Blue Revolution

Blue Revolution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blue Revolution, Photography Videography, Riyadh.
(1)

नयाँ नेपाल सचेत नागरिकको जिम्मेवारी निभाउनुहोस्। राष्ट्रको निर्माण तपाईं हाम्रै जिम्मेवारी🙏✅

Fulfill your responsibilities as a conscious citizen of the new Nepal Building the nation is your responsibility 🙏✅

कसलाई लादा ठिक होला UFC 😂🇳🇵✅🤏””Ashika Tamang B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅      **...
31/05/2026

कसलाई लादा ठिक होला UFC 😂🇳🇵✅🤏””
Ashika Tamang B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅ ***nshah

Photo Blue Revolution

भारतले मात्रै होइन नेपालले पनि भारतको जमिन मिचेको रहेछ - प्रधानमन्त्री B***n Rastriya Swatantra Party - RSP Sudan Gurung...
31/05/2026

भारतले मात्रै होइन नेपालले पनि भारतको जमिन मिचेको रहेछ - प्रधानमन्त्री B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅ ***nshah

Photo blue Revolution

WOW ! कुशल भुर्तेलले चिन विरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। उनले एसियन गेम्स छनोटमा चिनका छेन झुओले गरेको नवौं ...
31/05/2026

WOW ! कुशल भुर्तेलले चिन विरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। उनले एसियन गेम्स छनोटमा चिनका छेन झुओले गरेको नवौं ओभरमा ६ छक्का हिर्काएका हुन्। ✅ Nepali Cricketer Page ICC - International Cricket Council Cricket Association of Nepal-CAN

Photo Blue Revolution

जनप्रिय डाक्टर जसले आफ्नो महान कर्मले प्रसिद्धि कमाए — जसमा निम्न व्यक्तिहरु छन्।डा. सन्दुक रुइत आँखारोग विशेषज्ञ हुनुहु...
30/05/2026

जनप्रिय डाक्टर जसले आफ्नो महान कर्मले प्रसिद्धि कमाए — जसमा निम्न व्यक्तिहरु छन्।

डा. सन्दुक रुइत आँखारोग विशेषज्ञ हुनुहुन्छ । उहाँले आविष्कार गरेको लेन्स मार्फत आज विश्वभरका लाखौँ मानिसले सस्तो मूल्यमा मोतियाबिन्दुको उपचार गर्न सकिरहेका छन् । सन्दुक रुइत तिलगङ्गा आँखा अस्पतालका सांस्थापक पनि हुनुहुन्छ ।

डा. भगवान कोइराला मुटुरोग सर्जन हुनुहुन्छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कुशल व्यवथापक उहाँले हालै अन्तराष्टिय वाल अस्पताल पनि संचालनमा ल्याउनु भएको छ । कोइरालालाई नेपालमा ओपन हार्ट सर्जरीका प्रणेता पनि मानिनु हुन्छ।

डा. गोविन्द केसी(हाडजोर्नी सर्जन हुनुहुन्छ । मेडिकल क्षेत्र सुधारका लागि उहाँले गरेको योगदानको निकै चर्चा भएको पाइन्छ ।

डा. भोला रिजाल स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । नेपालमा आइभीएफ प्रविधी भित्र्याउने प्रणेता समेत हुनुहुन्छ ।

डा. बसन्त पन्त न्युरो सर्जन हुनुहुन्छ । उहाँ नेपालका ख्यातीप्राप्त आधुनिक न्युरोसर्जन मध्यको एक हुनुहुन्छ । अन्नपूर्ण न्युरो अस्पतालका कुशल व्यवस्थापक पनि हुनुहुन्छ ।
डा. ओम मूर्ति अनिल मुटुरोग विशेषज्ञ हुनुहुन्छ । सामाजिक सञ्जाल मार्फत थुप्रै चेतनामूलक सामग्री पस्किएर लोकप्रियता हासिल गर्नुभएको छ ।
श्रोत स्वास्थ्य सेवा। B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅


Photo Blue Revolution

मुस्ताङको छुसाङ क्षेत्रस्थित तेताङ गाउँ नजिकै प्राकृतिक नुनखानीको पहाड छ। घाम लागेका बेला त्यही पहाडबाट नुन बगेर खेर जान...
30/05/2026

मुस्ताङको छुसाङ क्षेत्रस्थित तेताङ गाउँ नजिकै प्राकृतिक नुनखानीको पहाड छ। घाम लागेका बेला त्यही पहाडबाट नुन बगेर खेर जाने दृश्य सजिलै देखिन्छ। तर विडम्बना, नुनखानीको छेउमै बसोबास गर्ने स्थानीयवासी भने विगत दुई दशकदेखि आयातित प्याकेट नुन किनेर उपभोग गर्न बाध्य छन्।

