28/03/2025
श्रीमान परदेश कमाउन गाको बेला यता घरमा भएकी श्रीमतीले अर्कै पुरुषसँग लागेर सन्तान जन्माउछिन भने त्यो सन्तानमा कसको अधिकार हुन्छ?
एउटा गाउँमा एउटा युवराज नाम गरेको युवक थियोे, उसले साहु सँग कर्जा लिएर बिबाह गर्यो र बिबाह गरेको केही समयपछि ॠण तिर्न र केही पैसा जुटाउनको लागि गाउँका अन्य मान्छेहरुको पछि लागेर इन्डिया कोइला खानीमा काम गर्न गयो।
यता गाउँमा श्रीमती नजिकैको कुवाबाट पानी ल्याउने न्वाइध्वाई गर्ने र आफू साथै घरको सरसफाइ गरेर बस्ने गर्थिन भने साँझपख नजिकैको स्थानीय हाट बजारमा जाने र महर मसला र आफुलाई आवस्यक पर्ने सामान किनमेल गर्थिन।
त्यही गाउँको एउटा धनवान पुरुष पनि बिहान बेलुका आफ्नो मोटरसाइकलमा हाट बजार जाने गर्थ्यो, उसले प्रायजसो उन महिलालाई बजारबाट फर्कदै गरेको देख्थ्यो। र बाटोमा एक्लै हिड्दै गरेको देखेर एकदिन उन नवं बिबाहित महिलालाई उसले भन्यो: आउनुहोस म तपाइँलाई घरसम्म पुर्याइदिन्छु।
- होइन म हिड्दै जान्छु।
नडराउँनुस न, मेरो घर पनि तपाईंको घरदेखी नजिकै पर्छ, म तपाइँलाई सकुशल घरमा छोड्दिन्छु।
उन नव बिबाहित महिला मोटरसाइकलमा बसिन, उस पुरुषले राम्रोसँग उनलाई घरको अगाडी सम्म पुर्याइदियो र आफू आफ्नो घर गयो।
अब यो दिनानुदिनको काम चल्दै गयो।
एकदिन त्यस पुरुषले उनलाई स्नेह र आदारका साथ भन्यो: आज मेरो घरमा चिया पिएर जाउं, महिलाले उनको आग्रह स्वीकार गरिन र चिया पिएर घरमा गइ, सिलसिला अझै अघि बढ्यो खाना पनि हुन थाल्यो, ति दुई बिचमा प्रेम उत्पन्न हुन सुरु गर्यो र परिणाम स्वरुप "एउटा छोराको जन्म भयो।"
उन महिलाले आफ्नो छोरालाई उस पुरुषको घरमा नै छोडेर आफ्नो घरमा आउथिन, र बिच-बिचमा गएर दुध ख्वाएर आउथिन।
एक बर्ष पूरा भयो, श्रीमान फर्केर आउने दिन आउन लाग्यो। केही दिनपछि श्रीमान पनि घरमा आयो। श्रीमतीको ध्यान छोरामा हुनुको कारण उनले श्रीमानको कुरालाई ध्यान दिन पाउदिन थिइ, उनलाई असान्त र खिन्न देखेर श्रीमानले उनलाई भन्यो: " सत्य, सत्य भन के भयो..?
श्रीमतीले सबैकुरा भनिन् र छोराको याद आको कुरा सुनाइन।
श्रीमानले, आफ्नो छोरा लिएर आउ भनेर आदेश दियो।
श्रीमती उस पुरुषको घरमा गइन र मेरो श्रीमान आउनुभयो, म मेरो छोरा लिन आकि हु, भनेर उस पुरुषलाई भनिन्।
उसले भन्यो: छोरा मेरो हो, म मेरो छोरालाई दिन सक्दिन भन्यो।
अब महिला र उनको श्रीमान दुबैले छोरा मागिरहेका छन् तथा उस पुरुषले छोरालाई आफुसँगै राख्न चाहन्छ। यो सिलसिला जिल्ला अदालत सम्म पुग्यो। न्यायाधीशको अगाडी आआफ्नो कुरा राखे।
१• श्रीमानले भन्यो: "जब मेरो बिबाह भयो मसँग जमिन थियोे। म काम गर्नको लागि गाउँका दाजुभाइ सँग इन्डिया गएँ, मैले यो भनेर गाको थिए कि जब खेतीको सिजन हुन्छ म आउँछु, तर यदि कुनै कारण वस आउन पाइन भने तिमीले कसैलाई लगाएर खेती लगाउनु। बर्षात सुरु भयो, तर म आउन सकिन यही कारण मेरो श्रीमतीले मेरो खेत अर्कैको सहायताले खेतमा बीउ रोपिन। अहिले उब्जानी मेरो हो भनेर खेती लगाको ब्यक्तिले भन्दै छ। खेतमा फलेको अन्नबाली त खेत मालिकको नै हुन्छ नि हैन र हजुर..., खेती लगाउने मान्छेले ज्याला लिन्छ भने लियोस, तर उब्जिएको अन्न बाली त खेत मालिकको नै हुन्छ।"
२• उस पुरुषले भन्यो: "म दिनदिनै बिहानी पख हिड्न जाने गर्छु, हिड्दै जाने क्रममा मैले एउटा खाली बट्टा भेट्टाए, मैले यता-उता हेरे, मैले कोही बट्टाको मालिक देखिन बट्टा राम्रो थियोे।
मैले बट्टा हातमा लिए र मैले गोजीमा राखेको हिरा त्यस बट्टामा राखिदिए। भोलिपल्ट मैले एउटा मान्छे भेटे उसले त्यो बट्टा मेरो हो भनेर भन्न थाल्यो। मैले बट्टाबाट हिरा निकालेर आफुसँग राखे र खाली बट्टा उस मालिकलाई फर्काइ दिएँ.. अब उस ब्यक्तिले हिरा पनि मलाई नै देउ भनेर भन्दै छ। त्यस बट्टामा हिरा मैले राखेपछि हिरा त मेरै भयो, उसको बट्टा दिन म तयार छु तर हिराको मालिक त म हुँ।"
३• श्रीमतीले भनिन: " जब मेरो बिबाह भयो, मेरो बुबाले मलाई एउटा भैंसी दिनुभाको थियोे। भैंसीले दूध दिन्थ्यो, एकदिन मसँग दूध तताउने कराई थिएन, मैले छिमेकीसँग मागेर कराई ल्याएँ, दूध तताएर ठेकिमा जमाए, मदानी हालेर महि पारे घ्यू निकाले। अब त्यो कराई दिने छिमेकीले घ्यू मेरो हो भनेर भन्दै छ। घ्यू त उसैको हुन्छ, जसको दुध थियोे। एकछिन कराइ दियो भन्दैमा घ्यू उसको कसरी हुन्छ? उसले चाहन्छ भने कराइको पैसा लियोस।
तिनै जनाको आआफ्नो कहानी र तर्क यस्तो थियोे, तिनै जनाको कुरा सुनेर जिल्ला न्यायाधीशले सन्यास लिए, अब छोरा कसले पाउनुपर्छ? कृपया जवाफ हुनेले कमेन्ट गर्नुहोस्। 🤔🤔...