18/08/2024
आज मेरो जीवन कथा
ना कुनै होस थियो न कुनै चेत नै थियो मेरो जन्मिए म शरीर मा मानिस को सुन्दर रुप लिएर मलाई बनाउनु रच्नु हुने शुन्दर परमेश्वोर ले आमा को कोख मा राखिदिनु भयो ग्यान भरी पुरन मानिस लाई चाहिने समपुरन दिएर दुखाई र कष्ट वेदना सयेर आमा ले जन्म दिनु भयो येस सुन्दर सनसार मा हर्ष र उलास को साथ मा
जब म सुन्दर सन्सार मा आये लरबरिदै धर्मराउदै आमा ले ताते ताते गराउदै म रुको बेला मा दूत खानु दिई फकाउदै पाउ टेकानु भो मलाई म दुई पाउ ले हिन्न थाले जब म येस सन्सार मा मैले पाइला टेकदै रमाउदै थिये एक अर्कालाई राम्रो सङ चिन्ने हुँदै थिये मेरो जीवन मेरो परिवार मा आकाश पृथ्वी मा खसे जस्तै भयो म गाइ गोरु गोठाला गको थिये एक जना गाउँ को साइनो मा मामा पर्नु हुने आतिदै मलाई बोलाउनु भयो घर हिन भन्दै जब म गाइ गोरु छोरेर घर मा आये मेरो घर मुनि ठुलो बुवा को घर थियो ठुलो बुवा को घर अगाडि बाबा ढलनु भको थियो आमा दिदी बैनी आफन्त हेर्नू आउने छर छिमेकी को आङ्खा मा आङ्शु झरी राको थियो घर को म माइलो छोरा हो तीन दाजु भाइ चार दिदी बैनी एक जना दिदी एक जना दाजु हुनु हुन्छ म मुनि को अरु मेरो बैनी भाइ हो पुस को महिना थियो कोदोको नर आलि को डिलमा मेरो बाबा तेहि डिल्को छौ मा ढल्नु भएको थियो म र मेरो परिवार ले बाल्ल्या काल मा नै बाबा घुमाउनु परो हामी सङ धन समप्ती केही थिएन बाबा ले काठ को मिस्त्री काम गरेर हामी हरु लाई बिहान बेलुका खाना र शरीर मा एकसरो लुगा लाउने पैसा कामाउनु हुन्थ्यो बाबा हुदा खुसी थियेउ सबै जना राम्रो लुगा भने जस्तो मीठो खान नपाये पनि जे जस्तो भको पाकेको खान मीठो हुन्थ्यो बाबा ले छोरी जादा म दस बर्श को थिये ठुलो दाइ बार बर्षा को दिदी चौध बर्षा को हुनु हुन्थ्यो म मुनि को भाइ बैनी ले बाबा भनेर ठममाउन नपाइ बाबा ले हामी सबै लाई यो सन्सार छोरि जानु भयो बस झझल्को र समझना मात्रा रयो सबै मा मेरो कान्छी बैनी आमा को काख मा दूत खादै थियो बाबा ले छोरी जादा
हामी हरु को नौ परिवार थियोउ अब बाबा बित्नु भए पछि आठ जान भयोउ अब बाबा बिते पछि घर को सबै जीम्मा बाबा ले गर्नु भएको निर्बाहा आमा को काद मा आयो परिवार मा आमा पछि को परिवार मा ठुलो भनेको दिदी हुनु हुन्थ्यो तेति बेला गरिबी ले धेरै चापेको थियो बिहान बेलुका को छाक टारन धाउ धाउ हुन्थ्यो तर आम ले कैले पनि हामी लाई भोको पेट राक्नु भएन बनी बुतो गरेर भएपनि खान लाई बिहान् बेलुका चामल ल्याउनु हुन्थ्यो येसरी नै दिन समय बित्दै