एक समय थियो, जब यही नुनखानीबाट ठूलो मात्रामा नुन उत्खनन हुन्थ्यो। तेताङका स्थानीयले निःशुल्क वा सस्तो मूल्यमा नुन प्रयोग गर्थे। उत्खनन गरिएको नुन मुस्ताङ मात्र होइन, म्याग्दी र बागलुङसम्म समेत पुग्थ्यो। नुन व्यापारकै कारण गाउँमा चहलपहल, व्यापार र आर्थिक गतिविधि पनि बढ्ने गर्थ्यो।

तर उत्खनन कार्य बन्द भएपछि नुनखानी अलपत्र बन्यो। अहिले स्थानीयवासी बजारबाट आयातित नुन किनेर खान बाध्य छन्। “नुनखानी आँखैअगाडि छ, तर हामी महँगो मूल्य तिरेर बाहिरको नुन खानुपरेको छ,” भन्ने स्थानीयहरूको गुनासो छ।

स्थानीयका अनुसार विगतमा वार्षिक रूपमा ठूलो परिमाणमा नुन उत्खनन हुने गर्थ्यो। तर राज्यको उचित ध्यान, लगानी र व्यवस्थापन अभावका कारण यो सम्भावना ओझेलमा परेको छ। केही वर्षअघि उद्योग मन्त्रालयको टोलीले स्थलगत अध्ययन गरी उत्खनन सम्भव रहेको निष्कर्ष निकाले पनि कार्यान्वयन भने अघि बढ्न सकेको छैन।

यस घटनाले नेपालको प्राकृतिक स्रोत व्यवस्थापनको कमजोर अवस्था उजागर गर्छ। आफ्नै भूमिमा नुनखानी हुँदाहुँदै स्थानीय जनता आयातित नुनमा निर्भर हुनु केवल आर्थिक विडम्बना मात्र होइन, नीति र व्यवस्थापनको असफलताको उदाहरण पनि हो।

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा सडक र आधुनिक यातायातको पहुँच विस्तार हुनुअघि ढिके नुन जीवनको अत्यावश्यक वस्तु थियो। पहाडी भेगका मानिसहरू भोट (तिब्बत) का खानीहरूबाट निकालिने नुन लिन महिनौँसम्म पैदल यात्रा गर्थे भने तराई तथा भारत सीमावर्ती क्षेत्रका बासिन्दाले समुद्री ढिके नुनका लागि लामो यात्रा तय गर्नुपर्थ्यो।

त्यतिबेला सडक, गाडी वा ढुवानीका आधुनिक साधन नहुँदा मानिसहरू आफैं भरिया बन्थे। खच्चड, चौंरी, भेडा–च्याङ्ग्राको बथानमा नुनका भारी बोकेर भिराला र दुर्गम बाटाहरू पार गर्दै उनीहरू महिनौँपछि मात्र घर फर्किन्थे। नुन ल्याउने यो यात्रा केवल व्यापार नभई पहाडी जीवनको अस्तित्व, जीविकोपार्जन र कठिन संघर्षसँग जोडिएको ऐतिहासिक गाथा थियो। पुरानो पुस्ताले यसलाई आज पनि दुःख र अभावको कालखण्डका रूपमा सम्झने गर्छन्।

प्राकृतिक रूपमा खानी वा समुद्रबाट निकालिने ढिके नुन प्रशोधन नगरिएको हुन्थ्यो। यसमा केही प्राकृतिक खनिज तत्व भए पनि मानव शरीरका लागि अत्यावश्यक आयोडिनको अभाव रहन्थ्यो। यही आयोडिन अभावका कारण नेपाली समाजमा विगतमा गलगाँड (गोइटर), थाइराइडसम्बन्धी समस्या, बालबालिकामा मानसिक सुस्तता तथा शारीरिक विकास अवरुद्ध हुने जस्ता गम्भीर जनस्वास्थ्य समस्या व्यापक थिए।

पछि सरकारले जनचेतना अभियान सञ्चालन गर्दै ‘दुई बालबालिका’ चिन्ह भएको आयोडिनयुक्त मसिनो नुनको प्रयोगलाई प्रोत्साहन गर्‍यो। त्यसपछि मात्रै आयोडिन अभावजन्य रोगहरू क्रमशः घट्दै गए र जनस्वास्थ्यमा उल्लेखनीय सुधार देखिन थाल्यो।

हाल ढिके नुनलाई मानव उपभोगका लागि पूर्ण सुरक्षित मानिँदैन। तर यसको मूल्य तुलनात्मक रूपमा सस्तो हुने भएकाले अझै पनि गाईवस्तुलाई खुवाउन, परम्परागत अचार संरक्षण गर्न तथा केही कृषिजन्य प्रयोजनमा प्रयोग गरिन्छ।

