Gadaraya - 07

Gadaraya - 07 गाउँ घर चिनाउने अभियान (गडराय)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खप्तडछान्ना गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष पदका लागि Gopal Khadka  ज्यूले ...
20/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खप्तडछान्ना गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष पदका लागि Gopal Khadka ज्यूले उम्मेदवारी दर्ता गराउनुभएको पोस्टर सामाजिक सञ्जालमा देखियो।लोकतन्त्रमा जो कसैलाई पनि चुनाव लड्ने र उम्मेदवारी दिने अधिकार हुन्छ। तर, आजको मुख्य प्रश्न भनेको — "हामी चुनाव चिन्ह र पार्टीको लहर हेरेर भोट दिने कि उम्मेदवारको आफ्नै स्पष्ट भिजन र कार्ययोजना हेरेर?"
रास्वपाको बढ्दो लहरका कारण धेरै ठाउँमा नयाँ अनुहारहरू राजनीतिमा आउनु राम्रो पक्ष हो। तर, केवल अवसरको फाइदा उठाउन वा पार्टीको नाम भजाएर मात्रै स्थानीय तह जित्न सम्भव छ र?वडा अध्यक्ष भनेको जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने सबैभन्दा नजिकको जनप्रतिनिधि हो। स्थानीय सरकार संचालन, विकास निर्माण, बजेट व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा वडाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।

त्यसैले, उम्मेदवार ज्यूसँग समग्र यूवा साथीहरुको तर्फबाट केही सीधा प्रश्नहरु ...

१. स्पष्ट भिजन र एजेन्डा :- खप्तडछान्ना-७ को समग्र विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा रोजगारका लागि तपाईँको ठोस र व्यवहारिक योजना के छ?

२. स्थानीय निकायको महत्त्व :- स्थानीय सरकारको अधिकार र जिम्मेवारीलाई तपाईँले कसरी बुझ्नुभएको छ? केवल पार्टीको नाममा भोट माग्ने कि वडाको विकासका लागि स्पष्ट खाका प्रस्तुत गर्ने?

३. जवाफदेहीता :- भोलि चुनाव जितेपछि वडाबासीप्रतिको पारदर्शिता र जवाफदेहीता कायम राख्न तपाईँसँग के कस्ता योजना छन्?

हामीलाई केवल भाषण र लहर होइन, काम गर्न सक्ने क्षमता र स्थानीय समस्या बुझेको सक्षम नेतृत्व चाहिएको छ। उम्मेदवार ज्यूले आफ्ना यी प्रश्नहरूको स्पष्ट उत्तर सार्वजनिक रूपमा प्रस्तुत गर्नुहुनेछ भन्ने आशा छ।

09/08/2026

#सन्दर्भ :- #रोकाया_परिवारमा_हराउँदै_गएको_सम्बन्ध 🥲

राजनीतिको फोहोर खेल र स्वार्थको राजनीतिले आज आफ्नै मान्छेलाई टाढा बनाइदिएको छ। एउटै जगमा हुर्केका, एउटै माटोमा खेलिएका सम्बन्धहरू पनि आज पछि पर्दै गएका छन्। दुःखको कुरा, आज परिवार र छिमेकीको सम्बन्ध केवल 'जिउँदाको जन्ती र मर्दाको मलामी' मा मात्र सीमित हुन थालेको छ। खुसी र देखावटीमा त सबै झुम्मिन्छन् तर जब कसैलाई साँचो दुःख र अप्ठ्यारो पर्छ, तब आड भरोसा दिने हातहरू किन पछि हट्छन्? हामीले बुझ्नुपर्ने कुरा के हो भने—राजनीति र स्वार्थ त आउँछन्-जान्छन् तर आपत्-विपत्‌मा काम लाग्ने भनेको आफ्नै भाइचारा र सामाजिक सद्भाव नै हो।
राजनीतिक विचार र घमण्डलाई एकातिर पन्छाएर एक-अर्काप्रति हेर्ने दृष्टिकोण बदलौँ। अरूलाई हेप्ने वा बेवास्ता गर्ने भन्दा पनि दुःखमा परेका आफ्नैलाई हातेमालो गरेर अघि बढाउने संस्कृति बसालौँ। जिउँदाको सुख-दुःख र समस्यामा सँगै उभिन सकिएन भने केवल मरेपछिको मलामी जानुको कुनै अर्थ रहँदैन। भाइचारा जोगाउन र हराउँदै गएको सामाजिक एकतालाई पुनर्जन्म दिन आजैबाट आफ्नो मनको दूरी घटाउन आवश्यक छ।
❤️
ाज_निर्माण_गरौ
#एकता_नै_तागत_हो

04/08/2026

"पसिना बगाएर काम गरिसकेपछि तोकिएको ज्याला माग्नु कुनै भीख वा दया होइन, मजदुरको नैसर्गिक अधिकार हो। दिनभरिको श्रमको मूल्य दिन आलटाल गर्नु सोझै शोषण हो। समयमै पाउनुपर्ने मिहिनेतको कमाई रोकेर मजदुरको चुलो बन्द गराउने छुट कसैलाई छैन। श्रमको सम्मान गरियोस्, तोकिएको भुक्तानी दिइयोस्!"

एकता नै सबै भन्दा ठूलो तागत हाे।❤️ श्री शान्तिनगर Three Star यूवा क्लव  #भेटगाट_कार्यक्रम
01/08/2026

एकता नै सबै भन्दा ठूलो तागत हाे।❤️
श्री शान्तिनगर Three Star यूवा क्लव
#भेटगाट_कार्यक्रम

खप्तड छान्ना गाउँपालिका आ.व २०८३/८४ को नीति कार्यक्रम तथा बजेट  #जानी_राखौ
24/07/2026

खप्तड छान्ना गाउँपालिका आ.व २०८३/८४ को नीति कार्यक्रम तथा बजेट
#जानी_राखौ

21/07/2026

गुरेल झरना ❤️

19/07/2026

👉 याद- निन्द्रा

- यति राती सम्म किन नसुती बसिरहन्छौ ?
- निन्द्रा आउँदैन ।
- किन ?
- किनभने तिम्रो याद आउँछ।
- अनि यसमा निन्द्राकाे के सम्बन्ध छ र ?
- तिमी र निन्द्रा दुबै एकैसाथ आउन सक्दैनौं । एउटा ले त सधैँ पछि हट्नै पर्छ।
- हाे र ?
- हाे ; तिमी अब याद नआउनु , मलाई निन्द्राको धेरै आवश्यकता छ ।

08/07/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gadaraya - 07 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share