Wedding studio Galaxy

Wedding studio Galaxy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wedding studio Galaxy, Photography Videography, Kathmandu.

wedding studio team of professional photographers has years of experience shooting people and products that capture our clients’ unique personality, show customer engagement and highlight product details.

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : व्यापार तथा व्यवसायमा नयाँ साझेदार वा अवसरहरूसँग जोडिने अनुकूल ...
19/08/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : व्यापार तथा व्यवसायमा नयाँ साझेदार वा अवसरहरूसँग जोडिने अनुकूल समय छ। दाम्पत्य जीवन र प्रेम सम्बन्धमा मधुरता र निकटता बढ्नेछ। साझेदारी वा सहकार्यमा गरिएका कामहरूबाट सोचेभन्दा राम्रो प्रतिफल मिल्नेछ। सामाजिक क्षेत्रमा मान(सम्मान मिल्नुका साथै नयाँ सम्पर्कहरू स्थापित हुनेछन्। मनोरञ्जनात्मक यात्राको योग छ।

वृष : तपाईंको कार्यक्षमता र प्रतिस्पर्धी क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा रहेका बाधा(अड्चनहरू हट्दै जानेछन् भने शत्रु तथा विरोधीहरू परास्त हुनेछन्। पुराना रोग वा स्वास्थ्यसम्बन्धी समस्यामा सुधार आउनेछ। मिहिनेतको उचित प्रतिफल मिल्नाले मन प्रसन्न रहनेछ। कानुनी वा प्रशासनिक मामिलामा सफलता हात पर्नेछ।

मिथुन : बुद्धि, विवेक र सिर्जनात्मक क्षमताको सही प्रयोगले सफलता मिल्नेछ। अध्ययन(अध्यापनमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। सन्तान वा परिवारका साना सदस्यहरूका तर्फबाट शुभ समाचार सुन्न पाइनेछ। कला, साहित्य वा रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। शेयर बजार वा बौद्धिक लगानीबाट लाभ हुने सम्भावना छ।

कर्कट : पारिवारिक विषय वा घरेलु मामिलामा बढी समय बित्नेछ। घर(जग्गा वा सवारी साधनसम्बन्धी काममा ढिलासुस्ती वा केही मानसिक तनाव उत्पन्न हुन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। मनमा चञ्चलता र अस्थिरता आउन सक्ने भएकाले धैर्यता र संयमता अपनाउनु आवश्यक छ। ठूला निर्णयहरू आजका लागि स्थगित गर्नु नै बेस हुनेछ।

सिंह : तपाईंको पराक्रम, हिम्मत र उत्साहमा उल्लेख्य वृद्धि हुनेछ। दाजुभाइ, बहिनी तथा नजिकका साथीभाइबाट पूर्ण सहयोग र समर्थन प्राप्त हुनेछ। रोकिएका कामहरू आफ्नै प्रयासमा द्रुत गतिमा अघि बढ्नेछन्। छोटो दूरीको व्यावसायिक वा व्यक्तिगत यात्रा लाभदायक रहनेछ। सञ्चार वा सूचना प्रविधिसँग जोडिएका काममा सफलता मिल्नेछ।

कन्या : आर्थिक दृष्टिकोणले आजको दिन अत्यन्तै शुभ छ। नयाँ आम्दानीका स्रोतहरू खुल्नेछन् र रोकिएको वा अड्किएको धन फिर्ता आउने योग छ। तपाईंको बोली र प्रस्तुतिको प्रभाव बढ्नेछ, जसले गर्दा अरूलाई आकर्षित गर्न सजिलो हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ।

तुला : तपाईंको व्यक्तित्व निखारिनेछ र मनमा नयाँ ऊर्जा एवं आत्मविश्वास भरिनेछ। शारीरिक र मानसिक रूपमा स्फूर्ति महसुस गर्नुहुनेछ। रोकिएका अधुरा कामहरू पूरा गर्नका लागि दिन अनुकूल छ। नयाँ योजना वा व्यापारिक सोचलाई अघि बढाउन सक्नुहुनेछ। समाज वा कार्यक्षेत्रमा तपाईंको निर्णय र विचारको कदर हुनेछ।

