Saathibhaai corner

Saathibhaai corner Bike Repair, Bike Parts Wholesale, Bike Hire, Mobile Accessories, repair and Apple Original Accessories

09/04/2024

अंश बाडफाँड 💔
याद छ भाइ तलाई त्यो रात
ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला
आमाले रुदै तँलाइ च्यापेर सुतेको दिन ?
तर आज अंश माग्दा
तैले आमाको काख माग्न किन सकिनस्?
तैले त त्यो दिन पनि बिर्सेछस्
नभए आज अंश माग्दै गर्दा
बा को काँध कसरी छुटाउँथिस होला र?
जुन काँधमा चड्न
तेरो र मेरो झगडा पर्ने गर्थ्यो।
भाइ,
मैले चाहिँ कसरी भुल्न सके होला है
तलाइ शहरमा राखेर पढाउँदा
बेशीको तिन रोपनी जग्गा बेचेको?
अनि कसरी बिर्से होला
तेरो बिहे खर्चको लागि
पाखोबारी सस्तैमा बेचेको?
आमाले कुँडेमा दूध तताएर
कुराउनी कोर्दै गर्दा
बाहिरबाट मलाई चुकुल लगाइदिएर
तँ नै भान्सामा छिटो पुग्थिस्।
तर आज,
बालाई दमले गार्हो पार्यो भन्दा
तँ तेरै घरको ढोकाको
भित्रबाट चुकुल लगाएर बसेको छस्
अनि आइपुगेको छस्
बा को सास गएपछि
सबैभन्दा अन्तिममा।
मलाई अझै याद छ
मेरो बिहेमा
माथिल्लो घरको बस्नेत दाइको कोट

तल्लो घरकी थपिनी भाउजूको सुन
पैचो मागेर
मैले मेरो बिहे उतारेको दिन
याद त मलाई त्यो पनि छ
तेरो बिहेमा तीन तोलाको सुन
दुईवटा खसी
चारवटा गाडी
तेरो बिहेमा तँ खुशी भइनस सायद ,
जति तेरो बिहेमा म खुशी भएँ।
आमालाई महिला समुहमा
मिस्री बाँडेको दिन
आमाले कान्छाले खाओस् भन्नू हुन्थ्यो
अनि तँ मुख चपाउँथिस
तर गुलियो मलाई हुन्थ्यो
आज तैले अंश माग्दा
मेरो माया अलिकति दे किन भनिनस्?
भाइ ,
तैले परालको कुन्युमा अन्जानमै आगो लगाइस्
बा लाई मैले हो भनेर
बा को पिटाइ मैले सहे
तर
आज अंश माग्दै गर्दा
त्यो दिनको पराल लान्छस् दाइ भनेर किन सोधिनस्?
तैले अंश खोजेर
सम्पति लिएर गइस्
अनि मैले आमालाई पाल्ने होइन
आमा सँगै बस्ने सौभाग्य पाए ❤️
ए शहरमा बसेर वकिल पढेको मेरो भाइ
अब त आफै भन त
यो रगतको युद्धमा
मैले जिते कि तैले जितिस्...?
नोट:कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ।
#साभार

We r at Gamcha, Budhanilkantha
11/07/2018

We r at Gamcha, Budhanilkantha

We r also coming at Gamcha near chunikhel on d way to Taarebhir,
09/07/2018

We r also coming at Gamcha near chunikhel on d way to Taarebhir,

01/05/2018
Bye bye 2074
13/04/2018

Bye bye 2074

Time revolving inside circle with no end
11/04/2018

Time revolving inside circle with no end

Birthday selibright Saathibhaai corner
22/03/2018

Birthday selibright Saathibhaai corner

Let post holi
12/03/2018

Let post holi

Happy valentine’s day ❤️
14/02/2018

Happy valentine’s day ❤️

Address

Baluwakhani
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779869112170

Website

Alerts

Be the first to know and let us send you an email when Saathibhaai corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saathibhaai corner:

Share

Category