Old photo of NEPAL

Directions Website Contact the business

Old photo of NEPAL Showcase of vintage photos & videos of NEPAL. Collection of old photos/images, video footage of Nepal gathered from different sources.
(321)

All the pictures shown on this page are property of their respective owners. We don't hold any copyright about these pictures. These pictures have been collected from different public sources including different websites, considering to be in public domain. You can use those contents for educational purpose.

22/09/2026

वि.संं २०२४ सालमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुहुँदै राजा महेन्द्र ।
King Mahendra delivers Speech in English at United Nations, 1967 AD.

16/09/2026

गुर्जुधाराबाट टेकूसम्म रेल गुडेको देख्नेहरूको अनुभव
[नानीबाबु विष्ट, नानीमैयाँ कुँवर र धुर्व कुँवरको अनुभव]

इन्द्रजात्राका लागि योंसी तानेर काठमाडाैंतर्फ ल्याइँदै, यो कोटेश्वर नजिकैको दृश्य हो । अघिल्तिर दायाँतर्फ गुरुजुका पल्टन...
15/09/2026

इन्द्रजात्राका लागि योंसी तानेर काठमाडाैंतर्फ ल्याइँदै, यो कोटेश्वर नजिकैको दृश्य हो । अघिल्तिर दायाँतर्फ गुरुजुका पल्टनका सदस्य पनि देख्न सकिन्छ ।
Men pulling log for Yansi used in Indrajatra.
Photo by Benito Roveran in 1978 AD.
Photo Museum Nepal

ऋषिपञ्चमी पर्वका अवसरमा टेकु दोभान क्षेत्रमा स्नान गरिरहेका महिलाहरूको समुह, वि.सं. २०३१ सालमा खिचिएको तस्बिर ।तस्बिर , ...
15/09/2026

ऋषिपञ्चमी पर्वका अवसरमा टेकु दोभान क्षेत्रमा स्नान गरिरहेका महिलाहरूको समुह, वि.सं. २०३१ सालमा खिचिएको तस्बिर ।
तस्बिर , | संग्रहः Photo Museum Nepal

महाकवि देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली आजकै (भदाै २९ गते) दिन वि.सं. २०१६ सालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको निधन भ...
14/09/2026

महाकवि देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली

आजकै (भदाै २९ गते) दिन वि.सं. २०१६ सालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको निधन भएको थियो ।
यहाँ प्रस्तुत गरिएको तस्बिर साहित्यकार मदनमणि दीक्षितले सोही दिन बिहान करिब ९ बजे आर्यघाटस्थित वैद्य अस्पतालमा खिच्नुभएको बताइन्छ । वि.संं. २०१६ भदाै २९ गते साँझ करिब ६ बजे महाकवि लक्ष्मीप्रसाद देवकोटाको पशुपति आर्यघाटमा निधन भएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उडी छुनु चन्द्र एक’ लेखेको प्रसंगलाई लिएर उनको गिल्ला गर्ने मान्छे पनि यस पृथ्वीमा थिए । तर उनको दूरदर्शी भावना उनको जीवनकालमा नै साकार पनि भयो । भाद्र २८ गतेको साँझ करिब ९ बजे तत्कालीन सोभियत संघको लुना-२ यान चन्द्रलोकमा (चन्द्रमा मा) ओर्ल्यो देवकोटा चाँही भाद्र २९ गते अर्थात लुना-२ चन्द्रमामा अवतरण भएको भोलिपल्ट साँझ बेलुका ६ बजेर १० मिनेटमा परलोक भए ।
Great Poet Laxmi Prasad Devkota at the last stage of his life in the room of a public inn in Pashupati Aryaghat, Kathmandu, September, 1959 AD.


13/09/2026

८३ वर्षीय दाजु र ७८ वर्षीया बहिनीसँग तीजका कुरा ।
सानेपाका नानीकाजी विष्ट पेशाले नेपाल सरकारका पूर्वप्रशासक हुनुहुन्छ । उहाँ हरेक वर्ष सानेपादेखि थानकोटसम्म तीजका बेला दर बोकेर बहिनी नानीमैंया कुवँरको घर पुग्नुहुन्छ । उहाँहरूसँग शनिबार भेट हुँदा तीजका बारेमा केही अनुभव सुन्ने माैका मिल्यो ।

भिडियो स्रोतः थानकोट टाइम्स

आज गोकर्णे औंशी, कुशे औंशी, बुवाको मुख हेर्ने दिनः२०३४ सालमा खिचिएको तस्बिरमा बागमतीको तिर एवं गोकर्णेश्वर महादेव मन्दिर...
11/09/2026

आज गोकर्णे औंशी, कुशे औंशी, बुवाको मुख हेर्ने दिनः

२०३४ सालमा खिचिएको तस्बिरमा बागमतीको तिर एवं गोकर्णेश्वर महादेव मन्दिर परिसरमा चहलपहल।
थप तस्बिरहरू> Photo Museum Nepal
उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लाग्ने गर्दछ । जसका कारण यस औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । यसदिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न भीड लाग्दछ ।
पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुबै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीन दुः खीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

01/09/2026

Bagmati river in 1947AD.
वि.सं २००४ सालमा खिचिएको भिडियोमा बागमती नदी ।
भिडियो: ठाकुरदास प्रधान, संग्रह: विष्णुदास प्रधान ।
थप विडियोः Photo Museum Nepal || Old videos of Nepal

कृष्ण भीरमा पहिले पहिरो, अहिले बाढीवि.सं. २०४७ को तस्बिर, पृथ्वी राजमार्गअन्तर्गत धादिङ*को कृष्ण भीरबाट सडकमा खसेको पहिर...
31/08/2026

कृष्ण भीरमा पहिले पहिरो, अहिले बाढी
वि.सं. २०४७ को तस्बिर, पृथ्वी राजमार्गअन्तर्गत धादिङ*को कृष्ण भीरबाट सडकमा खसेको पहिरो पन्छाउँदै गरेको एक्साभेटर । अहिले यही भीरको बाटो त्रिशूलीले कटान गरेपछि पुनः चर्चामा छ ।
थप तस्बिरका लागि Photo Museum Nepal ।
#कृष्णभीर

पुराना तस्बिरमा त्रिशुली बजार र वरपरका क्षेत्र । Some old photos of Trishuli Bazar and surround. Photo Collection: Photo...
29/08/2026

पुराना तस्बिरमा त्रिशुली बजार र वरपरका क्षेत्र । Some old photos of Trishuli Bazar and surround.
Photo Collection: Photo Museum Nepal

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Old photo of NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Old photo of NEPAL:

Shortcuts

Share

Category