वृश्चिक : दैनिक खर्चमा आकस्मिक वृद्धि हुन सक्छ, त्यसैले बजेट नियन्त्रणमा ध्यान दिनुहोला। व्यावसायिक कामको सिलसिलामा दौडधुप बढी हुनेछ। टाढाको यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा भने प्रगति हुनेछ। मानसिक तनाव र अकारण चिन्ताबाट बच्न ध्यान, योग वा आध्यात्मिक चिन्तनमा समय बिताउनु उपयुक्त हुन्छ।

धनु : आम्दानी र लाभका दृष्टिकोणले दिन निकै फलदायी छ। व्यवसाय तथा लगानीबाट सोचेभन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। पुराना साथीभाइ तथा अग्रजहरूसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। इच्छा र आकाङ्क्षाहरू पूरा हुँदै जानेछन्। अध्ययनमा प्रगति हुनेछ।

मकर : कार्यक्षेत्र र करियरका लागि दिन निकै अनुकूल रहनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर हात पर्न सक्छ। वरिष्ठ अधिकारी तथा अग्रजहरूको सहयोग प्राप्त हुनेछ। प्रशासनिक तथा सरकारी कामहरू सजिलै सम्पन्न हुनेछन्। समाजसेवा वा सार्वजनिक क्षेत्रका काममा सम्मान मिल्नेछ।

कुम्भ : भाग्यको पूर्ण साथ मिल्नेछ, जसले गर्दा कठिन कामहरू पनि सहजै बन्नेछन्। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ। लामो दूरीको धार्मिक वा लाभदायी यात्राको सम्भावना छ। अध्ययन(अनुसन्धान तथा उच्च शिक्षाका क्षेत्रमा लागेकाहरूका लागि राम्रो सफलताको योग छ।

मीन : स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने वा चिसोरपेटको समस्या हुन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा वा सवारी साधन चलाउँदा सावधानी अपनाउनु बेस हुनेछ। नयाँ ठूलो लगानी वा जोखिमपूर्ण कामबाट टाढै रहनुहोला। गोपनीयता कायम राख्दै धैर्यतापूर्वक काम गर्दा सम्भावित समस्याबाट जोगिन सकिनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको ...
19/08/2026

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफलमेष : आज व्यापार(व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछन्। व्यावसायिक साझेद...
18/08/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

मेष : आज व्यापार(व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछन्। व्यावसायिक साझेदारीबाट राम्रो लाभ मिल्नेछ। जीवनसाथी र परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ मधुर र बलियो बन्नेछ। यात्राको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन अनुकूल रहनेछ।

वृष :प्रतिस्पर्धा र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। शत्रु तथा विरोधीहरू निष्प्रभावी हुनेछन्। रोकिएका कामहरू आफ्नै लगनशीलताले पूरा हुनेछन्। स्वास्थ्यमा क्रमिक सुधार आउनेछ भने पुराना मुद्दा(मामिला वा विवादहरूमा तपाईंको पक्ष बलियो रहनेछ।

मिथुन :बौद्धिक तथा सिर्जनात्मक कार्यमा ठूलो सफलता मिल्नेछ। अध्ययन(अध्यापनमा लाग्नेहरूका लागि दिन उत्कृष्ट छ। सन्तानको तर्फबाट शुभ समाचार सुन्न पाइनेछ। शेयर बजार वा लगानीका क्षेत्रमा विचार पुर्याएर निर्णय लिँदा फाइदा हुनेछ।

कर्कट :पारिवारिक मामिला र घरायसी काममा बढी समय बित्नेछ। सवारी साधन तथा भौतिक साधनको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। आमाको स्वास्थ्य र मनको प्रसन्नताका लागि समय दिनु उपयुक्त हुनेछ। धैर्यतापूर्वक काम गर्दा नतिजा सकारात्मक आउनेछ।

सिंह :पराक्रम, उत्साह र साहस वृद्धि हुनेछ। दाजुभाइ तथा हितैषी साथीभाइको पूर्ण सहयोग प्राप्त हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। सामाजिक कार्य र सञ्चारको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष सफलतादायी रहनेछ।

कन्या :आर्थिक दृष्टिकोणले दिन लाभदायक रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने योग छ। वाणीको प्रभाव बढ्नेछ, जसले गर्दा मान(सम्मान मिल्नुका साथै रोकिएका कामहरू बोलीकै भरमा सुचारु हुनेछन्। परिवारमा खुसीको वातावरण रहनेछ।

