10/09/2026
मिति २०८३/०५/१० गते रसुवामा आएको बाढीपहिरोका कारण प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि हाम्रो यस आनन्द भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाका लागि घरबाट ल्याएको रकममध्ये केही रकम बचत गरी सहयोग गरेका छन्।
आफ्नो खाजाको चाहनाभन्दा विपत्तिमा परेका पिडितहरुको पीडालाई ठूलो सम्झँदै विद्यार्थीहरूले स्वेच्छाले गरेको यो सहयोग मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको सुन्दर उदाहरण हो। 🙏दुःखमा परेकाहरूको पीडा बुझ्दै सहयोगको हात बढाउने हाम्रा प्यारा विद्यार्थीहरूको यस पुण्य कार्यले सबैलाई प्रेरणा मिलोस्। उहाँहरूको यो सानो योगदानले रसुवा बाढीपहिरो पीडित परिवारको राहतमा थोरै भए पनि मल्हम लगाउन सकोस् भन्ने कामना गर्दछौँ। ❤️🙏
हाम्रा विद्यार्थीहरूको यो अनुकरणीय कार्यप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ। 🌸
आनन्द भैरव माध्यमिक विद्यालय
परिवार