Nepali Khabar

Nepali Khabar तथ्य खबर

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाउनुभएको मन्त्रिपरिषद् बैठक।
10/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाउनुभएको मन्त्रिपरिषद् बैठक।

Action मा सरकार: सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालले सु!त्केरी महिलालाई राति २ बजे भर्ना नलिएपछी अस्पताल अगाडि फुटपाथम...
10/09/2026

Action मा सरकार: सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालले सु!त्केरी महिलालाई राति २ बजे भर्ना नलिएपछी अस्पताल अगाडि फुटपाथमै एक महिलाले ब!च्चा ज!न्माएको बिषयलाई लिएर स्वास्थ्य मन्त्रालयले २४ घण्टा भित्र अस्पताल माथि कडा छानबिन गर्न र सु!त्केरीको निशुल्क उपचार गराउन निर्देशन दिएको छ। 😮

shocking😳 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री  गौरी कुमारी  यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझ...
10/09/2026

shocking😳 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझाउनु भएको छ ।

यस्तो छ आजको राशिफल-
10/09/2026

यस्तो छ आजको राशिफल-

माता पाथीभाराको कृपाले आजको दिन शुभ रहोसे ।आजको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस् । जय माता पाथिभारा
10/09/2026

माता पाथीभाराको कृपाले आजको दिन शुभ रहोसे ।
आजको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस् । जय माता पाथिभारा

यस्तो छ आजको राशिफल -
09/09/2026

यस्तो छ आजको राशिफल -

पथरी शनिश्चरेमा विशेषज्ञ चिकित्सकीय सेवा विस्तार भएको छ। सुमंगल मेडिकल हलमा अब दैनिक रुपमा बिहान तथा बेलुका फिजिसियन सेव...
08/09/2026

पथरी शनिश्चरेमा विशेषज्ञ चिकित्सकीय सेवा विस्तार भएको छ। सुमंगल मेडिकल हलमा अब दैनिक रुपमा बिहान तथा बेलुका फिजिसियन सेवा सुचारु गरिएको छ ।

पथरी शनिश्चरे–१, मन्दिर लाइनमा रहेको सुमंगल मेडिकल हलले विशेषज्ञ चिकित्सकीय सेवा सुरु गरेको छ। स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल हलमा कन्सल्टेन्ट फिजिसियन डा. काजल विश्वकर्माको दैनिक सेवा उपलब्ध हुने जनाइएको छ। मेडिकल हलका अनुसार दैनिक स्वास्थ्य समस्या, ज्वरो, रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी समस्या लगायत विभिन्न स्वास्थ्य समस्याका लागि विशेषज्ञ चिकित्सकबाट परामर्श लिन सकिनेछ।

सुमंगल मेडिकल हल, पथरी शनिश्चरे–१, मन्दिर लाइन, मोरङमा सेवा उपलब्ध हुने जनाइएको छ।

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन थालेसँगै पथरी शनिश्चरे तथा आसपासका नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

सम्पर्क: ९८४३३०३६३०
सुमंगल मेडिकल हल — स्थानीय स्तरमै सहज स्वास्थ्य सेवा।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा दुई हजारभन्दा बढी हवाई उडान प्रभावित भएका छन् भने करिब ३.४१ लाख यात्रु प्रभावित प...
08/09/2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा दुई हजारभन्दा बढी हवाई उडान प्रभावित भएका छन् भने करिब ३.४१ लाख यात्रु प्रभावित परेको बताइएको छ ।

बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएको छ। कानुन मन्त्रालयको सहमतिस...
08/09/2026

बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएको छ। कानुन मन्त्रालयको सहमतिसँगै विधेयकमा रहेको ५५–३० को प्रावधान कायमै रहने देखिएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार संघीय निजामती सेवा ऐनको विधेयकमा कानुन मन्त्रालयले सहमति दिइसकेको छ। अब विधेयक मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको उनले जानकारी दिए।

भुजेलका अनुसार प्रधानमन्त्री कार्यालयले बुधबार विधेयकलाई सहमतिका लागि लोकसेवा आयोगमा पठाउने तयारी गरेको छ। आयोगबाट सहमति प्राप्त भएपछि सरकारले विधेयक संसद्मा पेस गर्नेछ।

विधेयकमा ५५ वर्ष उमेर पूरा गरेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीले अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यस प्रावधानप्रति लामो समयदेखि निजामती क्षेत्रमा चासो रहँदै आएको थियो। विशेषगरी कानुन मन्त्रालयले यसमा सहमति जनाउँछ कि जनाउँदैन भन्ने विषयमा कर्मचारी वृत्तमा विभिन्न अनुमान भइरहेका थिए।

तर संघीय मामिला मन्त्रालयबाट पठाइएको मस्यौदालाई कानुन मन्त्रालयले सहमति दिएपछि ५५–३० को व्यवस्था विधेयकमा कायम रहने सम्भावना बढेको हो। यसअघि अर्थ मन्त्रालयले पनि विधेयकमा दुई पटक सहमति दिइसकेको जनाइएको छ।

यदि विधेयक हालकै स्वरूपमा पारित भई राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भयो भने ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्।

यस व्यवस्थाका कारण १३ हजारभन्दा बढी निजामती कर्मचारी एकैपटक वा चरणबद्ध रूपमा अवकाशमा जान सक्ने अनुमान गरिएको छ।

अवकाशमा जाने कर्मचारीका लागि आवश्यक अनुदान तथा अन्य आर्थिक दायित्व व्यवस्थापन गर्न राज्यलाई २५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सक्ने अनुमान गरिएको छ।

संघीय निजामती सेवा ऐन ल्याउने प्रयास लामो समयदेखि जारी रहे पनि विभिन्न कानुनी, प्रशासनिक तथा नीतिगत विवादका कारण आठ वर्षदेखि विधेयक अघि बढ्न सकेको थिएन।

अब कानुन मन्त्रालयको सहमति प्राप्त भएसँगै विधेयक संसद् पुर्‍याउने प्रक्रिया अगाडि बढ्ने देखिएको छ। संसद्बाट पारित भएर ऐन बनेमा संघीय निजामती प्रशासनको संरचना, कर्मचारी व्यवस्थापन र अवकाश प्रणालीमा महत्वपूर्ण परिवर्तन आउनेछ।

विशेषगरी ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीका हकमा अनिवार्य अवकाशको व्यवस्था कार्यान्वयन भए ठूलो संख्यामा कर्मचारी बाहिरिने भएकाले त्यसको प्रशासनिक तथा आर्थिक प्रभावसमेत महत्वपूर्ण हुने देखिन्छ।

आज मंगलबार, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏
08/09/2026

आज मंगलबार, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share