Luck Nepal

Luck Nepal Nepali online News portal | Luck Nepal | Nepali politics,truism, visit Nepal, national, international

15/04/2026
30/03/2026

02/02/2026

केपी ओली हार्ने डरले यसरी बौलाउँदै !

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच बालेन प्रधानमन्त्रीको उम्मेदवार हुनेगरी र लामिछाने रास्वपा सभापति नै रहन...
28/12/2025

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच बालेन प्रधानमन्त्रीको उम्मेदवार हुनेगरी र लामिछाने रास्वपा सभापति नै रहने गरि भएको सहमति बीच गरिएका अन्य सम्झौता -

१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

20/12/2025

किताबले सिकायो दुनिया गोलो छ तर भोगाइले सिकायो दुनिया त स्वार्थी पो रहेछ !!

21/11/2025

Mukus

01/04/2021
उ कम्युनिस्ट !ब्यापारीलाई चोर भन्छ कर्मचारीलाई घुस्याहा ठान्छकिसानलाई अवसरबादी भन्छमजदुरलाई पिछडिएको देख्छ आफू बाहेक सबै...
18/08/2020

उ कम्युनिस्ट !

ब्यापारीलाई चोर भन्छ
कर्मचारीलाई घुस्याहा ठान्छ
किसानलाई अवसरबादी भन्छ
मजदुरलाई पिछडिएको देख्छ
आफू बाहेक सबै सुतेको देख्छ
चिमोटी चिमोटी जगाउनु पर्छ भन्छ
काम केही गर्दैन
किनकि उसलाई पुजीवादमा सबै बिटुलो बिटुलो लाग्छ !

श्रीमतीलाई सिन्दुर नलगाउ भन्दैन
साथिलाई किन जनै लाको भन्छ
छोरालाई अमेरिका नजाउ भन्दैन
यो देशमा बोर्डिङ स्कुल किन खोलेको भन्छ

राखेर सबै
'कट्टर कम्युनिस्टहरु' एकठाउ
सर्बसम्म्त निर्णय गर्दा
यो धर्तिमा एउटा रौ पनि फेरिन्न
सबैले भनेको कुरा मानौ
एउटा पत्थर पनि काम लाग्ने भेटिन्न

हरेक कम्युनिस्ट
एउटा सिङ्गै पार्टी जस्तो
आफु भन्दा त्यागी देखे उग्रवामपन्थी भन्छ
आफुलाई बढी त्यागी देखे अरुलाई बिग्रेको ठान्छ
आफू जत्ती छ त्यो आवश्यकता
अरु जहाँ छ त्यो ढोङ पाखन्ड
सबै भत्काइदिउ भत्काइदिउ जस्तो गर्छ

प्रीय मित्र
तिम्रो परिभाषा भित्र बसेर
अहं मलाई कम्युनिस्ट हुनु छैन !
बरु पार्टीमै नलागेको
एउटा शुद्ध मान्छे
मेरो नजरमा कम्युनिस्ट हो
किनकी उ आफ्नो खुट्टामा त उभिएको हुन्छ।
-पवन रेग्मी

बाँदरले न आफ्नो घर बनाउँछ,न अरुलाई बनाउन दिन्छ।पछिल्लो समयमा मेमोरी किङ् विजय शाही भाई निकै चर्चामा छन्। उनले आफ्नो अद्भ...
25/07/2020

बाँदरले न आफ्नो घर बनाउँछ,न अरुलाई बनाउन दिन्छ।पछिल्लो समयमा मेमोरी किङ् विजय शाही भाई निकै चर्चामा छन्। उनले आफ्नो अद्भुत क्षमतालाई प्रस्तुत गर्दै आएका छन्।१०/१२ मिनेटमा १२०० पेजको किताब पढेर जुनसुकै पेजबाट उनलाई प्रश्न सोधेपनी फ्याट्टै जवाफ दिन्छन्। उनले नेपालको नाम विश्व सामु चिनाउने अठोट गरेका छन्। यो निकै खुसिको कुरा हो।तर केही यूटुबे मिडियाहरू उनको खुट्टा तान्ने काम गरिरहेका छन्।उनले यो फर्मुला कसरी सिके कहाँ बाट सिके? यस्ता कुराहरू सोध्न खोज्न पो पर्छ,तर उल्टै विजय शाही को अन्तर्वार्ता लिएर अनेकौं थम्वनेल बनाएर पैसा कमाउने चक्करमा विजयको मनोवल कमजोर बनाइदिएका छन्।अझैं धेरै लागिपरेका छन् पुण्य गौतम आफूलाई महान् ठान्ने अरुलाई होचुवा देखाउने मैले PHD गरेको छु उस्ले +2 गरेको छ भन्दै होच्याउने काम गरेको छन्।पढेर मात्र हुँदैन केही गरेर देखाउनु ठूलो कुरा हो। यहाँ मैले धेरै कुरा लेख्दैन तपाईंहरू युट्युवमा हेर्नुहोला Punya Gautam को विचार।बिजय भाईलाई हामीले सपोर्ट गर्नुपर्छ, उनको फर्मुला सबै नेपाली सामु शिक्षा प्रणालीमा लागु गर्नुपर्छ। विजय भाईलाई हार्दिक शुभकामना अझैं मन मस्तिष्क को बिकास होस्।

जय नेपाल 🇳🇵

17/06/2020

संघियता कार्यन्वयन गर्न बजेट सहि बाटोमा अघि बढेको छ; अर्थमन्त्री

16/06/2020

मन्त्रीलाई बिडारीको कुरीकुरी, यत्ति नसके मन्त्रीले सामुहिक राजीनामा दिएभो भन्दै झाको झारे RamNarayan .....

Address

Kathmandu

Telephone

+19808349809

Website

Alerts

Be the first to know and let us send you an email when Luck Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Luck Nepal:

Share