PrRa DiP

PrRa DiP Photography is a love affair with life . ————- हामिलाई पनी नेपाल बनेको हेर्न मन छ।🇳🇵

13/02/2026

आजकालको दुनियाँमा इमानदार भएर हिँड्नु सजिलो छैन।
इमानदारीले कहिलेकाहीँ साथ छोडेको जस्तो लाग्छ,
मान्छे टाढा भएको जस्तो लाग्छ,
र एक्लोपन नजिकिएको जस्तो लाग्छ।

तर सत्य के हो भने —
बेइमानीले भीड त दिन्छ,
तर त्यो भीडमा आफ्नो मान, आफ्नो आत्मा र आफ्नो शान्ति हराउँछ।

मलाई भीड होइन,
आफ्नो सच्चा पहिचान चाहिन्छ।
मलाई झुटो साथ होइन,
सत्य भएर बाँच्ने हिम्मत चाहिन्छ।

इमानदार भएर एक्लै बाँच्नु परे पनि ठीक छ,
तर बेइमान भएर धेरैको बीच हराउन मन छैन। 💯

Aama

07/02/2026

सहयोग र अपमानको दुवैको ऋणि भएको छु, समय आएपछि सबैको राम्रो हिसाब गर्ने छु..!!🤞

23/11/2025

• जडिया र गजडियाको घरमा कहिल्यै शान्ति हुदैन.😡

08/10/2025

व्यबहारले परिपक्क भएको सम्बन्धमा झगडा रिस मनमुटाव सबै हुन्छ तर छोड्ने कुरा हुदैन | 😊💗

29/09/2025

श्रीमतीको रुखो बोलीले श्रीमानको आँसु

श्रीमतीको रुखो बोलीले श्रीमानको मनमा चोट पुर्‍याउँछ। त्यो चोट केवल शब्दको घाउ मात्र हुँदैन, बरु आँसुको ढिक्कासहितको भारी पीडा बन्छ। श्रीमान चुप लागेर सहन्छ, तर भित्रभित्रै उसको आत्मसम्मान, उसको मनोबल, उसको विश्वास खिइँदै जान्छ।

मानौं संसार जित्ने सामर्थ्य भएको पुरुषलाई पनि, आफ्नै श्रीमतीको कठोर बोलीले दिनहुँ जितेर हराउँछ। बाहिरको दुनियाँसँग लडेर फर्किने मानिसलाई घरभित्रै जब चोट लाग्छ, त्यो चोट सबैभन्दा गहिरो हुन्छ।

👉 यसैले भनिन्छ,
"श्रीमानलाई जित्नु भनेको मीठा शब्दले जित्नु हो, हार्नु भनेको रुखो बोलीले हराउनु हो।"

श्रीमतीले भुल्नु हुँदैन—
उसले दिएको सम्मान नै श्रीमानको सबल खम्बा हो।
उसले दिएको मायाले मात्रै श्रीमान बाहिरी संसारसँग लड्ने हिम्मत पाउँछ।
तर रुखो बोली र कठोर व्यवहारले भने उसको हरेक पाइला कमजोर पार्छ।

श्रीमान संसारभर जित्छ, तर आफ्नै श्रीमतीको आँसुले हराउँछ। त्यसैले कहिल्यै पनि आफ्नो बोलीलाई विष नबनाऔं।
किनकि, श्रीमानको आँसु देखिएन भने पनि, त्यो आँसु उसको मुटुमा ढिक्काजस्तै भएर बस्छ, र कहिलेकाहीँ जीवनभर उसको पाइलामा ठेस दिइरहन्छ।

💡 सन्देश यही हो –
माया दिने हो भने बोलीमा मिठास देऊ,
सम्मान गर्ने हो भने शब्दमा कोमलता देऊ,
जीवनसाथीलाई जीवनभरिको हिम्मत बनाऊ, नत्र आँसुको ढिक्काले तपाईंको विजयलाई पनि हारमा परिणत गरिदिन्छ।

26/09/2025

न घमण्ड देखाउनु छ न त अहङ्कार नै,
बस जोसँग मन र विचार मिल्दैन ऊसँग टाढा बस्नु छ।🙏🏼

23/09/2025

सम्बन्ध जोडनु ठुलो कुरा होईन, सम्बन्धमा बुझ्ने मान्छेको साथ पाउनु ठूलो कुरा हो |💝

23/09/2025

मलाई थाहा छ कस्को मन मा मेरो लागि के छ
म बस हेर्न चाहन्छु कस्ले कति सम्म नाटक गर्न सक्छ!!❤️‍🩹

23/09/2025

स्वार्थी भन्छौ भने त्यही नै ठिक तर जहां आफ्नोपन हुदैंन त्यहां म पनि हुंदिन ।❤

11/08/2025

किन नबदलिनु म ? तिमी त्यही हौ र?
माने म गलत छु, तर तिमी सहि छौ र ??❤️🌸
#शुभरात्री

10/08/2025

व्यवहार बाट जवाफ पाएपछि
प्रश्न गर्न जरुरी ठानिन मैले
जबकी व्यवहारमा नै आफ्नोपन छैन भने
के को सम्बन्ध अनि के को आफ्नो मान्छे 😥💝

Address

Gorkha
Kathmandu

Telephone

+9779827198307

Website

https://youtube.com/channel/UCL71X2E8F3ZTgSNol4Q2-GA

Alerts

Be the first to know and let us send you an email when PrRa DiP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PrRa DiP:

Share

Category