गयो अनि दिदी ले निरनय लिनु भयो म काम गर्छु काठमाडौं जान्छु गाउँ मा पनि दिदि ले खेतल् पात गरि रानु हुन्थ्यो अनि त्यो समयमा गाउँ मा सबै जन काडमानडू मा काम खोजेर गरने गरथे र दसैं दसै मा घर मा आउने जाने आफन्त भेट्घाट रमाइलो गर्थे अनि फेरि काठमाडौं जान्थे अनि मेरो दिदी ले पनि म काडमानडू काम गर्नु जान्छु काम खोजी दिनुहोस न भन्नू भयो अनि गाउँ को एक जना दिदिले काडमानडू मा काम खोजी दिनु भयो र अनि दिदी काडमानडू जानू भयो तेति बेला को समय मा बिदेस गये जत्तिकै चिन्ता फिक्री हुन्थ्यो घर परिवार मा परिवार बाट कैले नछुटेको दिदि समय र परिश्तिथी ले गर्दा सानै उमेर मा छुटायो दिदि स्कुल पर्दा पर्दै काठमानडू जानू भयो आमा घर परिवार को आङ्खा मा आशु ले भरीयो दिदी एउटा् स्कुल को होसटेल मा बच्चा लाई हेर्ने खान दिने काम पाउनु भयो दिन बित्दै गयो दिदी ले काम गरेको पैसा ले आमा लाई आदिसर भाइ बैनी लाई लाउनु खान पराई को जाच फिस तिर न सहज हुँदै गयो दिन बित्दै गयो कैले काहीँ दिदि ले फोन गर्नु हुन्थ्यो दिदी को सोर सुनेर रुनु मन लाग्थ्यो ऐले को समय को जस्तो मोबाइल प्रसस्त थिएन गाउँ मा कोहि कोहि सङ थियो नभा ल्याद लाइन बाट कल आयेपछी बोलाउनु हुन्थ्यो
हिन्दु रिति पर्भ अनुसार को चाद आयो जब दसैं मा दिदी घर आउने भन्ने खबर सुनियो घर परिवार मा खुशी छायो दिदि घर दसैं मा आउनु भयो धेरै खुशी छायो घर परिवार सबै मा र फेरि काठमाडौ जानू भयो येसरी समय बित्दै गयो तेस्पछी दाजु काडमानडू जानू भयो तेस्को बर्श पछि म पनि काडमानडू जाने निर्णय गरे म इस्वी समबत दुई हजार सात मा काठमाडौ हिने म काठमाडौ आउँदा भाइ बैनी आमा लाई सगाउने भैसकेको थियो म काठमाडौ जादा आमा रुदै राम्रो सङ जा भन्दै बिदा दिनु भयो मेरो कान्छा भाइ कान्छी बैनी मेरो माया ले धेरै रुयो मेरो मन पनि रुयो आफ्नो रुवाई लाई हृदय भित्र राखेर म घर परिवार आमा भाइ बैनी लाई छोडेर म काठमाडौ आये र नया बस पार्क मा म एउटा् ब्याक कारखाना मा काम गर्न थाले काम पनि सिक्ने पैसा पनि हुन्छ भनेर म काम गर्न थाले दिदी दाजु म काठमाडौ मा छुम घर मा आमा भाइ बैनी मात्र रयो अब हामी मा लाउन खान घर खर्च धेरै नै सहज भयो
