबेटीको भाडा तिर्न , चुलोमा आगो जलाउन र परिवारका साना साना इच्छाहरू पुरा गर्न हम्मे हम्मे भएर एका विहानै बन्दको त्रास मै पनी सडकमा निस्कियो होला। अब यो ट्याक्सी संगै उसका कति सपना जलाईएका छन्। म चुप छु किन कि यो टयाक्सी मेरो होइन अनी त्यो ट्याक्सी चालक मेरो कोहि पनी पर्दैन र देश जलेको हेर्ने फुर्सद छैन।