Sujan Kandel

Sujan Kandel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sujan Kandel, Kathmandu.

बाँसले सिकाएको पाठ — चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच...
09/02/2026

बाँसले सिकाएको पाठ — चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ ।

यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा पनि तपाईले आफ्नो समय र स्रोतहरू पाँच वर्षसम्म लगातार लगानी गरिरहनु पर्ने हुन्छ ।

जब पाँचौं वर्षमा पुग्छ तब बल्ल टुसा पलाउँछ । तर भइदिन्छ के भने टुसा पलाएको ६ हप्ता भित्र यो बाँस ८० फिट अग्लो हुन्छ ।

यो बाँसको रूख हामीले सिक्नुपर्ने एउटा पाठ हो । यो बाँसको बोटले जीवनमा किन धैर्य आवश्यक पर्छ भनेर सिकाउँछ ।

यहाँ प्रश्न आउछ, के तपाईं पाँच वर्षको लागि कुनै सीप वा व्यवसाय सिक्न लगनशीलतापूर्वक आफ्नो समय समर्पित गर्न सक्नुहुन्छ ? सक्नुहुन्न भने तपाई सफल हुन पनि सक्नुहुन्न । किनभने सफल हुन निरन्तरको परिश्रम र धैर्य गर्न सिक्नुपर्छ ।

यो पाँच वर्ष यदि तपाइले अनवरत रुपमा आफै माथी लगानी गर्नुहुहुन्छ भने बल्ल तपाइको द्रुत सफलता सम्भव हुन्छ । होइन, आजको भोलि चाहिने हो भने कुनै स्थायी सफलता सम्भव हुँदैन ।

यसैले, आफैलाई समय दिनुहोस् । आफ्नो सीप विकास गर्न समय दिनुहोस् । आफ्नो व्यवसायलाई समय दिनुहोस् । आफ्नो सिकाइलाई समय दिनुहोस् । आफूमाथीको लगानीले नै तपाईलाई छिटो अघि बढ्न मद्दत गर्दछ ।

Address

Kathmandu
4460

Website

Alerts

Be the first to know and let us send you an email when Sujan Kandel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share