समय बित्दै गयो मेरो उमेर सङै बुद्धि मन पनि वर्दै गयो ब्याक बनाउन लगभग मैले सबै जानि सकेको थिये ठुलो कारखाना डेर दुई सय ब्यक बनाउने मेसिन तीन चार सय जति काम गर्ने मानिस कालिगड हरु हुनु हुन्थ्यो रमाइलो हुन्थ्यो सनिवार बिदा हुन्थ्यो घुम्न साथी हरु ले कता लैजानु हुन्थ्यो ब्याक बनाउन जानी सक्दा पनि मेरो तलब न बडे पछि म दुई हजार दस मा घर आये तेति बेला ठुलो दाजु काठमाडौं को ठमेल मा एउटा् रेस्टुरेन्ट मा कूक को काम गर्नु हुन्थ्यो अनि म घर आको एक दुई महिना मा मलाई ठमेल मा काम गर्न बोलाउनु भयो र काठमाडौं ठमेल मा काम गर्न आये रेस्टुरेन्ट मा काम गर्न केही नजानेको ले म भा र माज्ने काम मा त्यो रेस्टुरेन्ट को साउ ले लगाउनु भयो दाजु भाइ एकै ठाँउ मा काम गर्न थालिम पैसा राम्रै हुन थालो बस पार्क मा काम गरेको भन्दा धेरै राम्रो लागो सबै बुद्धि जिबि बिदेशी पर्यटन घुम्न आउने को लर्को झन बिशेश गरि शुक्रबार बार र सनिवार बेलुका काठमाडौं ओरि परि को मान्छे हरु घुम्न आउने राती एक दुई बजे सम्म बाहिर काठमाडौं गेस्ट हाउस देखि नरसिंह चोक मा धेरै भिड हुन्थ्यो बेलुका गेस्ट न आको बेला मा बाहिर निस्केर रमित हेर्थिम दिन समय बित्दै गयो गाउँ मा छ क्लास परेको राम्रो सङ ईंग्लिश मा आफ्नो नाम पनि लेख्नु आउदैन थियो मैले काम गर्ने रेस्टुरेन्ट को साउ साउनि राम्रो हुनु हुन्थ्यो काम हुदा गर नभएको समएमा परन जाउ तिमिलाई भोलि राम्रो हुन्छ भन्नू भयो म सङै काम गर्ने दाइ हरु ले पनि तेसै भन्नू मलाई त्यो रेस्टुरेन्टमा सबै भन्दा सानो उमेर को मै थिये मलाई पर्न केही न आउने त्या काम गर्ने दाइ हरु ब्याचलर कोइ बार दिएर परदै काम गर्नु हुन्थ्यो आफुलाई खर्च को लागि को रेस्टुरेन्टमा घर को अभाव मा होइन
अनि मलाई त्या काम गर्ने दाइ हर्ले ईंग्लिश नेपाली पर्न लेख्न बिबिन्न बिसयको कुरा हरु सिकाउनु थाल्नु भयो अनि तेस पछि भासा ईंग्लिश सरल लेख्न पर्न जाने पछि मलाई एउटा् इन्स्चिच्युट सेन्टर मा जोइन गर्दिनु भयो जमल मा बिहान को पाच बजे देखि आठ बजे सम्म पराउनु हुन्थ्यो त्याहा पर्न आउनु पनि धेरै हुन्थ्यो अनि म आठ बजे रेस्टुरेन्टमा आउथे रेस्टुरेन्टमा काम नभएको बेलामा त्यो दाइ हर्ले पर्नु बस भन्नू हुन्थ्यो मलाई गर्ब लाग्थ्यो तर मलाई लाज लाग्थ्यो र म मन मनै पर्थे किनकी मलाई राम्रो सङ पर्न आउदैन थियोे कसैले सुन्छ कि भनेर म बिस्तारै पर्थे त्यो दाइ हर्ले भन्नु हुन्थ्यो सुन्ने गरि पर तैले उचारन गर्न जानी राको छैनस भने हामी तलाइ उचारन गर्न सिकाउछु भन्नू हुन्थ्यो हो पनि कति नजानेको कुरा हरु मैले बोलेको सुनेर उचारन गर्नु सिकाउनु हुन्थ्यो म पर्न गको मा दाजु ले कआम गर्नु हुन्थ्यो लगभग मैले पाच बर्षा निउरोड जमल मा परे ईंग्लिश को बिसयमा बिदेशी आउँनु हुन्थ्यो जाच गर्न को लागी रेस्टुरेन्टमा अनि