तुला :मनमा ऊर्जा, उत्साह र नयाँ विचारहरूको सञ्चार हुनेछ। व्यक्तित्व निखरिएर आउनेछ र निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्र वा व्यक्तिगत जीवनमा नयाँ थालनी गर्नका लागि आजको दिन निकै शुभ रहनेछ।

वृश्चिक :खर्चमा केही वृद्धि हुन सक्छ। वैदेशिक कार्य, भिसा वा दूरदराजका कामहरूमा सफलता मिल्नेछ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। अनावश्यक दौडधुपबाट बच्न र मानसिक शान्तिका लागि ध्यान वा योगमा समय बिताउनु उत्तम हुनेछ।

धनु :आम्दानीका नयाँ मार्गहरू खुल्नेछन्। सोचेका कामहरू समयमै सम्पन्न भई सोचेभन्दा राम्रो प्रतिफल मिल्नेछ। अग्रजहरू र साथीभाइको सहयोगले ठूला योजनाहरू अघि बढाउन सकिनेछ। व्यापारमा राम्रो नाफा हुनेछ।

मकर :कार्य क्षेत्र र करियरमा ठूलो सफलता मिल्ने योग छ। सामाजिक प्रतिष्ठा र मान(सम्मानमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर प्राप्त हुन सक्छ। प्रशासनिक वा सरकारी कामहरू सजिलै सम्पन्न हुनेछन्।

कुम्भ :भाग्यले पूर्ण साथ दिनेछ। धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा शैक्षिक क्षेत्रका योजनाहरू सफल हुनेछन्। रोकिएका महत्त्वपूर्ण कामहरू मान्यजनको मार्गदर्शनमा पूरा हुनेछन्।

मीन : स्वास्थ्यका विषयमा केही सचेत रहनुहोला। विशेष गरी खानपान र यात्रा गर्दा सावधानी अपनाउनु उत्तम हुनेछ। नयाँ ठूलो आर्थिक जोखिम वा कसैलाई उधारो दिनुअघि राम्ररी विचार गर्नुहोला। गोपनीयता कायम राखेर काम गर्दा शुभ फल मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ...
18/08/2026

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। ...
16/08/2026

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफलमेष : आजको दिन तपाईँका लागि फलदायी रहनेछ। रोकिएका अधुरा कामहरू बिस्तार...
16/08/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

मेष : आजको दिन तपाईँका लागि फलदायी रहनेछ। रोकिएका अधुरा कामहरू बिस्तारै बन्न थाल्नेछन्। व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ भने वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। स्वास्थ्यमा केही क्रमिक सुधार आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ, तर अनावश्यक खर्च बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुहोला।

वृष : नयाँ योजना र विचारहरू मनमा आउनेछन्। सामाजिक क्षेत्रमा मान(सम्मान बढ्नेछ। पढाइलेखाइ र बौद्धिक काममा प्रगति हुनेछ। आर्थिक स्थिति सबल बन्नेछ भने रोकिएको धन फिर्ता हुन सक्छ। मित्रवर्ग र आफन्तसँगको भेटघाटले मन प्रसन्न गराउनेछ। प्रेमी(प्रेमिकाबीच सम्बन्ध अझ गाढा हुनेछ।

मिथुन : पारिवारिक विषयलाई लिएर केही चिन्ता वा तनाव हुन सक्छ। कार्यक्षेत्रमा केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ, त्यसैले धैर्यताका साथ काम गर्नुहोला। सवारी साधन चलाउँदा र खानपानमा विशेष ध्यान दिनुहोला। दिनको उत्तरार्धमा भने केही शुभ समाचार सुन्न पाइनेछ।

कर्कट : आत्मबल र साहस बढ्नेछ। पराक्रमका साथ अघि बढ्नाले कठिन काम पनि सहजै सम्पादन हुनेछन्। छोटो दूरीको लाभदायक यात्राको सम्भावना छ। भाइबहन र साथीभाइबाट पूर्ण सहयोग मिल्नेछ। रोकिएका आर्थिक कारोबारहरूमा प्रगति हुनेछ।

