Aman Tiwari

Aman Tiwari This is the entertainment, fun, skills, and vlog page

04/28/2026

B***n Vibe in Bay Area ゚viralシ

04/24/2026

I need a bathroom break 😂😂

04/19/2026

04/18/2026

That one auntie who spread rumors within a second 😂😂

चप्पल पड्काउँदै गाउँबाट आएर राजनीति बाहेक अरु केही नगरेको मान्छेको सम्पत्ति रपहिल्यै मेहनत गरेर कमाएर, घर–परिवार अनि ७ प...
04/15/2026

चप्पल पड्काउँदै गाउँबाट आएर राजनीति बाहेक अरु केही नगरेको मान्छेको सम्पत्ति र
पहिल्यै मेहनत गरेर कमाएर, घर–परिवार अनि ७ पुस्तासम्म पुग्ने जति सम्पत्ति कमाएर बल्ल राजनीति गर्न छिरेका बीच
आकाश–जमिनको फरक छ क्या…

अरूको सम्पत्तिको किन रिस गरेको क्या?
भगवानले हात–खुट्टा दिएका छन् त… उनीहरूजस्तै परिश्रम गर न, डाहा होइन…

उनीहरू पनि तिमीहरूजस्तै भ्रष्ट नेताको झोला बोकेर हिँडेको भए आज यत्तिको सम्पत्ति हुने थिएन उनीहरूको पनि…

हिँड्ने बेला झोले भएर हिँड्यौ, अहिले आरिस गरेर हुन्छ…?
देश बनाउने भनेको भ्रष्टाचार गर्न नई नपर्ने हरूले हो....

Don't be jealous
Do work
✍️ Aman Tiwari

Aba sabai jana US Army
04/09/2026

Aba sabai jana US Army

प्रचण्डले विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदबाट पदच्युत हुनुपर्यो र त्यस लगत्तै केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपम...
03/27/2026

प्रचण्डले विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदबाट पदच्युत हुनुपर्यो र त्यस लगत्तै केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। सामाजिक सञ्जाल निर्बाध रूपमा चलिरहेकै छन्। विदेशमा रहेका आफ्ना सन्तानहरूलाई बाआमाले निर्बाध रूपमा मेसेन्जरमा फोन गर्न पाइरहेकै छन्।

भदौ २३ गते केटाकेटीहरूले भ्रष्टाचार हो कि के हो भन्ने विषयमा माइतीघर मण्डलामा सानो भेला गर्ने रहेछ। त्यस्तो भेला केटीहरूको भात पकाई खेल हो भनेर प्रधानमन्त्रीले व्यंग्य गर्नुभयो, किनकि प्रधानमन्त्रीलाई थाहा थियो चैत १५ को जसरी दबाउन सकिन्छ भनेर। तर पनि कोमल मनका धनी प्रधानमन्त्रीले आन्दोलन हुनुभन्दा एक घण्टा अगाडि नै आन्दोलनकारीहरूलाई वार्तामा बोलाउनुभयो र आफूले आन्दोलनकारीहरूको माग सम्बोधन गर्ने, आफू घमण्डी नहुने, भ्रष्टाचार नगर्ने र गर्न नदिने भनेपछि सबै आन्दोलनकारीहरू त्यस दिन घर फर्किए। स्थिति सामान्य नै भयो।

भोलिपल्ट भदौ २४ गते पार्टीको सम्मेलन सकेर प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै दैनिक कामकाजमा फर्किनुभएको छ। गृहमन्त्री रमेश लेखक भिजिट भिसा ढाकछोप गर्न यताउति दौड गरिरहनुका साथै आफ्नो दैनिक गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहनुभएको छ। यता नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्ना प्यारा दाजु–भाउजुलाई रिजाउनका लागि कहिले बुढानिलकण्ठ, कहिले पार्टी कार्यालय धाइराख्नुभएको छ।

