23/03/2023
༈སློབ་དཔོན་ཆེན་པོ་པདྨ་འབྱུང་གནས་ཀྱིས།
དུག་ཤིང་དུག་གི་ལོ་མ་འཐེན་མཁན་ཚོ།།
པདྨ་འབྱུང་ང་ལ་གསོལ་བ་མ་ཐོན་ཅིག །
ཚེ་འདི་ཐ་མ་ཁ་དང་དུག་མདའ་ཁ།།
ཕྱི་མ་ང་དང་མ་མཇལ་ན་རེ་སྐན།།
आचार्य पद्मसंभवले भन्नुभएको।
बिषालु रुख, बिषालु पातको सेवन गर्नेहरु।
पद्मसंभव मलाई प्राथना नगर्नु।
यस जिवनमा बिषालु धुम्रपान सेवन गर्नेहरु।
पछि कहिल्यै पनि मेरो दर्शन हने छैन।
འཐུངས་བའི་མི་འདི་བྱང་ཆུབ་སེམས་རྩ་བསྐམ།།
བཞི་བརྒྱ་རྩ་བཞི་ནད་རྣམས་ལྡང་བར་བྱེད།།
འཐུངས་བས་ཤི་ཚད་དང་སོང་གསུམ་དུ་སྐྱེ།།
-གུརུ་རིན་པོ་ཆེས་གསུངས་པའོ།
धुम्रपानको सेवन गर्ने मान्छेको बोधिचित्तको जरा सुकेर जान्छ।
धुम्रपानको सेवन गर्नाले चार सय चौबिस प्रकारको रोगहरु एकदम बढेको जान्छ।
धुम्रपान सेवन गर्ने व्यक्ति मृत्यु पछि त्रिदुर्गतिमा जन्म लिनेछ।
-गुरु रिन्पोछेले भन्नु भएको।
धुम्रपानको उत्पति बुद्धको शासनलाई सकाउने र सम्पुर्ण प्राणीहरुको इन्द्रियलाई नकारात्मक मार्गमा लैजाने उदेश्यले एउटा नराम्रो मारको महिलाले आफुमा भएको नकारात्मक शक्तिबाट पहिले एउटा बोटको उत्पादन गरेको थियो जुन बोट अहिलेको समयमा भन्ने हो भने धुम्रपानको उत्पादन गर्ने बोट हो। जस्तै सुर्ति, गजा ईत्यादि।
धुम्रपानको सेवन गर्नाले हाम्रो पञ्च ईन्द्रियहरुको शक्ति घटेर जान्छ र सोच्ने शक्तिको कमि भए पछि नकारात्मक काम हरु गर्ने हुन्छ।
त्यसैगरी दोस्रो बुद्ध गुरु पद्मसंभवले भन्नु भएको अनुसार धुम्रपान सेवन गर्ने व्यक्तिले मलाई प्राथना नगर्नु त्यस्तो व्यक्ति मेरो शिष्य हुने छैन र धुम्रपान सेवन गर्ने व्यक्तिले मलाई प्राथना पनि नगर्नु। जो व्यक्तिले धुम्रपान सेवन गर्दछ र त्यस व्यक्तिले मेरो कहिल्यै पनि दर्शन गर्न सकिदैन भन्नुभएको छ। जुन व्यक्तिले धुम्रपानको सेवन गर्दछ त्यो व्यक्तिमा बोधिचित्तको कहिल्यै पनि बिकाश हुदै र बोधिचित्तको मुल जरा नै सुकेर एवम् हराएर जान्छ। बोधिचित्तको नै बिकाश नभए पछि त्यो व्यक्तिले कहिल्यै पनि मुक्ति एवम् बुद्धत्व प्राप्त गर्न सक्दैन र देव लोक र मनुष्यमा जन्म लिनु र बुद्ध भुवनमा जन्म लिनु कदापि सक्दैन र त्यस्तो व्यक्तिको जन्म त्रिदुर्गती(प्रेत, पशु र नर्क)मा जन्म लिई अनेकौ कल्प सम्म दुःख भोग्नु पर्ने हुन्छ। धुम्रपानको सेवन गर्नाले नै चार सय चौबिस प्रकारको रोगहरु फैलिएर जानेछ र विनाशकारी निम्त्याउने हुन्छ। धुम्रपानको सेवन गर्दा निस्कने धुवा बाट यस पृथ्वीमा भएको देव, नाग, भुमिपती, स्थानपतीहरु लाई पनि हानि पुग्ने हुदा उनि हरुले पनि हामिलाई हानि पुर्याउने गर्दछ साथै धुम्रपान सेवन गर्नाले यस जिवनमा पनि हाम्रो धनको हानि र स्वास्थ्यमा पनि हानि हुने गर्दछ।
त्यसैले धुम्रपान सेवन गर्नेुको अलिकति पनि फाइदा नभइ बेफाइदा मात्रै भएकोले धुम्रपान त्याग गर्नु पर्दछ र म हजुरहरु सामु यहि नै बिन्ती गर्दछु।🙏🙏🙏🙏🙏