Update Station

Update Station Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update Station, Kathmandu.

17/08/2024
रत्ननगर २ टाँडी चोक सिनेमा रोडमा अवस्थित नवीन धितालको घरको तल्लो तल्लामा रहेको राप्ती २ गड्यौली का गणेश भण्डारीको २ सटर ...
26/09/2023

रत्ननगर २ टाँडी चोक सिनेमा रोडमा अवस्थित नवीन धितालको घरको तल्लो तल्लामा रहेको राप्ती २ गड्यौली का गणेश भण्डारीको २ सटर भएको भण्डारी फेसन कलेक्सनमा बेलुकी ७:३० बजेको आसपास विद्युत सर्ट सर्किट भै आगलागी भएको छ । आगलागीले ३५ लाख माथि क्षति भएको अनुमान गरिएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । ३ वटा दमकल तुरुन्तै आएको र रत्ननगर प्रहरीको सहयोगले आगलागी नियन्त्रण छिटो भएको प्रत्यक्षदर्शिले बताएका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, वाणिज्य तर्फका उपाध्यक्ष हरी अधिकारी लगायतले स्थलगत अनुगमन गरी पीडितलाई संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फुटसल प्रतियोगितामा रत्ननगरको क्वेष्ट मोडल कलेज विजयीरत्ननगर, असोज ८ । पूर्वी चितवनको खैरहनी-८ पर्सामा सम्पन्न भएको फुटस...
25/09/2023

फुटसल प्रतियोगितामा रत्ननगरको क्वेष्ट मोडल कलेज विजयी

रत्ननगर, असोज ८ । पूर्वी चितवनको खैरहनी-८ पर्सामा सम्पन्न भएको फुटसल प्रतियोगितामा रत्ननगरमा रहेको क्वेष्ट मोडल कलेज विजयी भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आयोजनामा पर्सा स्थित स्काई एण्ड क्राउट फुटसल भवनमा भएको खेलमा खैरहनी स्थित पर्सामा रहेको सुनगाभा कलेजलाई ४-३ गोलले हराउदै क्वेष्ट मोडल कलेज विजयी भएको हो ।

बिजेता बन्दै क्वेष्ट मोडल कलेजले नगद रु ६० हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको सुनगाभा कलेजले नगद रु ३० हजार ५ सय ५५ रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै ग्लोसाईन एकेडेमी पर्साले फेयर प्लेयर टिम अवार्ड प्राप्त गरेको छ ।

असोज ७ र ८ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वी चितवनका २० वटा कलेज र २० वटा स्कुलका गरी ४० वटा टिमको सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष चोकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य सरोज भण्डारीले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे आयाेजनामा पूर्वी चितवनको खैरहनी- ८ पर्साको sky and cloud futsal grou...
24/09/2023

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे आयाेजनामा पूर्वी चितवनको खैरहनी- ८ पर्साको sky and cloud futsal ground मा असोज ७ र ८ गते २ दिने चल्ने रीवा स्कुल तथा कलेज स्तरीय फुटसल प्रतियोगिता सुरू भएको छ ।

आज मंगलवार : गणेश भगवानले हजुरहरु सबैको मनोकांक्षा पुरा गरुन । ॐ जय गणेश्🌺🙏🌹🍀
19/09/2023

आज मंगलवार : गणेश भगवानले हजुरहरु सबैको मनोकांक्षा पुरा गरुन । ॐ जय गणेश्🌺🙏🌹🍀

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, मह...
12/09/2023

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो ।

Notice : हामीलाई श्रिलंकाबाट प्राप्त खबर अनुसार अहिले मैदानमा ठुलो वर्षा भइरहेको छ र खेल हुने सम्भावना एकदम न्युन रहेको ...
04/09/2023

Notice : हामीलाई श्रिलंकाबाट प्राप्त खबर अनुसार अहिले मैदानमा ठुलो वर्षा भइरहेको छ र खेल हुने सम्भावना एकदम न्युन रहेको छ ।

नेपाल Vs भारत । अहिले मैदानमा ठुलो पानी परिरहेको छ ।
04/09/2023

नेपाल Vs भारत । अहिले मैदानमा ठुलो पानी परिरहेको छ ।

घोषणा अनुसार Arna Beer ले नेपाली खेलाडीलाई दिने रकम   :)👉 कुशल भुर्तेल काे २ छक्का +३ चौका= २×१,००,०००+ ३×२५०००= २,७५,००...
04/09/2023

