Pradip Maharjan Photography

Pradip Maharjan Photography Freelancer Photographer..

जनै पूर्णिमा — शुद्धीकरण, नवीकरण र संरक्षणको पवित्र पर्व। 🙏❤️जनै पूर्णिमाको पावन अवसरमा नेपालभरका हिन्दू धर्मावलम्बीहरूल...
28/08/2026

जनै पूर्णिमा — शुद्धीकरण, नवीकरण र संरक्षणको पवित्र पर्व। 🙏❤️

जनै पूर्णिमाको पावन अवसरमा नेपालभरका हिन्दू धर्मावलम्बीहरूले आफ्नो जनै परिवर्तन गर्नुका साथै हातमा रक्षाबन्धन (डोरो) बाँध्ने परम्परा रहेको छ। यस पवित्र धागोले वर्षभरि सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा विभिन्न विपत्तिबाट रक्षा गर्ने विश्वास गरिन्छ।

यस दिन क्वाँटीको पनि विशेष महत्व रहन्छ। विभिन्न नौ प्रकारका गेडागुडी मिसाएर बनाइने पौष्टिक क्वाँटी परिवारका सदस्यहरू मिलेर खाने चलन छ। यसले जनै पूर्णिमालाई आध्यात्मिकता, परम्परा र पारिवारिक एकताको सुन्दर संगम बनाएको छ।

परिवर्तन गृहमा हामी यस पर्वले प्रतिनिधित्व गर्ने संरक्षण, नवीकरण र बलियो आधारका मूल्यहरूलाई विशेष सम्मान गर्दछौँ। जनै पूर्णिमाले आध्यात्मिक सम्बन्ध र आस्थालाई नवीकरण गरेझैँ, हामी पनि पुस्तौँसम्म मजबुत रहने र परिवारलाई सुरक्षित राख्ने घर निर्माणप्रति प्रतिबद्ध छौँ।

जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! ❤️🙏

यस पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, सुरक्षा, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
Pc: Pradip Maharjan Photography

आज नेवा समुदायले स्थानीय पर्व गथांमुगः , जसलाई गठेमंगल पनि भनिन्छ। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशी अर्थात् श्रावण मह...
11/08/2026

आज नेवा समुदायले स्थानीय पर्व गथांमुगः , जसलाई गठेमंगल पनि भनिन्छ। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशी अर्थात् श्रावण महिनाको कृष्ण पक्षको १४औँ दिनमा यो पर्व मनाइन्छ। यसलाई गथांमुगः चःह्रे वा घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ। यो पर्वलाई घर तथा वरपरको वातावरण सफा गर्ने र नकारात्मक शक्ति तथा दुष्ट आत्माबाट बच्न पूजा–आराधना गर्ने पर्वका रूपमा समेत लिइन्छ।
यो पर्व कहिलेदेखि मनाउन थालियो भन्ने यकिन प्रमाण हालसम्म स्पष्ट हुन सकेको छैन। तथापि, हस्तलिखित ऐतिहासिक ग्रन्थ गोपालराज वंशावलीमा यस पर्वको उल्लेख पाइन्छ, जसअनुसार गथांमुगः पर्व लिच्छवि कालदेखि नै मनाउन थालिएको मानिन्छ।
यस अवसरमा विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भई परालबाट बनाइएको घण्टाकर्ण राक्षसको प्रतीकात्मक पुत्ला तयार गरेर जलाउने परम्परा रहेको छ। यसरी घण्टाकर्णको पुत्ला जलाएर अशुभ तथा नकारात्मक शक्तिलाई विदाइ गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने गरिन्छ।

कला, सँस्कृति, सम्पदा र जात्राले भरिपुर्ण छ “काठमाडौं उपत्यका”। यहाँको मूर्त अमूर्त संस्कृति र सम्पदाले काठमाडौं उपत्यका...
09/08/2026

कला, सँस्कृति, सम्पदा र जात्राले भरिपुर्ण छ “काठमाडौं उपत्यका”। यहाँको मूर्त अमूर्त संस्कृति र सम्पदाले काठमाडौं उपत्यकालाई जीवन्तता दिइरहेको छ। १२ महिना केही न केही जात्रा पर्व भइरहने काठमाडौं उपत्यका नेवा सभ्यता इतिहासको मुख्य थलो हो। स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा हुने जात्रा पर्व, कला संस्कृति, बाजा गाजा र स्थानीय नेवा परिवारले गर्दा नेपालमा वर्षेनी पर्यटक आइरहेका छन्। काठमाण्डौ, ललितपुर र भक्तपुरमा प्राचिन दरवार क्षेत्र वरपर मुख्य शहर र त्यसभन्दा बाहिर चारै तिर स–साना धेरै नयाँ वस्ती हरु जोडेर नै सिंगो विशाल काठमाण्डौ उपत्यका साँस्कृतिक क्षेत्रको रुपमा विकास भएको पाइन्छ । तिनै मध्येको एक प्राचिन नेवाः वस्ती हो “बोसिगाउँ” ।

