Tapin Magar

Tapin Magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tapin Magar, Photographer, Surkhet.

भर्खरै सुर्खेतको नेवार स्कुलदेखि इत्राम खोला हुदै कालुन्चोक जाने बाटोमा पानी बग्ने नाला बनेर सकिएको छ .
05/08/2022

भर्खरै सुर्खेतको नेवार स्कुलदेखि इत्राम खोला हुदै कालुन्चोक जाने बाटोमा पानी बग्ने नाला बनेर सकिएको छ .

श्रीमानको तलब आएको दिन.....श्रीमती खुशीले मुस्कुराइ रहेकी देखिन्थ्योत्यस्मा नि बोनस १५ हजार बढि आएको सुनेर श्रीमती झन खु...
05/08/2022

श्रीमानको तलब आएको दिन.....
श्रीमती खुशीले मुस्कुराइ रहेकी देखिन्थ्यो
त्यस्मा नि बोनस १५ हजार बढि आएको सुनेर श्रीमती झन खुसी हुन्छिन।
तुरुन्तै श्रीमानलाई भोलि सपिङ्ग जाने प्रस्ताब राख्छिन
श्रीमानले एक चोटिमै ओके भन्दिन्छ्न
तर एउटा सर्त राख्छ्न
तिमी जस्तो भन्छौ तेस्तै लुगा किन
तर गाउकी मेरि आमा सग हप्ता मा एकचोटी फोनमा बोल्देउ न प्लिज....
आमा तिमिसग बोल्न पाउँदा कति खुसी हुन्छिन।
तिम्रो अलि आमा सग गाउमा हुदा जम्दैन थियो अब सब भुलेर मीठो बोल्देउ है।
श्रीमती भनेजस्तो सपिङ्ग गर्ने सर्तमा गाउकी सासू सग बोल्न तयार भइन।
त्यति नै खेर श्रीमानको मोबाइलमा आमा कलिङ्ग भनेर फोन आउँछ
अनि बोल्न थाल्छ्न श्रीमान
श्रीमती मुख खुम्च्याउदै अर्को तिर फर्किन्छिन
फोनमा उताबाट आफू बिरामी भएको र १० हजार उपचार खर्च पठाउन भनेपछी
श्रीमानले श्रीमती लाई सोध्छ्न
आमा बिरामी पर्नु भएछ उपचार को लागि पोइसा माग्दै हुनुहुन्छ १००००?
श्रीमती मन मनै सोच्छिन हैन बुढी ले तलब आएको कसरी था पाउछिन ?
त्यो सोच्दै श्रीमान लाई तलब आएकै छैन यो महिना गार्हो छ भन्न लाउछिन
श्रीमान फोन मा आमालाइ भन्छ हेर्नू आमा तलब आको छैन यस्पाली मलाइ नि गार्हो छ भन्दा
आमा भन्छिन
बाबू प्लिज जसरी नि पठाइदेउ म बिराम ले थलिएकी छु
श्रीमान फेरि श्रीमती लाई भन्छ सारै छ्न रे के गर्ने हो
श्रीमती भन्छे सरकारी मा देखाउनु भन्नू न
श्रीमान आमा एकचोटि सरकारी मा देखाउनु न यस्पाली भन्छ
आमा दुखी हुँदै भन्छिन सरकारी मा राम्रो हेर्दैनन बाबू
१० नसके ५ पठाइदेउ न प्लिज
श्रीमतिको फेरि राय लिन्छ ५ हजार भए नि हुन्छ रे के गर्नु हो?
श्रीमती नाक खुम्च्याउदै हुन्छ भन्नू भनेर टाउको हलाएर सहमती दिन्छिन
तब श्रीमान फोनमा बोल्दै भन्छ सासू आमा ५ हजार पठाइदिन्छु भोलि नै राम्रो सग देखाउनु है।
सासू आमा भन्ने शब्द सुन्ने बित्तिकै श्रीमती भन्छे
फोनमा तिम्रो आमा भनेको मेरि आमा पो हो?
तब श्रीमान भन्छ " ल म त दुबै आमाहरुलाई उत्तिकै सम्मानसाथ आमाको व्यवहार गर्छु नि" सासूलाई नि मेरै आमाजस्तो सम्बोधन गर्छु नि
तिमी पो मेरि आमासग बोल्दैनौ त
फोन त तिम्री आमाले गरेको नि
श्रीमानको कुरा सुनेर
श्रीमतीको बोली फुटदैन आँसु मात्रै झर्छ।
उता फोनमा आमा बोल्दै हुन्छिन मेरि छोरीले यस्तो सम्म गर्नसक्छे बाफ्रे ?

05/07/2020
गुरु पूर्णिमाको   सम्पुर्ण गुरु प्रती नमन
05/07/2020

गुरु पूर्णिमाको सम्पुर्ण गुरु प्रती नमन

25/05/2020

दैलेखमा थप ७ जनामा कोरोना पुष्टि : कर्णालीमा संक्रमितको संख्या ११ पुग्यो

सोमबार १२ जेठ २०७७
दैलेख : कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सोमवार थप ७ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको हो।

भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

डा. तिवारीका अनुसार भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ३ का १५ वर्षीय बालक, ६ का १८ वर्षीय किशोर रहेका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका १ का २७ र २९ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको डा. तिवारीले जानकारी दिए ।

यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपनि पुःन परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा पठाउने गरिएको थियो । तर, सोमबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट परीक्षण सुरु भएको छ।
-अन्नपूर्ण

22/05/2020

अहिलेको Luck down को समयमा भारत बाट भित्रिएर धेरै संख्यामा मान्छेहरू कर्णाली पर्देश मा आएका छन कर्णाली पर्देश को सरकार ले नियंत्रण लिएता पनी कोही मान्छे लुकी छेपी गाउ भित्रिन सक्छ्न त्यसै कारणले कोही तेस्ता नयाँ मान्छे देखेमा सबैले आफ्नो वडा को जनप्रतिनीधी लाई खबर गर्दिन अनुरोध गर्दछौं।🙏🙏🙏

Address

Surkhet

Telephone

9812473003

Website

Alerts

Be the first to know and let us send you an email when Tapin Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category