घोषणा अनुसार Arna Beer ले नेपाली खेलाडीलाई दिने रकम :)

👉 कुशल भुर्तेल काे २ छक्का +३ चौका= २×१,००,०००+ ३×२५०००= २,७५,०००/-
👉 आशिफ सेख काे ८ चौका= ८× २५,०००= २,००,०००/-
👉 गुलशन झा काे ३ चौका= ३× २५,०००= ७५,०००/-
👉 दिपेन्द्र सिंह ऐरी काे ३ चौका= ४×२५,०००= ७५,०००/-
👉 सोमपाल कामी काे २ छक्का+ १चौका = २×१,००,०००+ १×२५,०००= २,२५,०००/-
जम्मा= २,७५,०००+२,००,०००+७५,०००+७५,०००+२,२५,०००
= रु. ८,५०,०००/-

Photo : RSS

04/09/2023

भारतलाई २३१ रनको लक्ष्य
एशिया कपमा नेपालले भारतलाई २३१ रनको को लक्ष्य दिएको छ। पहिलो ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा अल आउट हुँदै २३० रन जोड्न सफल भएको छ ।

ऐंचो पैंचो’ काे टिम चितवन आउँदा दर्शक तछाड मछाडरत्ननगर, भदौ १८ । भदौ १४ गते देखी प्रदर्शनमा आएको फिल्म ‘ऐंचो पैंचो’टिम य...
04/09/2023

ऐंचो पैंचो’ काे टिम चितवन आउँदा दर्शक तछाड मछाड

रत्ननगर, भदौ १८ । भदौ १४ गते देखी प्रदर्शनमा आएको फिल्म ‘ऐंचो पैंचो’टिम यतिखेर मोफसल यात्राामा निस्किएको छ ।

मोसलका दर्शक र संचारकर्मी लाई भेट्न साथै फिल्मको प्रतिकृयाको लागि कलाकार बर्षा राहुत,सुशिल सिटौला निर्देशक कृषा चौलागाईं निर्माता बिशाल चौलागाई छायाँकार पुरुषोत्तम प्रधान आज (सोमबार) चितवन आएका हुन । चितवनको म्याङ्गो जन ज्योति हलमा पुगेका टिमले फिल्म हेर्न आएका दर्शकको घुईचो देखेर दङ्ग परे । दर्शकहरुपनी ‘ऐंचो पैंचो’का कलाकार सँग फोटो र भिडियो लिन तछाड मछाड गर्दै थिए ।

निर्देशक चौलागाईंले चितवनका दर्शकले दिएको साथ र फिल्मको सकारात्मक प्रतिकृयाले आफु खुशी भएको बताउछिन । चितवनपनी फिल्मको राम्रो सम्भाबना बोकेको ठाउँ भएकोले पनि यहाँका दर्शकले देखाउनु भएको मायाले हामी चितवन सम्म आयौँ ।

नायिका बर्षा राहुतले पनि चितवनका दर्शकलाई प्रत्यक्ष भेट्न पाउदाँ निकै खुशी भएको बताईन ।बर्षाले थप्दै भनीन ”मेरो क्यारेक्टर भनेको एउटा घर, परिवार र समाज बुझ्ने पढेलेखेको क्यारेक्टर भएको उक्त क्यारेक्टरलाई दर्शकले मन पराईदिनु भएको सबैलाई धन्यवाद दिईन ।

कलाकार सुशिल सिटौलाले पनि आफुले निभाएको ‘सिते’ क्यारेक्टरलाई निकै मन पराएको कुरा ब्यक्त गर्छन् । उता निर्माता बिशाल चौलागाईले चितवनवासीले दिएको मायाले आफु निकै सन्तुष्टी भएको बताउछन । फिल्मको टिम चितवनका दर्शक भेटघाटपछी पुर्वतिर लागेको छ।

फिल्ममा बर्षा, सुशिल सँगै स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
#ऐंचोपैंचो
#बर्षाराहुत
#सुशिलसिटौला
#कृषाचौलागाईं
#बिशालचौलागाई

यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत भोलि (सोमबार) भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक...
04/09/2023

यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत भोलि (सोमबार) भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने जनाएको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने छ ।
यसअघि नेपाल प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारतले भने पाकिस्तानविरुद्धको खेल वर्षाले सम्भव नभएपछि अंक बाँडेको थियो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Update Station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share