20/06/2026
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले यस वर्ष कक्षा १२ को नतिजामा करिब ९ प्रतिशतको ठूलो छलाङ मार्दै ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। यो पछिल्लो ५ वर्षकै उत्कृष्ट नतिजा हो। तर, यो खुसीयालीको चमकभित्र एउटा तितो यथार्थ लुकेको छ, हाम्रा विद्यार्थीहरूका लागि अंग्रेजी विषय अझै पनि सबैभन्दा ठूलो 'भुत' सावित भइरहेको छ!
हो, यस पटकको परीक्षामा समग्र नतिजा सुध्रिए पनि अंग्रेजी विषयमा मात्रै ३३ हजार २ सय विद्यार्थी अनुत्तीर्ण (Non-Graded) भएका छन्। गत वर्ष यो सङ्ख्या ६१ हजारभन्दा बढी थियो। यो वर्ष सङ्ख्या घटे पनि सबैभन्दा धेरै विद्यार्थी फेल गराउने विषयको सूचीमा अंग्रेजी नै नम्बर १ मा छ।
❓ आखिर अंग्रेजीमै किन फेल हुन्छन् धेरै नेपाली विद्यार्थी? यी हुन् ५ मुख्य कारण:
१. जग नै कमजोर (फितलो बेस):
सरकारी र सामुदायिक विद्यालयहरूमा प्राथमिक तहदेखि नै अंग्रेजी शिक्षणको तरिका व्यावहारिक छैन। व्याकरण (Grammar) गोकाउने तर सिर्जनशील लेखन (Creative Writing) र सुनाइ-बोलाइमा ध्यान नदिँदा १२ कक्षामा पुग्दा विद्यार्थीहरू 'फ्री राइटिङ' गर्नै सक्दैनन्।
२. 'रटने' प्रवृत्ति र नयाँ पाठ्यक्रम:
नयाँ पाठ्यक्रमले रटेर उत्तर दिने प्रणालीलाई निरुत्साहित गरेको छ। परीक्षामा सोधिने विश्लेषणात्मक र आफ्नै भाषामा लेख्नुपर्ने प्रश्नहरूमा गाइड वा गेसपेपर घोकेर जाने विद्यार्थीहरू नराम्ररी फस्ने गरेका छन्।
३. भाषा र माध्यमको खाडल:
सहरका निजी स्कुल र दुर्गमका सरकारी स्कुलका विद्यार्थीबिच अंग्रेजीको 'एक्सपोजर' मा आकाश-जमिनको फरक छ। दुर्गमका विद्यालयहरूमा अझै पनि विषयगत र दक्ष अंग्रेजी शिक्षकहरूको चरम अभाव छ।
४. सामाजिक सञ्जालको 'स्ल्याङ' भाषा:
पछिल्लो समय विद्यार्थीहरूमा च्याटिङ गर्दा छोटो अक्षर (जस्तै: You को ठाउँमा U, Because को ठाउँमा Bcoz) लेख्ने बानी बढेको छ। यसले गर्दा परीक्षाको उत्तरपुस्तिकामा पनि हिज्जे (Spelling) र वाक्य गठनमा गम्भीर गल्ती हुने गरेको शिक्षकहरू बताउँछन्।
यस वर्षको नतिजाको कम्प्लिट डाटा-सिट (Data Sheet):
- समग्र उत्तीर्ण प्रतिशत: ६९.७५% (३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० उत्तीर्ण)।
- नन-ग्रेडेड (NG): नियमिततर्फ १ लाख ४७१ विद्यार्थी।
- छात्र भर्सेज छात्रा: यस वर्ष पनि छात्राहरूले बाजी मारेका छन्! १ लाख ५९ हजार ९६४ छात्रामा १ लाख १२ हजार ६०३ (करिब ७०.३९%) ग्रेडेड भए भने १ लाख ७२ हजार २४८ छात्रमा करिब १ लाख १९ हजार मात्र ग्रेडेड भए।
प्रदेशगत नतिजाको रेस (कुन प्रदेश कति अगाडि?):
बागमती प्रदेश: ७८.१७% (सर्वोत्कृष्ट )
गण्डकी प्रदेश: ६९.७२%
लुम्बिनी प्रदेश: ६७.८२%
कोशी प्रदेश: ६५.९८%
मधेश प्रदेश: ६४.७७%
सुदूरपश्चिम प्रदेश: ६४.३१%
कर्णाली प्रदेश: ६२.१७%
जिपिए (GPA) को वर्गीकरण: कुन समूहमा कति?
GPA ३.६१ देखि ४: १७,७८६ जना
GPA ३.२१ देखि ३.६०: ६४,८२१ जना
GPA २.८१ देखि ३.२०: ९४,२४९ जना (सबैभन्दा धेरै विद्यार्थी यो समूहमा)
GPA २.४१ देखि २.८०: ५०,५९७ जना
GPA २.०१ देखि २.४०: ४,३०८ जना
GPA १.६१ देखि २.०: ९ जना
फेल भएकाहरूले के गर्ने? साउनमै मौका परीक्षा!
यदि तपाईं वा तपाईंको कोही आफन्त बढीमा दुई विषयमा नन-ग्रेडेड (फेल) हुनुभएको छ भने चिन्ता नगर्नुहोस्। बोर्डले आगामी साउन १ र २ गते नै ग्रेडवृद्धि (मौका) परीक्षा सञ्चालन गर्दै छ। उत्तरपुस्तिका पुनरावलोकन (Retotalling) का लागि शनिबारदेखि नै एक हप्तासम्म अनलाइन आवेदन दिन सकिने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन्।
पास भएपछि बिदेसिने लहर: शिक्षाविद्को चिन्ता
शिक्षाविद् विद्यानाथ कोइरालाले कक्षा १२ पास गरेपछि नेपालका विश्वविद्यालयहरू रित्तिने र युवाहरू विदेश दौडिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालय र एनओसी (NOC) को तथ्याङ्कअनुसार पास भएका झन्डै आधा विद्यार्थी नेपाली कलेजमा भर्ना नै हुँदैनन्; उनीहरू सिधै एयरपोर्ट समात्छन्। कोइराला भन्छन्, "सरकारले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने र देशभित्रै रोजगारी पाउने स्पष्ट नीति ल्याउन नसक्नु र विश्वविद्यालयहरूलाई निरीह बनाउनु देशका लागि घातक बन्दै छ।"
हाम्रो दृष्टिकोण:
पछिल्लो ५ वर्षमा नतिजा ४८% बाट बढेर झन्डै ७०% पुग्नु शिक्षा क्षेत्रका लागि सकारात्मक कुरा हो। तर, हरेक वर्ष अंग्रेजीमै हजारौँ विद्यार्थी अनुत्तीर्ण हुनुले हाम्रो जग (Primary Education) मै ठूलो मर्मत आवश्यक छ भन्ने देखाउँछ।
तपाईंको अंग्रेजी विषयको अनुभव कस्तो थियो? के साच्चै नेपालको अंग्रेजी शिक्षण प्रणालीमा खोट छ? कमेन्टमा आफ्नो अनुभव लेख्नुहोला र कक्षा १२ को नतिजा हेरेर बसेका भाइबहिनी तथा अभिभावकहरू माझ यो उपयोगी विश्लेषण सेयर गर्नुहोला!