14/12/2025
च्याम्पियनहरू मैदानमा देखिए, तर यो ट्रफी जित्ने 'मेशिनरी' तपाईंहरू हुनुहुन्छ।
पर्दा पछाडि बसेर तपाईंहरूले गर्नुभएको हरेक व्यवस्थापन, हरेक डिजाइन, हरेक भिडियो, हरेक बजेट र हरेक समन्वयले नै टिमलाई मैदानमा शान्तपूर्वक खेल्न सक्ने वातावरण दियो।
विशेषगरी, टिमको दैनिक जीवनलाई सहज बनाउने Team Manager Ravi Timilsina HR/Talent Manager Shrestha Siwani ज्यूलाई हृदयदेखि धन्यवाद। तपाईंहरूको भूमिका टिमको लागि एउटा बलियो खम्बा (Pillar) सरह थियो।
हरेक Hiccup मा तपाईंहरूले हामीलाई दह्रिलो साथ दिनुभयो। व्यवस्थापन टिमलाई हृदयदेखि कोटि-कोटि स्याबास!
-Lucky Acharya र Adhikari को नेतृत्व,
-Team Manager Ravi Timilsina को चौबीसै घन्टाको समन्वय,
-Franchise Manager Gaurav Phuyal को व्यवस्थापन,
-Brand Manager Sulav Bajracharya को भिजन,
-Creative Designer Suprit Gautam को कला,
-भिडियो टिम Arun Hamal र Amrit Niraula को जोश,
-Host Irina Shrestha र Marcom Officer Suprasidda Subedi को समन्वय,
-Photographer Sushant Subedi र Accountant Vijay Chaudhary को दक्षता,
-Merchandise Rojan Kutu र Technical Sujan Prajapati को व्यवस्थापन,
र सम्पूर्ण Operations Intern Team (Priyanshi, Nishav, Ujjwal, Sampanna, Sushil, Sachin) को ऊर्जा—
हाम्रो ऐतिहासिक विजय यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद!
हामीलाई विश्वास र जोश दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूलाई सलाम छ।
हाम्रा कलाकार र Ambassadors: आफ्नो कला र प्रभावमार्फत हाम्रो यात्रामा रंग भर्नुहुने कलाकार Suman Karki, Anjila regmi , Bishnu Khatri Nabaraj Parajuli ज्यू लगायतका हौसला प्रदान गर्नुहुने सम्पुर्ण लाई विशेष धन्यवाद।
🦁 हाम्रा मास्कटहरू: रङशालामा अथक प्रयासले हामीलाई र दर्शकलाई मनोरञ्जन दिनुहुने र टिमलाई हौसला दिइरहनुहुने हाम्रा प्यारो मास्कटहरूलाई पनि स्याबास र धन्यवाद!
हाम्रो यात्रालाई सहज र सफल बनाउनका लागि उत्कृष्ट सेवा, सामग्री र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण Vendors तथा सप्लायर्सहरूलाई हृदयदेखि धन्यवाद!
यसका साथै, लुम्बिनी लायन्सको यो Roller Coaster जस्तो रोमाञ्चक यात्रामा साथ दिनुहुने सबै शुभचिन्तक, मिडिया र अप्रत्यक्ष सहयोगीहरूलाई हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरू कसैले पनि हाम्रो Chairman ज्यूको विश्वासलाई डगमगाउन दिनुभएन!
तपाईंहरूको यो साथ बिना, यो सफलता असम्भव थियो।