काठमाडौंको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका वडा नं. १० अन्तर्गत पर्ने बोसीगाउँ एक पुरानो नेवा बस्ती हो। इतिहास पल्टाएर हेर्दा हाल चन्द्रागिरि नगरपालिका वडा नं. वडा नं ८मा पर्ने ल्होंखा बाट १६ जना बोसी अलग्गिएर बोसीगाउँको विस्तार भएको पाइन्छ। ‘बोसी’ नेपाल भाषा शब्द हो, जसको हुन्छ काठ चिर्ने काम गर्ने मान्छे । तिनै बोसीहरू बस्ने ठाउँ भएकाले बोसीगाउँ रहन गएको हो। यसभन्दा अघि यस ठाउँलाई प्रतापपुर र पपनखेलका नामले चिनिने गर्दथ्यो। धार्मिक, सांस्कृतिक रूपमा धनी मानिने यस ठाउँमा थुप्रै जात्रा पर्व मनाइन्छ। यहाँको मुख्य पर्वमध्ये न्ह्यगाँ बखुमल जात्रा अर्थात् सात गाउँले जात्रा हो। यस बाहेक पनि यहाँ अन्य थुप्रै जात्रा पर्व पनि धुमधाम साथ मनाइँदै आइरहेको पाइन्छ।

नेपाल सम्वतको दिल्लागा चःह्रे देखि बोसिगाउँमा लाखे नाच सुरु भई यँलाथ्वः पुन्ही अर्थात येंयाः पुन्हीमा समाप्त हुन्छ । यस बीच यहाँ हर्षोल्लास र उल्लासमय तरिकाले लाखे नाच नचाइन्छ। प्रत्येक वर्ष सापारु गाइजात्राको भोलीपल्ट राती यहा विशेष नाच लाखे स्यायगु प्याखँ हुन्छ जसको अर्थ हुन्छ लाखे मार्ने नाच । जहाँ राजकुमार र लाखे आमने सामुन्ने हुन्छन् र दुई पात्र बीच युद्ध भिडन्तको साङ्गेतिक नाच प्रस्तुत गरिन्छ । खिँको तालमा राजकुमारले लाखे लाई धनुष वाण हान्छन् र अन्त्यमा वाणको तीर निशाना लागेर लाखे मर्दछ ।
Text: Bikshan Maharjan
Pc: Pradip Maharjan Photography

१०८ लिटर दुध सहितको पंचामृत पूजा सहित शनिवार बिहान हनुमानढोका दरवार परिसरको मखन महेन्द्रेश्वर महादेव द्वारमा प्रतिस्थापि...
08/08/2026

१०८ लिटर दुध सहितको पंचामृत पूजा सहित शनिवार बिहान हनुमानढोका दरवार परिसरको मखन महेन्द्रेश्वर महादेव द्वारमा प्रतिस्थापित महादेवको बुंसाध (जन्मोत्सव) मनाइयो। ॥जय शम्भो ॥
Pc: Pradip Maharjan Photography

दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम–२०८३गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २...
29/07/2026

दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम–२०८३
गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा एकपटक मनाइने प्राचीन नेवा बौद्ध परम्पराअनुसार सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ ।
सम्यक महादानको अवसरमा ८५ वटा दीपंकर बुद्धको प्रतिमा एकै स्थानमा स्थापना गरी पूजाआजा तथा पञ्चदान (दान अर्पण) गरिएको थियो । धार्मिक अनुष्ठानपछि दीपंकर बुद्धका प्रतिमासहितको भव्य शोभायात्रा काठमाडौंका ऐतिहासिक बस्ती तथा सडकहरू परिक्रमा गरिएको थियो ।
शताब्दीयौँदेखि चलिआएको यो नेवा बौद्ध परम्परा २४ वर्षमा एकपटक आयोजना गरिन्छ । सम्यक महादानलाई दान, करुणा र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा लिइन्छ, जहाँ श्रद्धालुहरूले बुद्ध प्रतिमालाई विभिन्न दान सामग्री अर्पण गर्दै पुण्य आर्जन गर्ने विश्वास रहिआएको छ ।

Happening Today...हरेक वर्ष सिथि नख:को भलिपल्ट अर्थात् जेष्ठ शुक्ल सप्तमीको दिन चन्द्रागिरी नगरपालिकाको किपूल्चा (किसिपि...
21/06/2026