सिंह : बोलीको प्रभाव बढ्नेछ, जसका कारण बिग्रिन लागेका कामहरू पनि सम्हालिनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन उत्तम छ। अचानक धन लाभ वा उपहार प्राप्ति हुन सक्छ। परिवारमा सुख(शान्ति छाउनेछ। मिष्ठान्न भोजनको आनन्द मिल्नेछ।

कन्या : मनमा नयाँ उत्साह र ऊर्जा थपिनेछ। रोकिएका अधुरा कामहरू पूरा गर्ने अवसर मिल्नेछ। मान(प्रतिष्ठा र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार तथा नयाँ व्यवसाय सुरुवात गर्नको लागि दिन अनुकूल छ। स्वास्थ्य उत्तम रहनेछ र पारिवारिक वातावरण रमाइलो हुनेछ।

तुला : अनावश्यक खर्च र भागदौड बढ्न सक्छ, त्यसैले बजेट बनाएर मात्र खर्च गर्नुहोला। मानसिक अशान्ति वा चिन्ताले सताउन सक्छ। नजिकका मानिसबाट धोका वा सोचेजस्तो सहयोग नपाइन सक्छ, सावधानी अपनाउनुहोला। साँझपख स्थितिमा केही सुधार आउनेछ।

वृश्चिक : आजको दिन अति नै शुभ र फलदायी छ। आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। पुराना लगानी वा रोकिएको पैसा हात पर्नेछ। नोकरी वा व्यवसायमा पदोन्नति र प्रगति हुनेछ। साथीभाइहरूसँग रमाइलो भेटघाट र भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ।

धनु :कर्मक्षेत्रमा सफलता र जस मिल्नेछ। नयाँ जिम्मेवारी वा पदभार पाउन सकिने सम्भावना छ। वरिष्ठ व्यक्तिहरू र माथिल्लो निकायको पूर्ण सहयोग प्राप्त हुनेछ। सामाजिक तथा सार्वजनिक काममा सहभागिता बढ्नेछ। परिवारको सहयोगले काममा थप ऊर्जा मिल्नेछ।

मकर :भाग्यले साथ दिनेछ। धार्मिक, आध्यात्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा वैदेशिक कार्यको योग छ। नयाँ अध्ययन वा ज्ञान आर्जनका लागि दिन उपयुक्त छ। रोकिएका ठूला कामहरू बिस्तारै सुल्झिँदै जानेछन्।

कुम्भ :स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुहोला। काममा अप्रत्यासित अवरोध वा ढिलाइ हुन सक्छ। अरूको विवादमा नपर्नु नै बुद्धिमानी हुनेछ। गोप्य कुराहरू कसैलाई नबताउनुहोला। साँझपख स्थितिमा सुधार आउनेछ।

मीन : दाम्पत्य जीवनमा मधुरता छाउनेछ। साझेदारीका कामहरूमा विशेष सफलता र लाभ मिल्नेछ। नयाँ व्यावसायिक सम्बन्ध वा सम्झौता हुन सक्छ। यात्रा फलदायी र मनोरञ्जनात्मक रहनेछ। भौतिक साधन र सुख(सुविधाका वस्तुहरू सङ्कलन हुनेछन्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष  : आजको दिन तपाईंका लागि सामान्यतया उत्साहजनक रहनेछ। कार्यक्षेत्र...
15/08/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आजको दिन तपाईंका लागि सामान्यतया उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा रोकिएका कामहरू बिस्तारै अघि बढ्नेछन्। नसोचेको ठाउँबाट सहयोग मिल्नाले मन प्रसन्न हुनेछ। आर्थिक पक्ष सबल रहनेछ तर फजुल खर्चबाट जोगिनुहोला। पारिवारिक जीवनमा मधुरता छाउनेछ।

वृष : साझेदारी र व्यापारिक काममा फाइदा हुने योग छ। नयाँ योजना बनाउन आजको दिन उपयुक्त छ। साथीभाइ तथा आफन्तसँगको भेटघाटले मनमा खुसी ल्याउनेछ। स्वास्थ्यमा केही क्रमिक सुधार आउनेछ। बोल्दा विचार पुर्‍याउनुहोला, नत्र नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्छ।

मिथुन : प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै आफ्ना योजनाहरू सफल बनाउन सक्नुहुनेछ। बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। रोकिएको धन हात पर्ने सम्भावना छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला।