यद्यपि पछिल्लो समय बजारमा पाइने आयोडिनयुक्त प्याकेट नुनबारे नयाँ बहस र संशयहरू पनि देखिन थालेका छन्। केही मानिसहरूले नुनमा आयोडिनको मात्रा असन्तुलित भएको, अत्यधिक रासायनिक प्रशोधन गरिएको वा अन्य रसायन मिसाइएको आशंका व्यक्त गर्दै बजारिया नुनप्रति अविश्वास बढेको बताएका छन्।

प्राकृतिक तथा जैविक खानपानप्रति आकर्षण बढ्दै जाँदा केही मानिसहरू पुनः ढिके नुनतर्फ फर्किन थालेका छन्। कतिपयले ढिके नुन घरमै ल्याएर सफा गरी पिसेर भान्सामा प्रयोग गर्न थालेका छन्। यसले इतिहासको एउटा पाटो बनेको ढिके नुनलाई फेरि वर्तमान समाजमा चर्चाको विषय बनाइरहेको छ।B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅

Photo Blue Revolution

सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था लागू गर्ने भएक...
30/05/2026

सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था लागू गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले विद्युत खपतमा सहुलियत दरको भ्याट प्रणाली लागू गर्ने घोषणा गरेको हो।

नयाँ व्यवस्थाअनुसार अन्तिम उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेछ। सरकारले यसलाई ‘सहुलियत दर’ को भ्याट व्यवस्था भनेर व्याख्या गरेको छ।

हाल घरेलु विद्युत उपभोक्तामध्ये धेरैले न्यून खपतका कारण भ्याट नतिर्ने व्यवस्था रहेको थियो। तर अब निश्चित सीमा नाघेर विद्युत प्रयोग गर्ने उपभोक्ताले थप कर तिर्नुपर्नेछ।

सरकारले ऊर्जा क्षेत्रको राजस्व सुदृढ गर्न तथा करको दायरा विस्तार गर्ने उद्देश्यले यस्तो नीति ल्याएको जनाएको छ। यद्यपि यस निर्णयले मध्यम वर्गीय तथा शहरी उपभोक्ताको मासिक विद्युत खर्च बढ्ने अनुमान गरिएको छ।

ऊर्जा क्षेत्रका जानकारहरूले भने करको नयाँ व्यवस्थाले विद्युत प्रयोगको लागत बढाउन सक्ने भए पनि दीर्घकालीन रूपमा राजस्व व्यवस्थापन र ऊर्जा पूर्वाधार विस्तारमा सहयोग पुग्न सक्ने बताएका छन्। B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅

Photo Blue Revolution

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको पनि सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्।...
30/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको पनि सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति गोप्य राखिने नियमावली पारदर्शी नभएको बताए।

उनले भने, ‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन। अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नुपर्‍यो। न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्‍यो।’ B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅

Photo Blue Revolution

बोल्दा पनि चर्चा  न बोल्दा पनि चर्चा  बिरोधि हरु जलेरै मर्छा   किन कि देश ले फेरि श्री ५ महेन्द्र जस्तो लिडर पाछ  अब जे ...
30/05/2026

बोल्दा पनि चर्चा
न बोल्दा पनि चर्चा
बिरोधि हरु जलेरै मर्छा
किन कि देश ले फेरि श्री ५ महेन्द्र जस्तो लिडर पाछ
अब जे गर्छ बालेन ले गर्छ ,देश को लागि गर्छ ,तेसैले बालेन ले सहि गर्छ 🤟🙏 B***n Rastriya Swatantra Party - RSP Sudan Gurung (Home Minister) ✅

Photo Blue Revolution

आज महावीर पुन सरको लामो समयदेखिको सपना पुरा भएको छ र उनको मुहारमा हाँसो छाएको छ। 🥰🔔✅             Photo Blue Revolution
30/05/2026

आज महावीर पुन सरको लामो समयदेखिको सपना पुरा भएको छ र उनको मुहारमा हाँसो छाएको छ। 🥰🔔✅

Photo Blue Revolution

कुन मन्त्रालयले कति बजेट पाए?अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रु...
29/05/2026

कुन मन्त्रालयले कति बजेट पाए?
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएका छन्। यसमध्ये सबैभन्दा धेरै बजेट पूर्वाधार विकास मन्त्रालयले पाएको छ भने सबैभन्दा थोरै कानुन मन्त्रालयले पाएको छ।Rastriya Swatantra Party - RSP B***n Communist Party of Nepal, UML Sudan Gurung (Home Minister) ✅


Photo Blue Revolution

Address

Riyadh

Alerts

Be the first to know and let us send you an email when Blue Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Blue Revolution:

Share