Happening Today...
हरेक वर्ष सिथि नख:को भलिपल्ट अर्थात् जेष्ठ शुक्ल सप्तमीको दिन चन्द्रागिरी नगरपालिकाको किपूल्चा (किसिपिडी) बाट बलम्बुमा ग्व:जा(चामलको बाट बनाएको विशेष परिकार) छाय्यगु पर्व..🙏🙏 किम्बदन्ती अनुसार धेरै पहिले यस ठाउॅंमा अनिकाल(खानेकुराको अभाव ) भएको बेलामा ..यसरी बलम्बुमा ग्व:जा चढाउन गएपछि कहिल्यै अभाव र समस्या भएन.. सोही अनुरुप उक्त चढाइएको ग्व:जा लाई आजसम्म पनि सबै मानिसहरुले प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन्।
Pc: Pradip Maharjan Photography

रातो मच्छिन्द्रनाथ श्री करुणामय बुंग द्यः  रथलाई आज बुधबार लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। ६ गते भोटो ...
17/06/2026

रातो मच्छिन्द्रनाथ श्री करुणामय बुंग द्यः रथलाई आज बुधबार लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। ६ गते भोटो जात्रा गरी श्री करुणामय बुंगमति लगिनेछ।

थौ असारया न्हापांगु दिन हरिसिद्धि जःलःया सिन्हाज्याया जिं(दिन) ज्वनेगु देवगणया विशेष पुजा जुलः। थनया परम्परा कथं हरिसिद्...
15/06/2026

थौ असारया न्हापांगु दिन हरिसिद्धि जःलःया सिन्हाज्याया जिं(दिन) ज्वनेगु देवगणया विशेष पुजा जुलः। थनया परम्परा कथं हरिसिद्धि द्य:थाय् पुवाचा छाना विधिवत पुजा जुई। अथे हे नासः द्य व पिगंद्यःयाथाय् न पुवाचा छाना पुजा याना स्वाॅ क्वकया पुवाचा न लाना काई। वहे पुवाचा ज्वना द्यः खलः मध्य लःदुगु न्ह्यःने लाःम्हसिया बुंई पुवाचा पिना दिन ज्वनेगु याई। थौ कन्हय् धाःसा द्यःया बुंई हे दिन ज्वनेगु यानाच्वंगु दु।थथे याये धुंका अन बुंई वपिं सकस्या अन हे समय् नयेगु याई। ल्यंगु पुराना ज्वना देशय् दुहाॅ वईबले लॅय् नापलाःक्व व छेॅछेॅ पुवाचा ईना बीगु याई। थ्वः पुवाचा न्हापालाक्क पिना थःगु पुवाचा पितःकी सामा दुकायेबले अप्वः सइगु जन विश्वास दु।

Pc: Pradip Maharjan Photography

किर्तिपुरको प्यंग:थामा श्री रातो मच्छिन्द्रनाथको फुल प्रसाद किर्तिपुरकी याकः मिसालाई दिईएको छ। आज बिहान श्री मच्छिन्द्रन...
14/06/2026

किर्तिपुरको प्यंग:थामा श्री रातो मच्छिन्द्रनाथको फुल प्रसाद किर्तिपुरकी याकः मिसालाई दिईएको छ। आज बिहान श्री मच्छिन्द्रनाथको प्रतिनिधित्व गर्दै पानेजु सहितको टोली अहिले रथ रोकिराखेको स्थान ईति टोल देखि खालि खुट्टा पैदल हिँडेर किर्तिपुरमा आई रातो मच्छिन्द्रनाथको जीवित प्रेमिका मान्दै आएको याकः मिसालाई फुल प्रसाद दिएको हो।
यस बर्षको अन्तिम रथ यात्रा असार ३ गते बुधबार हुनेछ। पश्चिम यात्रा भनेर चिनिने उक्त रथ यात्रा जावलाखेलमा ल्याई समाप्त हुनेछ।
Pc: Pradip Maharjan Photography

जय श्री मच्छेनारायण 🙏आस्था, भक्ति र आत्मशुद्धिको पवित्र महिना — पुरुषोत्तम मलमास 🙏Day-21                      Pc: Pradip...
06/06/2026

जय श्री मच्छेनारायण 🙏
आस्था, भक्ति र आत्मशुद्धिको पवित्र महिना — पुरुषोत्तम मलमास 🙏
Day-21

Pc: Pradip Maharjan Photography

Address

New Naikap/1
Kathmandu

Telephone

+9779841792357

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Maharjan Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradip Maharjan Photography:

Shortcuts

Share

Category