कर्कट : सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। आफन्तजनको सहयोगले जटिल कामहरू पनि सहजै सम्पन्न हुनेछन्। तर हतारमा निर्णय लिने बानीले केही समस्या निम्त्याउन सक्ने भएकाले विचार पुर्‍याउनुहोला।

सिंह : आज मेहनतको फल सोचेभन्दा राम्रो मिल्नेछ। प्रशासनिक वा सरकारी काममा सफलता हात पार्न सकिनेछ। व्यावसायिक यात्राको सम्भावना छ जसले भविष्यमा राम्रो लाभ दिनेछ। प्रेमीरप्रेमिकाबीचको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : कामको चाप बढे पनि नतिजा सकारात्मक आउनेछ। आर्थिक दृष्टिकोणले आजको दिन फलदायी रहनेछ। नयाँ लगानीको लागि वातावरण अनुकूल छ। बोलीको प्रभाव बढ्नेछ जसले गर्दा मान(सम्मानमा वृद्धि हुनेछ।

तुला : आज मनमा थोरै अस्थिरता वा द्वविधा रहन सक्छ। ठूला निर्णयहरू लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ। साथीभाइसँगको भेटघाटले मानसिक तनाव कम गर्नेछ। मिहिनेत अनुसारको प्रतिफल ढिलो गरी मिल्नेछ।

वृश्चिक : आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। लामो समयदेखि अड्किएका कामहरू सुचारु हुनेछन्। अध्ययन(अध्यापनमा सफलता मिल्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ भने यात्राको योग पनि बनेको छ।

धनु : कर्मक्षेत्रमा सफलता र प्रशंसा मिल्ने दिन छ। उच्च पदस्थ व्यक्तिहरूसँगको सम्बन्ध सुधारिनेछ। नयाँ अवसरहरू ढोका ढक्ढक्याउन आउनेछन्। स्वास्थ्य राम्रो रहनेछ र आत्मबलमा वृद्धि हुनेछ।

मकर : भाग्यले साथ दिने हुनाले रोकिएका धेरै कामहरू बन्नेछन्। परोपकार र सामाजिक सेवामा मन जानेछ। धर्म(कर्म र आध्यात्मिक विषयमा रुचि बढ्नेछ। आर्थिक स्थिति सुदृढ हुनेछ र नयाँ कामको थालनी गर्न सकिनेछ।

कुम्भ : खानपान र दिनचर्यामा ध्यान दिनुहोला। स्वास्थ्यमा केही सामान्य उतारचढाव आउन सक्छ। गोपनीयता कायम राखेर काम गर्दा सफलता मिल्नेछ। सोचेको भन्दा केही बढी मिहिनेत गर्नुपर्ने हुन सक्छ तर दिनको उत्तरार्ध राम्रो रहनेछ।

मीन : दाम्पत्य जीवन र प्रेम सम्बन्धका लागि आजको दिन धेरै नै उत्तम छ। व्यापार(व्यवसायमा नयाँ सम्झौता हुन सक्छ जसले आर्थिक लाभ दिनेछ। मनोरञ्जनात्मक गतिविधि र यात्रामा समय बित्नेछ। मन प्रसन्न रहनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण...
15/08/2026

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष  : आजको दिन बौद्धिक काम र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। अध्य...
14/08/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आजको दिन बौद्धिक काम र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययन तथा अध्यापनमा राम्रो सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। सेयर बजार वा वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्न सक्छ। सन्तान वा परिवारका साना सदस्यहरूबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेमी(प्रेमिकाबीच आत्मीयता बढ्नेछ।

वृष : आज पारिवारिक विषयमा अलि बढी ध्यान दिनुपर्ने हुन सक्छ। घर(जग्गा वा सवारी साधनको कारोबार गर्दा अलि विचार पुर्‍याउनुहोला। आमा वा परिवारको कुनै वरिष्ठ सदस्यको स्वास्थ्यको चिन्ता हुन सक्छ। काममा अलिकति सुस्तता आए पनि साँझपख स्थिति सुधारिनेछ। मनलाई स्थिर राखेर निर्णय लिनु बुद्धिमानी हुनेछ।