रवि लामिछाने पनि नख्खु कारागारमा अदालतको आदेश कुरिरहनुभएको छ। उता बालेन आफ्नो महानगरको दैनिक कामकाज राम्रो ढंगले गरिरहनुभएको छ। सुनिता डङ्गोल ज्यूले फेरि स्टन्टले देश बन्छ? स्टन्टले देश बन्दैन भनेर भाषण दिइरहनुभएको छ। सुधन गुरुङ आफ्नै समाज सेवाको काममा व्यस्त हुनुहुन्छ।

नेपालीहरू दैनिक ३–४ हजार जनाको हाराहारीमा एयरपोर्ट जाने आउने क्रम भइरहेकै छ। राजीव खत्री र जगदीश खरेलले टेलिभिजनमा खबरदारी गरिरहेका छन्। न्यायालय र अख्तियारमा घुसका ठूला–ठूला डिलहरू भइरहेकै छन्। जनतामा चरम निराशा उतिकै व्याप्त छ। वाइडबडी, एनसेल, गिरीबन्धु, पोखरा एयरपोर्ट, ललिता निवास, छाया सेन्टर, ओम्नी, भुटानी शरणार्थी काण्ड लगायतका थुप्रै काण्डहरू कसरी ढाकछोप गर्न सकिन्छ भनेर नेताहरूको छलफल भइरहेकै छ।

संसद भवनमा अनपढहरूको रोइलो छ, सर्वोच्च अदालतमा ढिलो भए पनि सुनुवाइ भइरहेकै छ। सिंहदरबारमा भ्रष्टाचारीहरूको मिटिङ चलेकै छ, सरकारी कर्मचारीहरू टेबलमुनि हात छिराउँदै छन्।

यता आज चैत्र 13 गते शेरबहादुर देउवा प्रधानमन्त्री बन्न गिद्धले सिनो ढुकेर बसेजस्तै बसेर, प्रधानमन्त्री बन्दा लगाउनका लागि कोट सिलाउन नोकर–चाकरलाई अर्डर गरिराखेका छन्। फेरि आर्जु भाउजु चाहिँ अब फर्स्ट लेडी बन्ने भन्दै मख्ख छिन्। भ्रष्टाचारीहरू र दलालहरू यता मख्ख परिरहेकै छन्। केपी ओलीमा दुई तिहाइको दम्भ छँदैछ।

अनि म झल्यास्स बुझिएँ। अनि समाचार पढे
"B***n Shah प्रधान मन्त्री मा नियुक्त"

अनि मनमनै सोचेँ, क्या नराम्रो सपना अनि क्या राम्रो विपना। फेरि निराश हुँदै सोचेँ, सपनै हुनु थियो भने त्यो ७६ जनाको मृत्यु भएको पनि सपना भएको भए नि हुन्थ्यो नि।

फेरि भूपी शेरचनलाई सम्झिएँ —

“हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए।”

आज ठ्याक्कै त्यही भयो…
मुलुक बन्ने अवस्थामा गयो।

हार्दिक बधाई बालेन दाइ।

✍️ Aman Tiwari

तेल भिसा भनेर नेपाली बुबा-आमाको आत्मसम्मान गिराउनेहरूले ठगी गर्नकै लागि पो यो फिल्म बनाएका रहेछन्।  कस्तो बिडम्बना !"
03/25/2026

तेल भिसा भनेर नेपाली बुबा-आमाको आत्मसम्मान गिराउनेहरूले ठगी गर्नकै लागि पो यो फिल्म बनाएका रहेछन्। कस्तो बिडम्बना !"

काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ & #2346...

03/24/2026

नेपाल गरिब हुनुमा यस्ता पागल नेताहरू र उनीहरूको झोला बोक्ने झोलेहरूको कारण हो। जबसम्म AI र नवीनतम प्रविधि बुझ्ने मान्छे नेतृत्वमा पुग्दैन, तबसम्म विकास र परिवर्तन सम्भव छैन। नेपालको ब्युरोक्रेसीमा सबैभन्दा धेरै भ्रष्टाचार हुन्छ, त्यसप्रति अहिलेको सरकारको ध्यान जाओस्।

Address

El Cerrito, CA

Alerts

Be the first to know and let us send you an email when Aman Tiwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aman Tiwari:

Share