मिथुन : तपाईंको पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। छोटो दूरीको फलदायी यात्राको सम्भावना छ। भाइबहिनी वा दाजुभाइको सहयोगले रोकिएका कामहरू बन्नेछन्। सञ्चार, लेखन, र कलात्मक क्षेत्रमा जोडिएका व्यक्तिहरूका लागि आजको दिन निकै राम्रो छ। नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ।

कर्कट : आर्थिक दृष्टिले आजको दिन शुभ रहनेछ। रोकिएको धन फिर्ता आउन सक्छ वा नयाँ आम्दानीका स्रोतहरू खुल्नेछन्। बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा सभा(समारोह वा वार्तामा सफलता मिल्नेछ। मीठो भोजनको आनन्द प्राप्त हुनेछ। पारिवारिक माहोल सुमधुर रहनेछ।

सिंह : मनमा नयाँ ऊर्जा र उत्साह थपिनेछ। आँटेका कामहरू आफ्नै प्रयासमा सजिलै पूरा हुनेछन्। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यक्तित्व प्रभावशाली बन्नेछ। व्यावसायिक क्षेत्रमा नयाँ अवसरहरू हात पर्न सक्छन्। कार्यक्षेत्रमा निर्णय लिने क्षमताको प्रशंसा हुनेछ।

कन्या : कामको सिलसिलेमा अलि बढी दौडधुप र खर्च बढ्न सक्छ। वैदेशिक काम वा वैदेशिक व्यापारमा भने राम्रो प्रगति हुनेछ। स्वास्थ्यमा केही सामान्य थकान वा आलस्यता महसुस हुन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला। दान(पुण्य र धार्मिक कार्यमा मन जानेछ।

तुला : आजको दिन ठूलो लाभ र सफलता दिलाउने खालको छ। मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। व्यापार(व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ। साथीभाइ र शुभचिन्तकहरूको पूर्ण सहयोग मिल्नेछ। रोकिएका पुराना कामहरू अचानक बन्ने योग छ। मन प्रसन्न रहनेछ।

वृश्चिक : कार्यक्षेत्र र रोजगारीको क्षेत्रमा ठूलो सफलता मिल्नेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ। उच्च पदाधिकारी वा वरिष्ठ व्यक्तिहरूसँगको सम्बन्ध सुधारिनेछ। बुवाको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुन सक्छ। समाजमा तपाईंको कामको प्रशंसा हुनेछ।

धनु : धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। भाग्यले पूर्ण साथ दिनेछ, जसले गर्दा थोरै मिहिनेतमा पनि धेरै सफलता मिल्नेछ। दूरदराज वा लामो दूरीको यात्राको योजना बन्न सक्छ। उच्च शिक्षा वा बौद्धिक क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ।

मकर : सावधानी अपनाउनुपर्ने दिन छ। स्वास्थ्यमा केही समस्या आउन सक्ने वा चोटपटकको भय भएकाले सवारी साधन चलाउँदा वा काम गर्दा सतर्क रहनुहोला। गोपनीयता जोगाएर काम गर्नुहोला। साँझपख परिस्थितिमा केही सुधार आउनेछ। अप्रत्याशित रूपमा केही सिक्ने मौका मिल्न सक्छ।

कुम्भ : व्यापार(व्यवसाय र साझेदारीका काममा राम्रो नाफा मिल्नेछ। जीवनसाथीको पूर्ण सहयोग र माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध झन् प्रगाढ बनेर जानेछ। नयाँ मानिसहरूसँग भेटघाट हुने र सम्बन्ध विस्तार हुने अवसर मिल्नेछ। यात्रा मनोरञ्जनात्मक र फलदायी हुनेछ।

मीन : शत्रु र प्रतिस्पर्धीहरूमाथि सजिलै विजय हासिल गर्न सकिनेछ। मुद्दा(मामिला वा विवादहरू तपाईंको पक्षमा आउनेछन्। स्वास्थ्यमा सुधार आउनेछ र पुराना रोगहरूबाट राहत मिल्नेछ। कार्यक्षेत्रमा मिहिनेतको राम्रो कदर हुनेछ। रोकिएका कामहरू बिस्तारै गतिमा फर्किनेछन्।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Wedding studio Galaxy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wedding studio Galaxy:

Shortcuts

Share